Author: Amrit Baskune

दिलीप पौडेल काठमाडौं – कानुनी प्रक्रिया मिच्दै ‘मोटो रकम’ चलखेल गरेर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् । यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई ‘चोरबाटो’ बाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन् । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर खरिद अनुमतिमा करिब ३ करोड रुपैयाँ घोटाला भएको निगम स्रोतले जनायो । अहिलेसम्म करिब १५ सय ट्यांकरले पेट्रोलियम ढुवानी गर्दै आएकोमा अपुग भएकाले थप ट्यांकरलाई अनुमति दिइएको निगमको दाबी छ । नेपाल…

Read More

भाषा शर्मा काठमाडौं – संविधानबाट अत्यधिक बहुमतले पारित भएको नयाँ संविधानमा लेखिएअनुसार संघीयता कार्यान्वयन हुनेमा प्रमुख दलकै नेताले शंका व्यक्त गरेका छन्। पुनःसंरचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारमा सहभागी दलका शीर्ष नेतासँग गरेको छलफलमा नेताहरूले संघीयता कार्यान्वयन हुनेमा शंका गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका सबै अधिकार व्यावहारिक नभएको गुनासो गरे । ‘संविधानमा हस्ताक्षर गर्ने बेला गरियो, पछि चेतियो,’ उनले भने । उनले गाउँपालिका, नगरपालिकालाई भन्दा जिल्लालाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानअनुसार भने सबैभन्दा धेरै अधिकार गाउँपालिकालाई दिइएको छ । ‘जिल्लामा हुनुपर्ने अधिकार गाउँ लगेर सम्भव छैन,’ पौडेलले भने, ‘तल्लो…

Read More

सन्तोष घिमिरे काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफलता सुनिश्चितताका लागि नेपालले चीनसँग सघन सम्पर्कमा रही काम गर्नुपर्ने एक प्रभावशाली चिनियाँ विज्ञले बताएका छन् । नेपालमा राजनीतिक स्थायित्व कायम गर्नु र पर्याप्त गृहकार्य गर्नुसमेत चिनियाँ राष्ट्रपतिको भ्रमण सफलताका लागि आवश्यक रहेको उनले बताए । नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष डा. जी चेईले राजधानीमा बुधबार पत्रकारसँग भने, ‘हामी आशा गर्छौं, राष्ट्रपतिको भ्रमणका बेलामा नेपालमा राजनीतिक स्थायित्व हुनेछ । नेपालले राष्ट्रपतिको भ्रमणको सफलता सुनिश्चित गर्न पर्याप्त गृहकार्य गर्नुपर्छ । त्यस अलावा नेपालले चीनका सम्बन्धित मन्त्रालयसँग सघन सम्पर्कमा रही काम गर्नुपर्नेछ ।’ राष्ट्रपति सीको नेपाल…

Read More

चेतना भया भरत बागलुङे राजनीति गर्नुको सत्य सम्भावनाहरुको खोजी हो । लोकतन्त्रको आधारस्तम्भ नागरिक हुन भन्ने सत्यलाई मुलुकको उनान्चालिसौँ प्रधानमन्त्री बन्ने प्रपञ्चबीच प्रचण्डले घोषणा गरेको वाणीले प्रमाणित गर्छ ती सत्ताको लागि दुनियाँका सबै बैध अबैध सम्वन्धहरु स्थापित गर्न पछि पर्ने छैनन् । प्रचण्डको लागि नागरिकको मत भन्दा छलछाम, गतिशीलता, दोहोरो चरित्र तथा करनी र कथनीबीचको अस्मेल यात्रा नै राजनीति हो । तिनले यही सत्यलाई आत्मासाथ गर्दै चलिरहेको देखिन्छ । र यतिबेला स्वयम माओवादी नेता कार्यकर्ताहरुमा छाएको खुशियाली, उमङ्ग र आवेगलाई हेर्दा ती सत्ताको प्राप्ति नै जीवनको अन्तिम सत्य प्रमाणित गरिरहेका छन् । मुखमा क्रान्तिकारिताको धङ्धङ्ति बोकेर व्यहारमा संशोधनवाद या घोर दक्षिणपन्थ देखाउनुले प्रमाणित गर्छ प्रचण्ड…

Read More

राष्ट्रलाई समवृद्धितर्फ अगाडि लैजाने सन्दर्भमा विगतका केही तथ्यपूर्ण कुरा सम्झिनु पर्ने हुन्छ । विगतको भोगाईबाट नै आगातलाई मार्गदर्शन हुन सक्दछ । निरंकुश पचायती ब्यवस्थाको अन्त्य गर्दै भएको २०४६ को परिवर्तन र त्यसपछिको निर्माण भएको संविधान अन्तर्गत निर्वाचित पहिलो सरकारले केही दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्ने काम गरेको थियो । प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा रहेको सरकारले विभिन्न मित्रराष्ट्रहरूले नेपालमा रोजगारी सिर्जना गरी आर्थिक उन्नति तथा विकासका लागि सहयोगस्वरूप निर्माण गरेका उद्योगहरू स्वदेशी तथा विदेशी निजी समूहलाई बेच्यो । त्यतिवेला आर्थिक उदारीकरणको नीति अपनाउने सरकारका अर्थमन्त्री नेपाली काँग्रेसका नेता महेश आचार्य थिए । २०१६ सालमा बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले प्रतिबद्धता जनाएको समाजवादी अर्थनीति र २०४७ मा…

Read More

बागलुङ, २७ साउन/जिल्लाका सात सहकारी एकीकरण भएका छन् । सहकारी ऐन २०४८ र एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर सहकारीहरु एकअर्कामा गाभिएका हुन् । डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार थप दुई सहकारी एकीकरणको प्रकृयामा छन् । हालसम्म एकीकरण हुनेमा तित्याङ्गको कल्याणकारी वचत तथा ऋण सहकारी संस्था र बागलुङ नगरपालिका–३ को सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, पैंयूपाटाको कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र महिला जागरण सहकारी संस्था एकीकरण भएका छन् । यस्तै, बिहुँको दहपानी महिला आयआर्जन वचत तथा ऋण सहकारी संस्था र सिवाईसी, सिवाईसीसँगै सदरमुकामको परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड र कुश्मिसेराको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गाभिएका छन् । सिगानाको…

Read More

म्याग्दी, २७ साउन/ बेनी नगरपालिकाको कार्यालय म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२/७३ मा बेनी नगरपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले गत आर्थिक वर्षमा नगर क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको आर्थिक विवरण तथा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार गतवर्ष कुल पुँजीगत विनियोजन रकम एक करोड ९९ लाख ३३ हजार ५५४, आन्तरिक आय ९६ लाख ९३ हजार ७९ रुपैयाँ, एलजिसिडीपी अन्तर्गतको २८ लाख ३० हजार र सामाजिक सुरक्षातर्फ २ करोड १६ लाख रुपैयाँ प्राप्त भएको थियो । प्राप्त कुल पुँजीगत विनियोजन बजेटमध्ये एक करोड ९७ लाख ३९…

Read More

बागलुङ, २७ साउन/राष्ट्रिय जनमोर्चा बागलुङले पश्चिम क्षेत्रमा भएको बाढी तथा पहिरोकोे स्थलगत अवलोकन गरी बस्तु स्थिती सार्वजनिक गरेको छ । साउन १० र ११ गते परेको अविरल बर्षासंगै आएको बाढी पहिरोले बिभिन्न गाविसमा पु¥याएको जनधनको क्षतीको स्थलगत निरीक्षण र तत्काल राहत बितरणका लागि गएको टोलीले त्यहाँको समग्र बस्तुस्थितीको बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । सांसद मिना पुनको नेतृत्वमा गएको टोलीले त्यहाँको स्थलगत निरीक्षण गर्नुका साथै अधिकारीचौर, दर्लिङ, राजकुत, बोंगादोभान, बुर्तिवाङ, भिमगिठे, बोहरागाँउ, देविस्थान, निसी र बोवाङ गाविसका १ सय ४ घरपरिवारलाई ४ लाख ५० हजार रुपैया बितरण गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले बताए । बाढी पहिरोमा…

Read More

म्याग्दी, २७ साउन/मध्यपहाडी जिल्ला म्याग्दीको एउटै गाउँबाट गतवर्ष डेढ करोडको आलु निर्यात भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा उत्तरी म्याग्दीको राम्चे गाविसबाट मात्रै झण्डै १ करोड २५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको हो । अनुकुल वातावरण, उचित बजार मुल्य, अनुदान, हित कोषलगायतका कार्यक्रमहरुबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई छाडेर आलु खेतीतर्फ आकर्षित भएपछि हरेक वर्ष उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । आलु उत्पादनको पकेट क्षेत्र मानिने राम्चे र नागी गाउँबाट करिब ३ सय २० मेट्रिक टन आलु निर्यात भएको हिमाञ्चल उच्च माविका शिक्षक कृष्ण पुनले बताए । उनका अनुसार यसवर्ष असिनापानीले आलु खेतीमा केही असर गरेपनि उत्पादन…

Read More

बागलुङ – वनलाई समुदायमा हस्तान्तरण गरेपछि संरक्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् । बागलुङमा पनि हस्तान्तरण गरेर समुदायले जिम्मा पाएपछि यो क्रम बढेको जिल्ला वन अधिकृत बिन्दुकुमारी मिश्रले बताइन् । उनका अनुसार सरकारले कुल भूभागको ४० प्रतिशत वन हुनुपर्ने प्रावधान राखेकोमा जिल्लामा ४४ प्रतिशत पुगेको उनले बताइन् । जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र समुदायमा आधारित वन सहजकर्ता संजालको आयोजनामा मनाइएको सामुदायिक वन राष्ट्रिय दिवशको अवसरमा सरोकारवालाले वनको संरक्षणले वातावरण संरक्षणमा सहयोग पुगेको धारणा राखे । मिश्रका अनुसार वन ऐन २०४९ र नियमावली २०५१ आएपछि ५ सय १४ वटा सामुदायिक वन हस्तान्तरण भएको छ । कुल वनक्षेत्र रहेको ९८ हजार ४६ हेक्टर वन…

Read More