पाइरेसी साइट तथा सर्च इन्जिन किकस टोरेन्ट्स बन्द भएको केही हप्ता नबित्दै अर्को सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । मिडिया रिपोर्ट अनुसार टोरेन्ज डट इयुले शुक्रबारबाट आफ्नो पोर्टलहरु बन्द गरेको छ । हालैमात्र पाइरेट बे ले आफ्नो साइट बन्द गर्ने निर्णय गरेको थियो । त्यसैलाई पछ्याउँदै टोरेन्जले पनि आफ्ना दशौँ लाख प्रयोगकर्तालाई विदाई गरेको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र सबै टोरेन्ट…
Author: Amrit Baskune
भिडियो भन्ने चिज हेर्न तथा सुन्नका लागि हो । यसमा देखिएका चिज छुनछाम्न सकिने कुरा भएन । भिडियो चलिरहेको ग्याजेटको स्क्रिन मात्र हो छुने त । तर अब छिटै तपाइँले ग्याजेटको स्क्रिन होइन भिडियोमै देखिएका चिजहरु छुन सक्नुहुनेछ । अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ । एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट वस्तुहरको भौतिक व्यवहारलाई कैद गर्न सकिन्छ । उनका अनुसार यो प्रविधिबाट भिडियोलाई अन्तक्रियात्मक बनाएर भिडियोसँगै…
बागलुङ, २८ साउन – अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले भूकम्प लगायतका जोखिमको समयमा जिल्ला तहमा सुरक्षित खुला स्थानमा अस्थायी बसोवास बनाउने अभियान संचालन गर्ने भएको छ । आइओएमले जिल्लाका सरोकारवाला र नगरपालिकाका पदाधिकारीको सहभागितामा खुला स्थानको पहिचान तथा व्यवस्थापन विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला गरेको छ । उक्त कार्यशालाबाट छनौटमा परेका स्थानलाई सुरक्षित बसाइ व्यवस्थापनका लागि काम गर्ने बताइएको छ । नेपाल भूकम्पीय जोखिममा परेको तथा विभिन्न स्थानमा जाने बाढी पहिरो लगायतबाट विस्थापितलाइ समेत सुरक्षित रुपमा राख्न नसक्दा आइपरेका अन्य प्रकोपको न्युनिकरणका लागि युएसएडको सहयोगमा अभियान संचालन गरेको हो । अभियानले दुइ बर्ष भित्र हरेक जिल्लामा सुरक्षित बसाइ व्यवस्थापन गर्ने तथा अस्थायी प्रकारका टहरा…
बागलुङ, २८ साउन – जिल्ला विकास समिति बागलुङको आयोजनामा विहिवार देखि आर्थिक बर्ष २०७२/०७३मा सम्पन्न भएका कार्यक्रमको समिक्षा बैठक शुरु भएको छ । घिल्लो बर्षको समिक्षा गरेर आगामी कार्ययोजना तय गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । समिक्षाको पहिलो दिन गाविस सचिव, विभिन्न संघसंस्था लगायतको वार्षिक प्रगती समिक्षा गरिएको थियो । उक्त अवसरा जिल्लाका सबै गाविस सचिवले वर्षभरी गरेका काम तथा विकासे गतिविधि, ती क्रियाकलापमा खर्च भएको रकम समेतको प्रस्तुतीकरण गरेका थिए । साथै आगामी दिनमा गर्नुपर्ने काम र बजेटको सदुपयोगको लागि चाल्नुपर्ने कदम बारेमा पनि छलफल भएको हो । कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरीले हरेक गाविस र संस्थाले बार्षिक…
बागलुङ, २८ साउन – सञ्चार क्षेत्रमा राजनितिक दल, शक्ति, वर्ग तथा जातीले प्रभाव पारिरहेकाले सम्पादकिय नीति मजबुद बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङले १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको सञ्चारमाध्यम/सञ्चारकर्मी ‘आवाज बिहिनको आवाज’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले जातीको प्रतिनिधित्व गर्ने संवैधानिक व्यवस्था नभएको भन्दै जनताले सुशासन खोजे पनि राजनितिक दलले सुशासन प्रदान गर्न नखोजेको बताएका छन् । कार्यक्रममा सांसद नरबहादुर थापाले देश र राष्ट्र विकासमा सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भएकाले दक्ष सञ्चारकर्मी उत्पादनमा जोड दिएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् बागलुङका अध्यक्ष महेशचन्द्र प्रधान, नेपाल…
काठमाडौं, २८ साउन – प्रधानन्यायाधीश सुशिला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाएका छन् । त्यसकै कारण वकालत पेशा नै बद्नाम भएको उनले बताइन् । नेपाल कानून व्यवसायी परिषद्ले बिहीपबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानून व्यवसायीहरुले ‘जसको मुद्दा लडेको हो, उसलाई खरानी बनाइ सबै सम्पति लिने गरेको’ बताएकी छन् । मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो उसको सबै सम्पति हडप्ने प्रवृत्तिले कानून व्यवसायीलाई शोषक र सामन्ती जस्तो बनाउने उनले बताइन् । कानुन व्यवसायीहरुमाथि आक्रमक रुपमा प्रस्तुत भएकी उनले कतिपयले कालो कोट लगाएर जग्गा दलालहरुसँग मिलेमतो गरी अनधिकृतरुपमा खर्बौं रुपैयाँ आर्जन गरेको भन्दै त्यस्ता व्यवसायीलाई आफूले…
काठमाडौं, २८ साउन – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी सरकारमा सहभागी नहुने उनले बताए । फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो । तर, मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छा देखाएपछि प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकमा सहभागी गराएको छैन । उपप्रधानमन्त्री दिन नसक्ने भन्दै प्रचण्डले दुई…
काठमाडौं, २८ साउन – भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ । भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । ‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनीहरु जीबन-मरणका लागि संघर्ष गरिरहेका छन्,’ बीबीसी हिन्दीले लेखेको छ । उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली…
बागलुङ, २८ साउन जिल्लामा गत साउन १० गते आएको बाढी पहिरोले १ सय ४० हेक्टर अर्थात २८ सय रोपनी खेत बगाएको छ । अविरल बर्षा पछि आएको बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षति अधिकारीचौरमा भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । अधिकारीचौरमा ४ सय रोपनी खेत बाढीले कटान गरेर बगरमा परिणत भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालले बताए । उक्त गाविसमा छालहाल्ने, दोगाडी र चामेद्धारका तीन गाउँका ६६ घर बगाएको थियो । घर बगाए पछि अहिले स्थानीय बासिन्दा ढोरपाटनमा रहेका गोठ र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । अधिकारीचौरका साथै निसी, देविस्थान र बोहरागाउँमा २ सय रोपनी खेत…
हरिकृष्ण गौतम म्याग्दी, २८ साउन – म्याग्दी झिँ–८ की धनमायाँ विक दृष्टिविहिन विद्यार्थी हुन् । दुईबर्षको उमेरमै आमा गुमाएकी विकले बाल्यकालमा धेरै समस्या झेल्नुप¥यो । जन्मदिने आमा गुमाएपछि बुवाले दोस्रो विवाह, अर्की आमाको ब्यवहार र परिवारका अन्य सदस्यको साहरामा कष्टकर जिवन विताएकी विकले पिप्ले गाविसमा अवस्थित ज्ञानोदय माविबाट एसएलसी दिएपनि परिवारको असहयोगले उच्च शिक्षाका लागि बावियाचौर स्थित प्रेम किसानको घरमा बसेर मंगला शिक्षा क्याम्पसमा अध्ययरत छिन् । घरबाट निकाला गरेपछि विकको विचल्ली भएको छ । जन्मदिने बुवा र कान्छी आमाले मानसिक तनाव दिएपछि बाध्य भएर मामा घरमा पुगेकी विकले साङ्ग विद्यार्थीसंगै बसेर आफ्नो भविष्य बनाउने प्रयास गरिरहेकी छन् । ‘परिवारले असहयोग गरेपनि अर्काको घरमा बसेकी छन् ।…