बागलुङ, १२ भदौ – जिल्लाको दुदिलाभाटीका कृषकले लगाएको किबीमा चार बर्ष नपुग्दै फल लागेको छ । कृषि बिज्ञहरुले किबिको फल लाग्न ४ देखि ५ बर्ष लाग्ने बताएपनि गलकोटको दुदिलाभाटीका कृषकले लगाएको किबीमा भने ३ बर्षमै फल लागेको अगुवा कृषक गणेश खत्रीले बताए ।
प्रतिबिरुवा ३ सय २० रुपैयाँका दरले खरिद गरिएको किबीमा यतिबेला ८० देखि ९० ग्राम सम्मका फल लागेको खत्रीको भनाई छ । परिक्षणका रुपमा लगाईएको बिरुवामा लटरम्म फल लागेपछि अन्य कृषकले समेत बिरुवा माग गर्ने थालेका छन् । ‘सुरु–सुरुमा धेरैले अन्य तरकारी खेती नगरेर यसले के गर्न खोजेको होला भनेर गुनासो गर्थे तर अहिले उनीहरुले नै बिरुवा माग गर्दा खुसी लाग्छ’ –खत्रीले भने ।
दुदिलाभाटी गाविसका करिब २० जना कृषकहरुले किबी खेती गरेका छन् । जसमध्ये ५, ६ जनाले १ सयभन्दा बढी बिरुवा लगाएका छन् । ५० बर्षसम्म निरन्तर रुपमा फल
दिने भएकाले परिश्रम धेरै नलाग्ने कृषि वन तथा वातावरण समिति दुदिलाभाटीका अध्यक्ष लालबहादुर रानाले बताए । अहिले दुदिलाभाटीको टोड्के, गौदी, चौराह, भण्डारबन लागयतका गाउँमा बिरुवा लगाईएको छ । फल अनुसारको सबै ठाउँमा उत्पादन भए यस बर्ष दुदिलाभाटी गाबिसमा ५ कुईन्टल किबी उत्पादन हुने अनुमान गरिएको छ ।
चिसो मौसममा उत्पादन राम्रो हुने किबी फल औषधीको रुपमा प्रयोग गर्ने भएकाले माग बढी हुने गर्छ । सुरुमा बिरुवा किन्दा महंगो भएपनि यसबर्ष जिल्ला कृषि विकास कार्यालयले कम शुल्कमा बिक्री गर्दै आईरहेको छ ।
Previous Articleशनिबार ४ सहकारीको साधारणसभा
Next Article प्राथमिक उपचार सम्बन्धि तालिम