बागलुङ, १० भदौ – गलकोट पत्रकार समाज बागलुङको बिशेष अधिवेसन नयाँ कार्यसमिति चयन गर्दै बिहिबार सम्पन्न भएको छ । समाजलाई समुदाय केन्द्रित बनाउने उदेश्यले पुरानो कार्यसमितिलाई बिघटन गरि मित्र खरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा बालकृष्ण सुवेदी, महासचिवमा गुमानसिंह भण्डारी, सचिवमा पुर्णभद्र न्युरे, कोषाध्यक्षमा शर्मिला बस्नेत रहेका छन् । समितिको सदस्यमा चन्द्रमणि न्यौपाने, ईश्वर सुवेदी, सरिता खत्री, बिपिन श्रीस रहेका छन् ।
गलकोट पत्रकार समाजको सल्लाकार समितिहरुमा निर्वतमान अध्यक्ष कृष्ण कँडेल संयोजक रहने गरि समिती गठन गरिएको छ । सदस्यहरुमा थम्मन थापा सन्देश, बिरबहादुर चोखाल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्रराज भण्डारी लगायत रहेको समाजका सचिव न्यरेले बताए ।
सो अवसरमा गलकोट पत्रकार समाजद्धारा सञ्चालित गलकोट खबर डटकम सञ्चालनका लागि थम्मन थापा प्रमुख रहने गरि जिम्मेबारी प्रदान गरिएको छ । अनलाईन सम्पादकमा बालकृष्ण सुवेदी र कार्यकारी सम्पादकमा गुमानसिंह भण्डारीलाई जिम्मेबारी प्रदान गरिएको अध्यक्ष खरेलले बताए ।
कार्यक्रम अध्यक्ष मित्र खरेलको अध्यक्षता र सचिव पुर्णभद्र न्युरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleदौरा सुरुवालमा सजिएर सपथ लिए कांग्रेस मन्त्रीहरुले
Next Article रण स्मृति पुरस्कार प्रदान