बागलुङ, १२ भदौ – जिल्लाको दुदिलाभाटीका कृषकले लगाएको किबीमा चार बर्ष नपुग्दै फल लागेको छ । कृषि बिज्ञहरुले किबिको फल लाग्न ४ देखि ५ बर्ष लाग्ने बताएपनि गलकोटको दुदिलाभाटीका कृषकले लगाएको किबीमा भने ३ बर्षमै फल लागेको अगुवा कृषक गणेश खत्रीले बताए । प्रतिबिरुवा ३ सय २० रुपैयाँका दरले खरिद गरिएको किबीमा यतिबेला ८० देखि ९० ग्राम सम्मका फल लागेको खत्रीको भनाई छ । परिक्षणका रुपमा लगाईएको बिरुवामा लटरम्म फल लागेपछि अन्य कृषकले समेत बिरुवा माग गर्ने थालेका छन् । ‘सुरु–सुरुमा धेरैले अन्य तरकारी खेती नगरेर यसले के गर्न खोजेको होला भनेर गुनासो गर्थे तर अहिले उनीहरुले नै बिरुवा माग गर्दा खुसी लाग्छ’ –खत्रीले…
Author: Amrit Baskune
बागलुङ, १२ भदौ – लहरेपिपल बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारी अभियान आर्थिक विकासको मोडलको रुपमा अगाडी बढेको भन्दै देश विकास गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताए । उनले नेपालको राजनितिक परिवर्तनको क्षणमा सहकारीले समाजलाई जोडेर राखेको बताउदैँ सहकारीमा मुल्य मान्यता र सिद्धान्तको आधारमा कारोबार गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुको सहकारीलाई सफल बनाउन सञ्चालक, सदस्य र कर्मचारीहरु बिच समन्वय र सहकार्य आवश्यकता पर्ने बताएका थिए । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भएकाले सहकारी अभियानाई निरन्तरता दिनुपर्ने बताएका थिए । साधारणसभामा संस्थाका सचिव श्यामराज शर्माले बार्षिक…
११ भदौ २०७३, ढोरपाटन दैनिक 11 Bhadra 2073, Dhorpatan Daily
काठमाडौं, १२ भदौ – कुनै बेला फोहोरले डुङ्डुङ्ती गन्हाउने बागमती नदिको अवस्था अहिले फेरिएको छ । पानीभन्दा बढी फोहोर बग्ने वागमतीमा अहिले सुधारको संकेत देखिन थालेको छ । केही वर्षयता गरिएको वागमती सफाई अभियानअन्तर्गत वागमती सफा हुँदैछ । वागमती सफाई अभियानअन्तर्गत नै शनिबार जोरपाटीदेखि गुहेश्वरीसम्म र्याफ्टिङ गरिएको थियो । वागमती सफाई अभियानकर्ता, कलाका, विदेशी कुटनीतिज्ञ, शसस्त्र प्रहरीका अधिकारी, नेपाली सेनाका अधिकारीले वागमतीमा र्याफ्टिङ गरेका हुन् । वागमती सफाई अभियानले हरेक वर्ष वागमती सफाइको लागि जनचेतना बढाउन यस्तो र्याफ्टिङ गर्ने जनाएको छ । गतवर्ष पनि वागमतीमा यस्तै खालको र्याफ्टिङ गरिएको थियो ।
एन्डी वेस्ट लन्डन, १२ भदौ – गत साता नै स्पेनी ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । बार्सिलोना लगातार तेस्रो लिग उपाधिको अभियानमा छ । रियल र एटलेटिको म्याड्रिड यसलाई रोक्ने प्रयासमा हुनेछन् । तर स्पेनी लिग यसपल्ट यिनै तीन ठूला क्लबमा मात्र सीमित हुने छैन । यो भन्दा अरू धेरै हुनेछ । यसपल्ट प्रशिक्षक फेरिएका छन् । माथिल्लो डिभिजनमा नयाँ क्लबले प्रवेश पाएका छन् । अनि केही यस्ता नियम पनि परिवर्तन भएका छन्, जसले लिगमा निर्णायक प्रभाव छोड्न सक्नेछ । बेल मुख्य भूमिकामा रियलले पछिल्लो तीन सिजनमा दुईपल्ट युरोपेली च्याम्पियन्स लिग उचालेको छ । तर पछिल्ला आठ सिजनमा ला लिगा भने…
म्याग्दी, १२ भदौ – बेनी नगरपालिका–८ अर्थुङ्गेस्थित सानो चौतारी महिला सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ । स्थानीय केही व्यक्तिले सामुदायिक वन क्षेत्रमा गरेको अतिक्रमण हटाएर वृक्षरोपण गरिएको हो । सानो चौतारी महिला सामुदायिक वन उपभोक्ता समूहको सक्रियता र मङ्गलाघाट इलाका वन कार्यालयको पहलमा २.३ हेक्टर क्षेत्रफलमा भएको अतिक्रमण हटाइएको हो । अतिक्रमण हटाएपछि सामुदायिक वनको क्षेत्रफल ४.३ हेक्टर पुगेको मङ्गलाघाट इलाका वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । यसअघि सो सामुदायिक वनको क्षेत्रफल दुई हेक्टर थियो । अतिक्रमण हटाएको पाखोमा नयाँ साँध सिमाना कायम गरी डालेघाँस प्रजातिका एक हजार ९५० वटा बिरुवा रोपिएको सहायक वन अधिकृत ठाकुरले जानकारी…
अर्जुन काफ्ले क्वालालम्पुर, १२ भदौ – न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ । नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । नेपाली श्रमिक हडतालमा उत्रिएपछि कम्पनीको कामसमेत प्रभावित बनेको छ । दुई सय ३० नेपाली ,पाकिस्तानी र बंगलादेशी गरी पाँच सय तीन श्रमिक हडतालमा उत्रिएका छन् । उनीहरूको होस्टलको बिजुली र पानी बन्द भएपछि घर फर्किन पाउनु पर्ने मागसमेत नेपाली श्रमिकले राखेका छन् । न्युनतम तलब बढ्नु पर्ने,…
काठमाण्डौं, ११ भदौ-अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य जयन्ती राईले नेपाली हिन्दुहरुको महत्वपूर्ण चाड तीजलाई राष्ट्रिय पर्व बनाउनुपर्ने वताएकी छिन । नेकपा एमाले बागलुङ–काठमाण्डौं सम्पर्क मञ्च महिला विभागले हरितालिका तीजका अवसरमा शनिवार होटल नानोहानामा आयोजना गरेको दरखाने कार्यक्रममा सम्बोधन गर्दै राईले भनिन्–नेपाली महिलाहरुले बर्षाैदेखि मनाउदै आएको तीजलाई अव राष्ट्रिय पर्व बनाउनु पर्दछ । नेपाली महिलाहरुले विगतदेखि नै आफ्नो वर्षभरीका पिरब्यथा पोख्ने पर्वको रुपमा विकास भएको तीज हिजोआज महत्वपूर्ण चाडका रुपमा विकास भएको वताउदै महिला नेतृ राईले यसलाई महिला अधिकारसंग जोडेर हेर्नुपर्ने वताईन । नेपाली महिलाहरुले लामोसमयदेखि गरेको संघर्षका कारण देशको प्रमुख तीन पदमा महिलाहरु पुगेको…
हस्तबहादुर केसी विषयप्रवेश : “क्रान्तिकारी कालमा तीब्ररूपले परिस्थितिमा बदलिन्छ, यदि बदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्ररूपले बदलिएन भने उनिहरूले आफ्नो क्रान्तिलाई बिजयसम्म पु¥याउन सक्ने छैनन् ।” –माओत्सेतुङ अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तीको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरी ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका अनुभवहरू, अतीतका अभिलेख वा संस्मरणबाट सिक्ने पद्धति हो, जुन अध्ययनबाट अनुसन्धान गरी व्यवस्थित रूपमा ज्ञान प्राप्त गरिन्छ, त्यसलाई बैज्ञानिक अध्ययन भनिन्छ । सही ज्ञान कहाँबाट प्राप्त हुन्छ ? वस्तुगत जगतबाट सही ज्ञान प्राप्त हुन्छ । सही ज्ञान प्राप्त…
बागलुङ, ११ भदौ – गलकोट समाज काडमाडौंले गत साउन १० गतेको बाढीबाट प्रभावित बनेका पश्चिम बागलुङका बाढी पहिरो प्रभावितलाई करिब ५ लाख राहत रकम उपलब्ध गराएको छ । समाजको अगुवाईमा देश तथा विदेशमा रहेका गलकोटेहरुबाट संकलन गरिएको ४ लाख ९२ हजार ५ सय रुपैयाँ बाढी पीडितहरुलाई प्रदान गरिएको बाढी पीडित सहयोग संकलन समितिका सहसंयोजक मन्जेशबम मल्लले बताए । बाढीले पु¥याएको क्षतिको आधारमा राहत रकम वितरण गरिएको मल्लले जानकारी दिए । उनका अनुसार मृतकको परिवारलाई १० हजार र घर पूर्ण क्षति भएको परिवारलाई ३ हजार रुपैयाँको दरले वितरण गरिएको छ । सवैभन्दा बढी अधिकारीचौर गाविसका ७५ परिवारलाई २ लाख २५ हजार वितरण गरिएको सहयोग संकलन समितिका सदस्य…