सुनदेवी रसाइली
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड घाँसा शाखाले ३ दिने व्यवसायिक पुलफूल तालीम शुरु भएको छ । चैत ५ गते देखि सञ्चालित तालिम ७ गते सकिने छ । निर्धन उत्थान संस्थामा आवद्ध महिला दिदी बहिनीहरुको व्यवसायीक क्षमता अविबृद्धि र आय आर्जनगरी जीवनस्तर उकास्ने उद्देश्य अनुरुप तालिम आयोजना गरेको जनाइएको छ ।
उक्त तीन दिने तालिमको उद्घाटन गर्दै अन्नपुर्ण गाउँपालिका म्याग्दीका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले आफ्नो पालिकामा रहेका बिपन्न महिलाहरुलाई आयआर्जन र समृद्धिको मार्गमा अगाडी बढाउने पालिकाको नीति अनुरुप निर्धन उत्थान लघुबित्तले व्यवसायिक फलफुल खेति(विशेषत सुन्तला)को तालिम सञ्चालन गरेको बताउनु भयो । उहाँले विरुवा रोप्ने देखि हुर्काउने, काटछाँट गर्ने, रोग किरा नियन्त्रण गर्ने देखिउत्पादनर बजारीकरण सम्मको व्यवसायीक सिप सिकाउन र सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्नलाई पनि तालिम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले पालिकाले पनि तालिम लिएका दिदीबहीनिहरुलाई मल, बिउ, प्रविधि तथा बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
निर्धन उत्थान लघुबित्त वित्तीय संस्थाका केन्द्रीय उपाध्यक्ष जनार्दन देव पन्तले यस अभियानको शुरुवातकर्ता हरिहरदेव पन्तको अग्रसरतामा २०४७ सालमा स्थापित संस्थाले हाल देशका ७७ वटै जिल्लामा शाखा उपशाखा विस्तार गरी देशभरका बिपन्न बेरोजगार दाजुभार्य दिदीबहिनीहरुलाई संस्थााम आबद्ध गराई उद्यमी बनाई स्वरोजगार बन्नका लागि सिप श्रम सँग श्रमलाई प्रविधि मार्फत उत्पादन सँग र उत्पादानलाई बजार सँग जोड्ने प्रकृयामा संस्थाले निरन्तर काम गरीरहेको बताउनुभयो । यही अभियान अन्तरगत निर्धनले मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामारहेको शाखाको क्षेत्र अन्तरगतम्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ नारच्याङको घरापमा तालिम आयोजना गरेको हो । घराप क्षेत्रका दिदीबहीनीहरुको आयआर्जनमा टेवा पुगाउने तथा उद्यमी बनाई आत्मनिर्भर बनाउने उद्देश्य अनुसार यस स्थानमा यहाँकै विशेष आवश्कता अनुसारको सुन्तला खेती सम्बन्धी तालिम आयोजन गरिएको हो । तीन दिने तालिमको अवसरमा बोल्दै कार्यकारी प्रमुख अन्जु पाण्डेले सिप सिकाउने,सिप प्रयोग गर्ने, उद्यम र आआर्जन गर्नलाई बिना धितो कर्जा प्रवाह गर्ने र व्यवसायिक सिप हस्तान्तरण गर्दै जाने कार्यक्रम रहेको बताउनु भयो । सोही कार्यक्रम अनुरुप आयोजित तालिमबाट सहभागीले जति सक्यो धेरै लाभ लिन समेत आग्रह गर्नुभएको थियो ।
निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाको घाँसा शाखाले गरेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख अन्जु पाण्डे लगायतको टोलीको उपस्थिति रहेको थियो । घाँसा शाखामा थासाङ गाउँपालिकाको ५ वटै वडाका साथै अन्नपुर्ण गाउँपालिकाको ३ र ४ का ४६६ सदस्य आबद्ध रहेकोमा २२० जनालाई संस्थाले ऋण लगानी गरेको छ ।
तालिमको कृषि ज्ञान केन्द्रम्याग्दीका प्रकाश पुन र अन्नपुर्ण गाउँपालिकाका कृषि शाखाका श्यामशरण कुर्मीले सहजीकरण गर्नुभएको छ । तालिमको उद्घाटनसत्र समारोह गुइठे समूहकी अन्जना पाइजा पुनको अध्यक्षता र कृष्णप्रसाद न्यापानेको सञ्चालनमा भएको थियो ।