चेतना भया
भरत बागलुङे
राजनीति गर्नुको सत्य सम्भावनाहरुको खोजी हो । लोकतन्त्रको आधारस्तम्भ नागरिक हुन भन्ने सत्यलाई मुलुकको उनान्चालिसौँ प्रधानमन्त्री बन्ने प्रपञ्चबीच प्रचण्डले घोषणा गरेको वाणीले प्रमाणित गर्छ ती सत्ताको लागि दुनियाँका सबै बैध अबैध सम्वन्धहरु स्थापित गर्न पछि पर्ने छैनन् । प्रचण्डको लागि नागरिकको मत भन्दा छलछाम, गतिशीलता, दोहोरो चरित्र तथा करनी र कथनीबीचको अस्मेल यात्रा नै राजनीति हो । तिनले यही सत्यलाई आत्मासाथ गर्दै चलिरहेको देखिन्छ । र यतिबेला स्वयम माओवादी नेता कार्यकर्ताहरुमा छाएको खुशियाली, उमङ्ग र आवेगलाई हेर्दा ती सत्ताको प्राप्ति नै जीवनको अन्तिम सत्य प्रमाणित गरिरहेका छन् । मुखमा क्रान्तिकारिताको धङ्धङ्ति बोकेर व्यहारमा संशोधनवाद या घोर दक्षिणपन्थ देखाउनुले प्रमाणित गर्छ प्रचण्ड र माओवादीकेन्द्र ती आत्मासमर्पणको बाटोमा देखिन्छन् । कुनै समयका क्रान्तिकारी नेता र पार्टीको यो लयले नेपाली कम्युनिष्ट आन्दोलनलाई रसातलतिर उन्मुख त गराउँछ नै प्रश्नको पहाड पनि सँगसँगै खडा गरिदिएको छ किन प्रचण्ड यसरी हतारिए कुर्चिको लागि ? तिनका थाप्लामा लागेको बातको कालो दाग सत्य नहोस् । की ती मुलुकमा अस्थिरता चाहने तत्वले उचालेर एकाध महिनाको लागि बनाइएका प्रधानमन्त्री हुन । कामना छ !
समय बदलिएको छ । प्रचण्ड र माओवादी जनयुद्ध एउटा इतिहास बनिसकेको छ । त्यो अब इतिहासको सुन्दर सोकेसभित्र सजिएर रहनेछ तर त्यसका आयामहरु ती माओवादीसँगसँगै पछि अवश्य लागिरहने छन् जसलाई सविस्तार व्याख्या गर्दै रहनेछन् मान्छेहरुले की जनयुद्धकालमा माआवादीसँग बन्दुक थियो र गाउँमा छोटाबडा सामन्त र शोषकहरु थिए र ती रङ्ग बदलेर आप्mनो हैकमको झण्डा उदात्त फहराईरहेका थिए । तिनकै बगलमा थिए युग युगदेखि शोषण, दमन, उत्पीडन, विभेद, अशिक्षा, र रुढले डसेर पलपल मरिरहेका मान्छेहरु । बन्दुक बोकेर गाउँका सामन्त शोषकको अत्याचारबाट मुक्तिदिन आउने माओवादीहरु उनीहरुको लागि साक्षत देवता थिए । माओवादीले युद्धको समय यिनै निर्धा निमुखाको सेन्टिमेन्टको घोडा चढेर खायो । जब युद्धबाट ती शान्ति प्रक्रियामा आए तिनले युद्धकालबाट केही विरासत बोकेर ल्याए र बाँकी प्रचण्डको हाउभाउ, तेजस्वी चेहेरा, जोश, जाँगर र गतिशीलताबाट आर्जन गरे । शहरिया बुद्धिजीवि जो अवसरवादका भद्दा नमुना बनेर बाँचिरहेका छन् तिनको सेन्टिमेन्ट र काँग्रेस एमालेको परम्परागत धन्दा र चेहेराबाट अघाएका मध्यम वर्गदेखि सीमान्तकृत, मुस्लिम, मधेशी, थारु, जनजाति र दलितमा ती तिनका पीडाका सेन्टिमेन्टमै टेकेर छिरे परिणाम पहिलो संविधान सभाको चुनाव थियो । जहाँ माओवादीले नसोचेको नतिजा ल्याउन पुगे । उथल पुथल र उलट पुलटको पछिल्लो बीस वर्षको नेपाली राजनीतिमा प्रचण्डको उपस्थिति सबै भन्दा उल्लेख्य, महत्वपूर्ण र शक्तिशाली त रह्यो तर प्रचण्ड पछिल्लो समय आप्mनै छाँयादेखि तर्सनुपर्ने अवस्थामा देखिन्छन् । हतार हतारमा गरेको शान्ति सम्झौता जो अभैm अपुरो रहेको छ र त्यसलाई पूरा हुन नदिन देशी विदेशी शक्तिहरु चलखेल गरिरहेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग मार्पmत युद्धकालका सबै प्रकारका पाप पुण्यलाई सोलोडोलोमा मेटाएर त्यसको भूतखेदाईबाट मुक्ती दिनुपर्ने तर त्यसलाई पनि तिनै खेलाडीले मिल्न दिइरहेका छैनन् । हतार हतारमा प्रचण्डलाई आवश्यकता भन्दा धेर शिखरमा चढाएर तिनका नाममा रहेका सेनाका हातबातट बन्दुक खोसेर तिनलाई जसले लङ्गडा करार गरिदिए तिनले जीवनपर्यन्त प्रचण्डलाई ब्ल्याकमेल गरिरहनेछन र तिनको निष्ठालाई भुत्ते बनाईदिनेछन् । यही मेसोमा सायद प्रचण्ड यतिबेला विवशताको भारी बोकेर ओलीका विरुद्ध खनिए । संसदमा तिनले बोलेका भाषामा रहेको आक्रोसले प्रमाािणत गर्छ ती आप्mनो हैन अरुको भाषा बोलीरहेका छन् । तद्यापी करिब साढे दुईसय वर्षको लामो र पट्यार लाग्दो चक्र पार गरेर नयाँ युगमा प्रवेश गरेको नेपालको राजनैतिक परिवर्तनमा, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र यी महत्वपूर्ण उपलब्धिमा प्रचण्डको योगदानलाई हलुका रुपमा लिनु सर्वथा गलत हुनेछ । सतही रुपमा प्रचण्डको मूल्याङ्कन गर्नु उनलाई हल्का रुपमा चित्रण गरी जोकर बनाउनु त्यो उनीप्रतिको अन्याय हुनेछ । प्रचण्ड जीवन्त बनिरहनु पर्ने नेता हुन् । उनलाई बचाउनु हामी सबै नेपालीहरुको कर्तव्य हो । सत्ता प्राप्तिको उन्मादमा हैन संयम, शालिन र भद्र भएर प्रचण्डलाई सहयोग गर्नु माओवादीका नेता कार्यकर्ताहरु र समर्थकहरुको पहिलो दायित्व हुनेछ नकी कमाउ र थर्काउ संस्कृतिमा विलुप्तता । समकालीन नेपाली राजनेताहरुमा सबै भन्दा धेर भावुक र गतिशील नेता उनै हुन् ।
एमाले जस्तो संगठित पार्टी जसका भातृसंगठनको व्यापक आयातन र शक्ति विपक्षमा राखेर प्रचण्ड त्यस्तो डुंगामा सवार छन् जहाँ उनकै संगठनको भर दरिलो अवस्था देखिन्न्न । अस्तव्यस्त सङ्गठन, शहरकेन्द्रित नेता कार्यकर्ता र तीभित्र हुर्किरहेको कमाउ संस्कृति भनौँ तीभित्र रजगज मच्चाईरहेको बजारतन्त्रले गाउँ गाउँमा बाउन्न अघिको स्थानमा माओवादी, काँग्रेस र एमाले यी तीनवटै शक्ति पुगेका छन् । गुण्डागर्दी, ठेक्कापट्टा, कमिशन, घुसखोरी यी कुकर्मबाट माओवादी चोखो बस्न सकेको देखिदैन । शक्तिको क्षयीकरण तीब्र रुपमा चलिरहेको बेला प्रचण्डको सत्तारोहणले अवसरवादीहरुलाई दशैं आए होला तर तल्लो तहसम्म त्यसले कुनै सकरात्मक सन्देश पु¥याउन सकेको छैन । बरु नौ महिने एमाले कालमा खड्ग प्रसाद ओलीले ल्याएका कार्यक्रम र तिनका सोचले एमालेबाट माओवादीमा पुगेका थुप्रो मानिसहरु एमालेतिर फर्किरहेको अवस्था देखिन्छ । मधेशवादी दलहरुसँग तीनबुँदे सहमति गरेर सत्ताको कुर्चिमा सहज विराजमान प्रचण्डका अगाडी समस्या र दुःखका पहाड अनगिन्ति खडा छन् जो उनी आपैmले रोपेका कल्पवृक्षका उत्पादन थिए । भावावेग र उत्तेजनामा जीवनका महत्वपूर्ण पल बिताएका प्रचण्डलाई अहिलेको सत्तारोहण नौ वर्ष अघिको जस्तो सहज छैन । खाली कोर्टमा फुटवललाई गोलपोष्ट छिराउनु जस्तो सहज खेलाडीसहितको कोर्टमा कहाँ हुन्छ । ओली सरकार ढालेको श्राप काँधमा बोकेर प्रचण्ड काँग्रेस र मधेशवादी जस्ता गैह्र बामहरुसँगको सहकार्यमा कहाँसम्म पुग्लान ? अर्कोतिर तिनको नाउँमा भारतीय चाहनाको गोटी बनेको श्राप छ । नौ महिनाको छोटो अवधिमा ओलीले मानिसको त्यस्तो सेन्टिमेन्टमा प्रहार गरे जसले उनलाई युग युगसम्म जीवन्त राख्नेछ । ओलीको त्यही आगतमाथी बमवार्ड गरेर हतार हतार सत्ताको कुर्चिमा विराजमान हुन पुगेका प्रचण्डसँग आफुमाथीका सबै आरोप, श्रापबाट मुक्ति पाउने एउटै बाटो छ राज्यको पुर्नसंरचना र प्रदेशहरुक तथा स्थानिय निकायको निर्वाचन । चीनसँगका व्यापार तथा पारवहन सन्धीको कार्यान्वयन तर यी हुन उनलाई सत्तामा चढाउनेहरुले कदापी दिने छैनन् । साँच्चि प्रचण्डको राजनैतिक जीवनको अन्तिमपटक बलिदानी दिइने छ र ती अब कहिल्यै उठ्न नसक्ने गरी ढालिनेछन् । यो सत्य स्वयम प्रचण्डलाई ज्ञात छ तिनका वरीपरी फेरी मारिरहनेहरुलाई थाह छ तर ती बजारतन्त्रको प्रहारले मर्माहत छन् जो सत्ताको प्राप्तिसँगै तङ्रिने अपेक्षा राखेर बाँचिरहेका छन् । माओवादीभित्र हुर्किरहेको यही रोगले दिनानुदिन उसको आयातन साँघुरिदै गइरहेको छ । गाउँ गाउँमा माओवादीप्रति मान्छेहरुको भरोसा र आशा मरिरहेको छ तर माओवादीहरु बाल मतलवको शैलीमा राजनीतिको राजमार्गमा म्याराथुन दगुरी रहेका छन् । भीरबाट खस्न आँटिरहेको गाईलाई राम राम मात्र भन्न सकिन्छ काँधै थाप्न सकिदैन भन्ने नेपाली उखानसँग प्रचण्डको राजनैतिक भविष्य जोडिन पुगेको छ । माओवादी र प्रचण्डलाई सच्चादिलबाट प्रेम गर्नेहरु यहि उखानको नियतिमा बाँचिरहेका छन् । चेतना भया !
bhbaglunge@gmail.com