बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पर्ने चारवटा ठुला जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न समस्या भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी खण्डमा पर्ने चार ठुला पहिरो व्यवस्थापन गर्न करिब ३० करोड रुपियाँ बराबरको लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । आयोजनाले चालु आर्थिक वर्षमा चमेरे, सिरुबारी, गुइठेभिर र खामभित्ताको पहिरो नियन्त्रण योजना अघि बढाएको थियो । भौगोलिक जोखिमका कारण पहिरो नियन्त्रण गर्न नसकिने भन्दै एउटामा बाहेक अन्य तीनवटा पहिरो नियन्त्रण योजनाको ठेक्का नलागेको आयोजनाका इन्जिनियर विष्णु चापागाईले बताउनुभयो । उहाँका अनुसार रघुगंगा गाउँपालिका ३ चमेरेमा पहिरो नियन्त्रण योजनाका लागि मात्र तीन करोड रुपियाँमा ठेक्का सम्झौता…
Author: Amrit Baskune
अमृत बास्कुने पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका भित्रका हिंसा पिडीत महिलाहरुलाई एक दिने मनोपरामर्श तथा उत्प्रेरणा प्रदान गरिएको छ । ग्रामिण भेकमा हुन सक्ने हिंसा र त्यसका कारण तथा प्रकारका बारेमा सहजीकरण गर्ने हेतुले उक्त एक दिने तालिम तथा प्रशिक्षण आयोजना गरिएको थियो । गाउँपालिका भित्रका सात वटै वडाका हिंसा पिडीत महिलाहरुलाई सहभागी गराएर मनोपरामर्शका साथै उत्प्रेरणा दिइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुष्पा दवाडीले जानकारी दिनुभयो । ७ वटै वडाहरुबाट सहभागिता रहेको उक्त कार्यक्रममा हिंसाका प्रकार, हिंसा कसरी हुन्छ, हिंसा के लाई मान्ने जस्ता विषयमा सहजीकरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका असइ विक्रम तिवारीले हिंसा र यसका…
बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझा बेनी नगरपालिकाको परिसरमा बेनी आक्रमणको २१ औं वर्ष पुगेको अवसरमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी आक्रमणको २१ वर्ष पुग्दा पनि घाइते कृष्णलाल श्रेष्ठलाई राज्यले पीडितको सूचिमा राख्न नसकेको बताउनुभयो । आक्रमणमा धेरैले ज्यान गुमाएको भन्दै त्यस मध्ये धेरैको अझै पहिचान हुन नसकेको उहाँको भनाइ छ । केसीले भन्नुभयो – ‘२०६० चैत ७ गते तत्कालीन सशस्त्र युद्धरत माओवादीले गरेको जिल्ला सदरमुकाम आक्रमणको महसुस पुराना पुस्ताले मात्रै गर्न सक्ने छ, नयाँलाई त्यो थाहै हुँदैन, आक्रमणका क्रममा मृतकको शव सही व्यवस्थापन सर्न सकिएन, त्यो…
मगर समुदायको परम्परागत पुख्र्यौली नाचको संरक्षण गर्न पाका पुस्ताले युवालाई सिकाउन थालेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५, जुग्जाका मगर समुदायले पुख्र्यौली नाच अन्तर्गत सोरठी भाका र मारुनी नाच संरक्षण र पुस्तान्तरण गर्न पुख्र्यौली नाच समूह गठन गरिएको छ । मगर समुदायमा सोरठी भाकामा नाचिने मादले–मारुनी नाच लोकप्रिय छ । हाम्रो मौलिक कलासंस्कृतिका रूपमा रहेको मारुनी नाच युवालाई सिकाउन समूह गठन गरी तालिम र प्रशिक्षण दिने गरिएको पुख्र्यौली नाच समूह जुग्जाका अध्यक्ष पतिराम शेरपुञ्जाले बताउनुभयो । समूहमा पाका र युवा गरी २८ जना आबद्ध छन् । पहिचानका रूपमा रहेको मौलिक कलासंस्कृति लोप हुन नदिन आफूले युवापुस्तालाई सिकाउन थालेको ७४ वर्षीय शेरपुञ्जाले …
सुनदेवी रसाइली निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड घाँसा शाखाले ३ दिने व्यवसायिक पुलफूल तालीम शुरु भएको छ । चैत ५ गते देखि सञ्चालित तालिम ७ गते सकिने छ । निर्धन उत्थान संस्थामा आवद्ध महिला दिदी बहिनीहरुको व्यवसायीक क्षमता अविबृद्धि र आय आर्जनगरी जीवनस्तर उकास्ने उद्देश्य अनुरुप तालिम आयोजना गरेको जनाइएको छ । उक्त तीन दिने तालिमको उद्घाटन गर्दै अन्नपुर्ण गाउँपालिका म्याग्दीका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले आफ्नो पालिकामा रहेका बिपन्न महिलाहरुलाई आयआर्जन र समृद्धिको मार्गमा अगाडी बढाउने पालिकाको नीति अनुरुप निर्धन उत्थान लघुबित्तले व्यवसायिक फलफुल खेति(विशेषत सुन्तला)को तालिम सञ्चालन गरेको बताउनु भयो । उहाँले विरुवा रोप्ने देखि हुर्काउने, काटछाँट…
म्याग्दी बहुमुखी क्याम्पस बेनीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । चैत ५ गते सम्पन्न निर्वाचनबाट क्षेत्री २८८ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित सचिवमा विजयी हुँदा र अनेरास्ववियुकै अस्मिता भण्डारी २५२ मत लिएर कोषाध्यक्षमा विजयी हुनु भएको हो । सदस्यमा अनेरास्ववियुका अविजित शाही, नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ प्रत्यक्ष तर्फ विजयी हुनु भएको म्याग्दी बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ । समानुपातिक तर्फ भने अनेरास्ववियुले २७७, नेविसंघ २४४, अखिल क्रान्तिकारी १४२ र अखिल नेपाल विद्यार्थी युनियन समाजवादीले १० मत प्राप्त गर्दा…
स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मिन शेख विजयी हुनु भएको छ । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी हुनु भएको हो । शेखले ५५२ मत ल्याएकी ल्याउँदा उहाँकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत ल्याइन् । स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत पाउनु भएकाे छ । सचिवमा नेवि संघका सचिन हरिजन विजयी हुनु भएकाे छ । हरिजनले ५३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याउनु भएकाे छ। पुन आखिल क्रान्तिकारी निकट हुनुहुन्छ। कोषाध्यक्ष पदमा ६५४ मत ल्याएर नेवि संघकै विशाल थापा विजयी हुनु भएकाे छ । थापाले ६५४ मत प्राप्त…
म्याग्दीमा भएको घुम्ती विशिरबाट धौलागिरीका १६ पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा सञ्चालित तालिमबाट तीन वटा अनलाइन दर्ता भएका छन् । तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित पर्वत र बागलुङका पत्रकारहरुले सेवा लिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । तीन दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । आदर्शसञ्चार डटकमबाट साभार
रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनिको जिपि२ए ७०८८३ नम्बरको गाडी दुर्घटना हुँदा बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) भरत श्रेष्ठका अनुसार गाडीमा रहेका चालकको दुर्घटनाबाट मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ । गोरखापत्र अनलाइनबाट साभार
सुनदेवी रसाइली नेपालका अधिकांश क्षेत्रमा थकाली भान्सा घरका नाममा सञ्चालित व्यवसायले मुख्य थकालीको अपनत्वलाई नै बदनाम गर्ने काम गरेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनु भएको छ । मुस्ताङको जोमसोममा शुरु भएको थकाली समुदायको मुख्य चाड तोरन्लको उद्घाटनको क्रममा बोल्दै उहाँले देशैभर थकाली भान्साघरका नाममा सञ्चालीत रेष्टुरेन्टहरु कतिपयले थकालीको नाममा बदनाम गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो थकालीले खानाको परिकार स्वादिलो बनाउने भएकाले त्यो नामलाई प्रयोग गरेर फाइदा लिने ध्येयले थकाली भान्साघर भनेर सुरु गरको धेरै भए पनि ति थकालीले नचलाएको पाइने गरेको छ । अन्य जातजातिले पनि थकालीको नामले व्यवसाय सञ्चालन गरिदिदा थकालीको आफ्नो पहिचानमाथी नै…