Author: Amrit Baskune

म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र  दोसल्ला ओढाएर सम्मान गरिएको हो । नौ वर्ष अघि प्रेस सेन्टर म्याग्दीले उक्त पुरस्कार स्थापना गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले गौतमलाई पुरस्कार प्रदान गर्नुभयो । विगत डेढ दशकदेखि म्याग्दीको पत्रकारितामा सक्रिय रहनुभएका…

Read More

सुनदेवी रसाइली पुस २० गते ।चीनको र नेपालको सिमानाका कोरला हुँदै हिमालपारीको जिल्ला मुस्ताङबाट बेनी तर्फ ल्याउँदै गरको ट्रकमा अबैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीले मुस्ताङको जोमसोममा नियन्त्रणमा लिएको छ  । कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार राती ८ बजेको समयमा ग१ख ६९९९ नम्बरको ट्रकले भन्सार प्रज्ञापन पत्र र बिल बिजक बिना नै सामानहरु ल्याएको भन्ने सुचनाका आधारमा प्रहरीले ट्रकलाइ नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा अबैध रुपमा सामान ल्याएको हुन सक्ने भन्ने आधारमा ट्रक नियन्त्रण गर्दा सामानहरु अबैध रुपमै ल्याएको फेला…

Read More

टपेन्द्र कार्की नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको ६० करोड मूल्य बराबरको जग्गा कौडीको भाउमा किनबेच भएको छ। सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्र भागमा किनेको जग्गा व्यक्तिले एक करोड २० लाखमा खरिद गरेको पाइएको छ। नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो। त्यति मात्र होइन, त्यसक्रममा माओवादीको पार्टी कार्यालयलाई समेत दिने गरी कागज गरेको पाइएको छ। सो जग्गा खरिद प्रकरणमा जोडिएका पौडेल नेकपा माओवादीका…

Read More

महुली लघुवित्तको एफपीओ आज बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज बिहान साढे दश बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो। लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ। गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो। आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन्। बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ। महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो।…

Read More

अमृत बास्कुने बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठनागरिक आश्रममा आश्रय लिइ रहेका जेष्ठ नागरिकहरुलाई बिहीबार एक दाताले भोजन गराउनु भएको छ । मंगला गाउँपालिका–२ र्यालेखोरका टिकाराम सापकोटाले आफ्नो आमाको स्मृतिमा गलेश्वर जेष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिक तथा गलेश्वर जडभरत संस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई भोजन गराउनु भएको हो । जेष्ठ नागरिक आश्रममा रहेका ४० जना जेष्ठ नागरिक तथा संस्कृत विद्यालयमा अध्ययनरत १५ जना बटुकहरुलाई भोजनका लागि आवश्यक पर्ने २५ हजार रुपियाँ सापकोटाले प्रदान गर्नुभएको थियो । म्याग्दी जिल्लाकै पहिलो समाचार पत्रिकाको रुपमा लिइने म्याग्दी सन्देश साप्ताहिक सञ्चालन गरेर २०५० को दशकमा म्याग्दीमा पत्रकारिताको पछिल्लो जग हाल्ने सापकोटा अहिले वैदेशिक रोजगारीको…

Read More

सुनदेवी रसाइली हिमालपारीको जिल्ला मुस्ताङ र चिनको स्वासासित क्षेत्र तिब्बत सिमाना पर्ने कोरलामा खट्ने सुरक्षकर्मी तथा कर्मचारीहरुले आफ्नो ज्यानै जोखिमा राखेर सेवा दिँदै आएको जोमसोममा आयेजित एक कार्यक्रममा बताइएको छ । सिमानामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीलाई बन्दोबस्तीको सामान प्रयाप्त नभएको उक्त कार्यक्रममा सवाल उठाइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार जोमसोममा आयोजना गरेको सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको तर्फबाट प्रश्न गर्दै उक्त धारणा राखिएको थियो । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाकी अध्यक्ष सुनदेवी रसाइलीले चीन नेपाल सिमानामा कार्यरत सुरक्षाकर्मी, प्रहरी, ससस्त्र प्रहरीबल र अन्य कर्मचारीलाई भूगोल अनुसारको बन्दोबस्तीको सामान राम्रो नभएको धारणा राख्नु भएको…

Read More

अमृत बास्कुने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई जिन्सी सामग्रीहरु सहयोग प्रदान गरिएको छ । आफ्ना ससुराको जन्मदिनको अवसर पारेर गौमायाँ गर्बुजाले गलेश्वरधाम जेष्ठनागरिक आश्रमलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीहरु प्रदान गर्नुभएको हो । आश्रममा प्रयोग हुने चामल, तेल, चिनि, लुगा धुने सरफ, चियापत्ती लगायतका सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । गलेश्वरधाम जेष्ठ नागरिक आश्रमकी कोषाध्यक्ष समेत रहनुभएकी गर्बुजाले आफ्नो ससुराको जन्मदिन पारेर २५ हजार पाँच सय ५५ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गर्नुभएको आश्रमका अध्यक्ष बमबादुर पुनले जानकारी दिनुभयो । पुनका अनुसार आश्रमका लागि आवश्यक पर्ने विभिन्न ९ प्रकारका सामानहरु पुस १७ गते आफ्नो ससुराको जन्मदिनकै दिनमा…

Read More

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा संघीय निजामती कर्मचारी विधेयकमाथि छलफल सुरू भएको छ। बारम्बार छलफल भए पनि पारित हुन नसकेको यस विधेयकमाथि परेका करिब १५ सय संशोधनबारे छलफलमा समिति केन्द्रित छ। निकै छलफल र तयारीका साथ ल्याइएको भनिएको विधेयक विवाद र प्रश्नरहित भने छैन। अहिलेको कर्मचारीतन्त्र, विधेयकमा कर्मचारीहरूका स्वार्थ र विधेयकको समग्र अवस्थाबारे लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीसँग हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ सेतोपाटीका बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः निजामती कर्मचारी विधेयकको चर्चा धेरै काम थोरै भइरहेको हुन्छ। यसको कारण के हो जस्तो लाग्छ? अहिले प्रस्तुत भएको विधेयक २०७६ सालमै संसदमा पुगेको हो। राज्य व्यवस्था समितिमा लामो छलफल भएपछि…

Read More

प्रताप बानियाँ म्याग्दी– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको बृहत स्क्रिनिङ क्याम्प सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा ४० वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर सोमबारदेखि स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको हो । स्क्रिनिङ क्याम्पमा महिला २ सय १६ र पुरुष १ सय २९ जना गरी कुल ३ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै नमुना सङ्कलन भएको छ । दुई दिनसम्म चल्ने स्क्रिनिङ क्याम्पमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् । ग्रामीण भेगका नागरिकहरुलाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरुको…

Read More

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि बेनीअनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतमले जितेको छन् । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका गौतमले खिचेको बेनी नगरपालिका–५,पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको प्रतियोगि नं २०० ले पहिलो पुरस्कार जितेको हो । सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्र्रदेशसभाका सदस्य हरि भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती…

Read More