काठमाडौं, ३२ साउन – नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो ।
जस अनुसार अाजै १२ बजेसम्म उम्मेद्वारकाे मनाेनयन दर्ता, उम्मेद्वारकाे पहिलाे नामावली प्रकाशन अाजै २ बजेसम्मकाे समय ताेकिएकाे छ । यसैगरी भदाै १ गते विहान सात बजेदेखि साँझ सात बजेम्म मतदानकाे समय ताेकिएकाे छ।
यस्ताे छ नेविसंघकाे निर्वाचन कार्यक्रम
१. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म ।
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे ।
९.मतदान : २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना : मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।
Previous Articleभारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत
Next Article वेपत्ता परिवारलाई बाँकी ५ लाख दिने निर्णय