Author: Amrit Baskune

बागलुङ, १ भाद्र – बहत्तर बर्षिय अनबहादुर रोकाको दैनिकी दुइघण्टा हिडेर खोल्साबाट पानी खेपेर बित्ने गरेको छ । उनका परिवारले पनि पानीकै लागि दुःख खेपेका छन् । पशुचौपायालाइ खुवाउने पानी अभावमा हरेक दिन दुई घण्टा हिडाएर खोलामा पु¥याउन पनि बाध्य छन् । नजिकमा पानीको मुहान नभएको र बर्षौदेखि योजना नपरेपछि भिमगिठे–२ सुरकुंडेका रोका जस्तै ४२ परिवारको दैनिकी पानीको खोजीमा बित्ने गरेको छ । नजिकमा मुहान नभएपछि झण्डै ११ किमी पर पर्ने ग्वालीचौरको लेकबाट पानी ल्याउने तयारी गरेपनि खर्च अभावमा रोकिएपछि गाउूलेले बर्षौदेखि सास्ती खेप्दै आएका हुन् । पानी खेप्ने कामले स्थानीयले शहर बजार जाने समय पनि कहिल्यै निकाल्न नसकेको गुनासो गरे । केही घरले बर्षादको पानी…

Read More

बागलुङ, १ भाद्र – जिल्लाको भकुण्डे गाउँ विकास समिति–७ का मृगौला पीडित भद्रबहादुर थापाले आफ्नो जीवन रक्षाको लागि अपिल गरेका छन् । दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको हो । भद्रबहादुर थापा बचाउ अभियान उपचार सहयोग समितिले मंगलबार बिहान बागलुङ बजारमा पत्रकार सम्मेलन गरी मृगौला प्रत्यारोपणको लागि करिव १० लाख खर्च लाग्ने जानकारी दिँदै परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले सहयोगका लागि सबैलाई आग्रह गरेको छ । थापाले गत चैत्रदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणको लागि छोरा वा छोरी तयार भएपनि आर्थिक कारणले उपचारमा समस्या भएको थापाकी श्रीमती…

Read More

–ताराप्रसाद शर्मा जनताको भरोषा, नतोड्नु कहिल्यै बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै चेतनाको दियो, अघि बढ्नु सधै शिखर चुम्ने पाइला, नमोड्नु कहिल्यै तिम्रो धेरै आशा छ, समाज र देशमा अविश्वासको छाता, नओड्नु कहिल्यै निरन्तर बगिरहनु, इन्दावती जस्तै बिचबाटोमै यात्रा, नछोड्नु कहिल्यै जनताको भरोषा, नतोड्नु कहिल्यै बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै ।

Read More

काठमाडौं, ३२ साउन – सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साउन २० गते बसेको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘विगतका सरकारहरुले निर्णय गरी कार्यान्वयन गर्न बाँकी सहिद एवं वेपत्ता र द्वन्द्वका क्रममा मृत्यु भएका मृतकका परिवारलाई दिन बाँकी रकम उपलब्ध गराउन पूर्व निर्णय कार्यान्वयन गर्ने ।’ मंगलबार सहिद एवं वेपत्ता योद्धा परिवारका प्रतिनिधिहरुसँगको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले बाँकी ५ लाख दिने निर्णय भएको बताए । उनले भने, ‘जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने र १०…

Read More

काठमाडौं, ३२ साउन – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार अाजै १२ बजेसम्म उम्मेद्वारकाे मनाेनयन दर्ता, उम्मेद्वारकाे पहिलाे नामावली प्रकाशन अाजै २ बजेसम्मकाे समय ताेकिएकाे छ । यसैगरी भदाै १ गते विहान सात बजेदेखि साँझ सात बजेम्म मतदानकाे समय ताेकिएकाे छ। यस्ताे छ नेविसंघकाे निर्वाचन कार्यक्रम १. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म । २. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे ।…

Read More

संगीत संग्रौला काठमाडौं, ३२ साउन भारतीय नागरिक सहित मधेस आन्दोलनका २६ शहीद थप्न सरकार सहमत भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठक कूल ६८ शहीद घोषणा गर्ने सहमतिमा पुगेको हो । सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउन लागिएको हो । बैठकमा सरकारी तथ्याङ्कभन्दा २६ जना बढीलाई शहीद घोषणा गर्ने सहमति भएको छ । नयाँ शहीदको सूचिमा वीरगञ्जमा मारिएका एक जना भारतीय नागरिक पनि छन् । अहिले निर्धारण गरिएका नामावलीलाई मन्त्रिपरिषदले पारित गरेपछि उनीहरु शहीद घोषणा हुनेछन् । पुष्पकमल दाहाल सरकारले मधेस आन्दोलनमा…

Read More

र्सिजना कार्की बागलुङ, ३२ साउन – बागलुङको रेशमा सोमबार राती भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । बागलुङ बजारदेखि लेखानी यात्रु छोडेर फर्किने क्रममा रेश–७ देउरालीमा ध १ ज ३४८ नम्बरको जीप दुर्घटना हुँदा रेश–७ का २२ वर्षिय गिरी थापा र सोही स्थानका २४ वर्षिय नारायण जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक अनिल खडकाले जानकारी दिनुभयो । दुर्घटनामा परी रेश–७ का २६ वर्षिय चालक खडक थापा र सोही स्थानमा २५ वर्षिय पदमबहादुर थापा घाईते भएका छन । घाईते दुवैलाई उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी नायव उपरिक्षक खडकाले…

Read More

पर्वत, ३२ साउन – कुस्मा नगरपालिकाले चालु आर्थिक बर्ष देखि ब्यक्तिगत खाताबाट मात्रै  सामाजिक सुरक्षाभत्ता बितरण गर्न तयारी थालेको छ । सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न र सेवाग्राहीले ब्यक्तिगत रुपमा लाभान्वित होस भन्ने उद्देश्यले साउन देखि सामाजिक सुरक्षाभत्ता बुझ्न बैंकहरुमा खाता खोल्न अनिवार्य गरेको हो । कुस्मा नगरपालिकाले यस अघिसम्म बृद्ध, एक महिला र जेष्ठ दलित नागरिकलाई राष्ट्रिय बाणिज्य बैंक मार्फत मात्रै खाता खोली सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । नगरपालिकाले सामाजिक सुरक्षा समितिको सोमबार बैठक मार्फत हरेक ब्यक्तिको निजी खातामा सामाजिक सुरक्षा भत्ता पठाउने निर्णय गरेको छ । त्यसका लागि सदरमुकाम कुस्माबजारका ‘क’ र ‘ख’ बर्गका बैंकहरुमा खाता खोल्ने ब्यबस्था मिलाउने तयारी भएको कार्यकारी अधिकृत…

Read More