ज्यो. सूर्य पौडेल २०७३ भाद्र १० शुक्रबार, नवमी २६ अगष्ट २०१६ तपाईको आज मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । वृष– आदर–सत्कार प्राप्त हुने । मिथुन– आफन्तबाटै घात प्रतिघात हुने । कर्कट– आफन्तबाटै घात प्रतिघात हुने । सिंह– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने । कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने । तुला– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन । वृश्चिक– मानसिक शान्ति र आराम मिल्ने । धनु– यत्रतत्र यश कीर्ति फैलने । मकर– मनमा अशान्तिको कालो बादल मडारिने । कुम्भ– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने । मीन– आरोग्यतामा थप वृद्धि आउने ।
Author: Amrit Baskune
गुमानसिंह भण्डारी बागलुङ, १० भदौ – गलकोट मल्मको घुम्टे प्रगति कृषक समुह समाज विकासमा अग्रसर बनेको छ । २०६३ सालमा ३० जना महिलाहरुको समुह गठन गरि पहिलो बर्षदेखिनै समाजिक कार्य गर्दै आएको छ । समुहले पहिलो बर्षमा समुहकै सदस्यले निशुल्क प्रदान गरेको जग्गामा टमाटर खेतिबाट ४० हजार आम्दानी गर्न सफल भएको थियो । महिलाहरुले टमाटर खेतिबाट राम्रो आम्दानी गरेको देखेपछि मल्मका अन्य समुहले पनि खेति सुरु गरेको समुहकी पुर्व अध्यक्ष उमा थापाले बताए । समुले गाउघरमा हुने बिवाह, ब्रतबन्ध, पुजापाठ, बिदेशबाट आएका ब्यक्ति, कार्यक्रम लगायतमा सहभागी भई भजन गाउने र पैसा संकलन गर्ने गरेको छ । समुहमा संकलन गरेको रकमले हालसम्म मोटरबाटो निर्माणमा १ लाख ७०…
१० भदौ २०७३, ढोरपाटन दैनिक 10 Bhadra 2073, Dhorpatan Daily
बागलुङ, १० भदौ – बाख्रापालनको दृष्टिले उत्कृष्ट मानिने गलकोटको हिललाई बाख्रा पालन स्रोत केन्द्र स्थापना गरिने भएको छ । बाख्रा पालनलाई सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशु प्रवद्र्धनमा टेवा पु¥याउन पशु सेवा केन्द्र हरिचौरले बाख्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो । गलकोटको मध्यपहाडी क्षेत्रमा रहेको हिल गाबिसमा परम्परागत रुपमा बाख्रा पाल्दै आएको र गलकोटको अन्य गाबिसमा भन्दा ५० प्रतिशत बढि उपयुक्त ठाउ भएकाले पनि हिलमा बाख्रा स्रोत केन्द्र स्थापना गर्न लागेको पशु सेवा केन्द्र हरिचौरका पशु स्वास्थ प्राबिधिक चिन्तामणि शर्माले बताए । स्थानिय स्तरमा रोजगारीको सृजना गरी बाख्रापालनबाट मासु उत्पादन गरि देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले बाख्रापालन स्रोत केन्द्र स्थापनाको लागि सबैभन्दा…
बागलुङ, १० भदौ – रण स्मृति पुरस्कार कोष बागलुङले बिहिबार हरेक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट बिद्यार्थी पुरस्कार र सम्मान प्रदान गरेको छ । कोषले २३ औ पुरस्कार बितरण समारोहको आयोजना गरी यसबर्ष कक्षा ५ तर्फ उत्कृष्ट धवलागिरी विरेन्द्र उच्च माविका राजिव कुवँर, सुशिला थापा र कक्षा ८ तर्फ धौलागिरी बिरेन्द्र माविका अरुण सापकोटा र रुद्रेपिपल माविका नविना थापालाई पुरस्कृत गरेको हो । कक्षा ५ का उत्कृष्ट बिद्यार्थीलाई नगद १ हजार ५ सय, कक्षा ८ का उत्कृष्ट बिद्यार्थीलाई नगद २ हजार रुपैयाँसहित बा.न.पा.–३ का शिक्षासेवी रणबहादुर खड्काको स्मृतिमा उनको परिवारले स्थापना गरेको कोषले हरेक बर्ष कक्षा ५ र ८ को जिल्ला स्तरिय…
बागलुङ, १० भदौ – गलकोट पत्रकार समाज बागलुङको बिशेष अधिवेसन नयाँ कार्यसमिति चयन गर्दै बिहिबार सम्पन्न भएको छ । समाजलाई समुदाय केन्द्रित बनाउने उदेश्यले पुरानो कार्यसमितिलाई बिघटन गरि मित्र खरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो । समाजको उपाध्यक्षमा बालकृष्ण सुवेदी, महासचिवमा गुमानसिंह भण्डारी, सचिवमा पुर्णभद्र न्युरे, कोषाध्यक्षमा शर्मिला बस्नेत रहेका छन् । समितिको सदस्यमा चन्द्रमणि न्यौपाने, ईश्वर सुवेदी, सरिता खत्री, बिपिन श्रीस रहेका छन् । गलकोट पत्रकार समाजको सल्लाकार समितिहरुमा निर्वतमान अध्यक्ष कृष्ण कँडेल संयोजक रहने गरि समिती गठन गरिएको छ । सदस्यहरुमा थम्मन थापा सन्देश, बिरबहादुर चोखाल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्रराज भण्डारी लगायत रहेको समाजका सचिव न्यरेले बताए ।…
काठमाडौं, १० भदौ – प्रधानमन्त्रीमा निर्वाचित भएको २३ दिनपछि प्रचण्डले आफ्ना मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । काँग्रेसको तर्फबाट पछिल्लो पटक १३ मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको हो । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् । नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन् । सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् । गगन थापा स्वास्थ्य र शंकर भण्डारीले…
चितवन, १० भदौ – सदरमुकाम गाैरबाट पाेखरातर्फ गइरहेकाे रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा मर्नेको संख्या २१ पुगेको छ। २० जना घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। ग १ ख ३७०९ नम्बरकाे साे बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेकाे छ। नारायगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चन्डीभन्यज्याङ-५ कालिखोलानजिक यात्रुबाहक बस खसेको छ। ‘२० वटा शव निकालिएकाे छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ’, मध्यामाञ्चल प्रहरी प्रमुख डिअाइजी पशुपति उपाध्यायले भने, ‘उद्धारका लागि थप प्रहरी बल घटनास्थल पुग्दैछ।’ उनका अनुसार बस सडकदेखि २ सय मिटर तल खसेकाे छ। गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात संघकाे साे बसमा चन्द्रनिगाहपुर…
पर्वत, १० भदौ – अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी मङ्गलबार फैसला गरेको हो । अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल…
चितवन,१० भदौ – रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना महिला छन् । दुर्घटनामा परी १७ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान साढे ३ बजे भएको हो । यात्रुहरु : दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् । गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका…