बागलुङ, १० भदौ – रण स्मृति पुरस्कार कोष बागलुङले बिहिबार हरेक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट बिद्यार्थी पुरस्कार र सम्मान प्रदान गरेको छ ।
कोषले २३ औ पुरस्कार बितरण समारोहको आयोजना गरी यसबर्ष कक्षा ५ तर्फ उत्कृष्ट धवलागिरी विरेन्द्र उच्च माविका राजिव कुवँर, सुशिला थापा र कक्षा ८ तर्फ धौलागिरी बिरेन्द्र माविका अरुण सापकोटा र रुद्रेपिपल माविका नविना थापालाई पुरस्कृत गरेको हो । कक्षा ५ का उत्कृष्ट बिद्यार्थीलाई नगद १ हजार ५ सय, कक्षा ८ का उत्कृष्ट बिद्यार्थीलाई नगद २ हजार रुपैयाँसहित बा.न.पा.–३ का शिक्षासेवी रणबहादुर खड्काको स्मृतिमा उनको परिवारले स्थापना गरेको कोषले हरेक बर्ष कक्षा ५ र ८ को जिल्ला स्तरिय परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कृत गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले बताए ।
सोही अवसरमा कोषले लामो समयसम्म शिक्षा सेवामा समर्पित बाल मन्दिर प्राविका पूर्व प्रधानाध्यापक इन्द्र श्रेष्ठ र रुद्रे पिपल माविका पूर्व प्रधानाध्यापक ठाकुरजंग राजभण्डारीलाई सम्मान गरेको छ ।
पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा बोल्दै स्थानीय अधिकारी भरत गौतमले अघिल्लो पुस्ताले गरेको गरेको ऐतिहासिक कामहरुको सम्मान र स्मरण गर्नु प्रशंसनीय कार्य भएको बताएका थिए । कार्यक्रममा पूर्व जिल्ला अधिकारी मानबहादुर क्षेत्री, सम्मानित पूर्व प्रधानाध्यापकद्धय इन्द्र श्रेष्ठ, ठाकुरजंग राजभण्डारी, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष, कालिका कन्या मन्दिरका शिक्षक केशव रेग्मी, हरिप्रसाद कुवँर, सामुदायिक सेवा केन्द्र रामरेखाका दुर्गाबहादुर आचार्य, विद्यार्थी नविना थापा, अरुण सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रण स्मृति पुरस्कार संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षता, कोषका सदस्य राजु खड्काको स्वागत मन्तव्य र सचिव भोजबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleगलकोट पत्रकार समाजमा खरेल
Next Article हिलमा बाख्रापालन स्रोतकेन्द्र स्थापना