हस्तबहादुर केसी
विषयप्रवेश :
“क्रान्तिकारी कालमा तीब्ररूपले परिस्थितिमा बदलिन्छ, यदि बदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्ररूपले बदलिएन भने उनिहरूले आफ्नो क्रान्तिलाई बिजयसम्म पु¥याउन सक्ने छैनन् ।” –माओत्सेतुङ
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तीको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरी ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका अनुभवहरू, अतीतका अभिलेख वा संस्मरणबाट सिक्ने पद्धति हो, जुन अध्ययनबाट अनुसन्धान गरी व्यवस्थित रूपमा ज्ञान प्राप्त गरिन्छ, त्यसलाई बैज्ञानिक अध्ययन भनिन्छ ।
सही ज्ञान कहाँबाट प्राप्त हुन्छ ? वस्तुगत जगतबाट सही ज्ञान प्राप्त हुन्छ । सही ज्ञान प्राप्त गर्ने सन्दर्भमा माओ अगाडि भन्नुहुन्छ – “प्रायः पदार्थबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौँ क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धी माक्र्सवादी सिद्धान्त, ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ ।” (१) ज्ञानको मुख्य श्रोत प्रत्यक्ष अनुभव हो । हाम्रो वरिपरिको वातावरणमा यत्रतत्र छरिएका अनेक कुराहरू, विषयहरू, घटनहरू, परिघटनाहरू रहेका हुन्छन् र दैनिक जीवनमा समेत यस्ता कुराहरू देखिन्छन् । यसबाट ज्ञान प्राप्त हुन्छ । यस्तो ज्ञान इन्द्रियजन्य अनुभवबाट गरिन्छ । अध्ययन भनेको सामान्य ज्ञान प्राप्त गर्नु नभएर व्यवस्थित रूपको ज्ञान प्राप्ति हो । यसमा अलिकति पनि तलमाथि गर्न मिल्दैन । यस सम्बन्धमा माओत्सेतुङ्ग अगाडि भन्नुहुन्छ – “ज्ञान एउटा विज्ञानको विषय हो र यस सम्बन्धमा अलिकति पनि बेइमानी वा घमण्डहरू ग्राहय हुँदैन ।” (२)
एउटा कुरा के हो भने समाज विकासका क्रममा प्राप्त भएका अनुभव क्रियाकलाप, सैद्धान्तिक मूल्य मान्यता, प्रणालीहरू, तौरतरिकाहरूको अध्ययन सामाजिक अध्ययनमा गनिन्छन् भने प्रकृति र भौतिक नियमको अध्ययन विज्ञानमा हुने गर्दछ । अध्ययनले कार्य र कारण बिचको सम्बन्ध र यसबाट प्राप्त हुने परिणामको आँङ्कलन गर्दछ । अध्ययन प्रणालीमा वैज्ञानिक विधिको अध्ययनबाट विज्ञानसम्मत अध्ययन गरिन्छ । यसमा कार्यकरण सम्बन्ध र नियमहरू अनतरसंबन्ध र यसमा आउने परिणामका नियम आदिको वैज्ञानिक विधिबाट अध्ययन गरिन्छ भने दोस्रो तरिकामा कल्पना र विचारका आधारमा निरपेक्ष अध्ययन गरिन्छ । यस पद्धति, प्रमाण वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको श्रृङ्खलाको आधारमा निचोड निकाल्ने गरिन्छ । यो आदर्शवादी काल्पनिक अध्ययन पद्धति हो । यो आत्मगत चिन्तन भएकाले यसको सम्बन्ध वस्तुगत यथार्थसँग हुँदैन । वैज्ञानिक अध्ययनमा द्वन्द्वात्मक नियमलाई माक्र्सवादले अपनाएको छ भने आदर्शवादी अध्ययनले अज्ञेयवादलाई मूल आधार बनाएको हुन्छ । आधुनिक अध्ययन पद्धतिमा वर्तमानमा वैज्ञानिक अध्ययन पद्धतिलाई मात्र आधारित र प्रमाणित अध्ययन पद्धतिको रूपमा मानिएको छ । राजनीतिक अध्ययनको परम्परा पद्धतिमा दार्शनिक अध्ययन विधि, ऐतिहासिक अध्ययन विधि, तुलनात्मक अध्ययनविधि, वैध अध्ययनविधि, संस्थागत अध्ययन विधि, प्रर्पवेक्षानात्मक अध्ययन विधि आदि रहेका छन् । माक्र्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाएको छ । अध्ययनका क्षेत्रमा विज्ञानसम्मत रहेको माक्र्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाउने भएकोले यस लेखमा आज माक्र्सवादले दोस्रो चरणमा लेनिनवादमा र तेस्रो र नयाँ चरणमा माओवादमा विकास गरि सकेको छ, आजको साम्राज्यवाद र सर्वहातवर्ग बिचको भीषण वर्गसंघर्षको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययनको पद्धतिका बारेमा आफ्नो विचार राख्न प्रयत्न गरिएको छ ।
विषयवस्तु बारे :
माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरिकन, यसलाई आत्मसक्तिकरण नगरिकन र जीवन व्यवहारमा प्रयोग नगरेसम्म कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्ने कुरा आजको व्यवहारद्वारा पुष्टि भइसकेको छ । अतः आजका माक्र्सवादी क्रान्तिकारीहरूले र नेपालका माओवादी क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन किन आवश्यक छ ? र यसको अध्ययन कसरी गर्ने ? भन्ने प्रश्नको महत्वपूर्ण विषय बन्न गएको छ । आज हामी माओवादी क्रान्तिकारीहरूका बिचमा माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन गर्ने, छलफल गर्ने प्रवृत्ति समाप्तै भएर गएको छ । अध्ययन गर्ने भन्ने कुरा आदर्शको साँघुरो घेराभित्र सिमित हुन पुगेको छ । यो ज्यादै गलत चिन्तन र प्रवृत्ति हो । अर्कोतिर हामीसँग सबै कुरा जानी सकेका छौं भन्ने अहंकार पनि छ ।
हाम्रो जस्तो अर्धसामन्ती र नवऔपनिवेशिक मुलुक जहाँ कि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम नै बाँकी छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने यात्रा त निकै नै टाढाको विषय हो । महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने अठोट र प्रतिबद्धताका साथ अगाडि बढेका नेपाली सर्वहारावर्गका नेता, कार्यकताहरू विशेष गरि क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरूले त झनै माक्र्सवाद–लेनिनवाद–माओवादको विशेष प्रकारले अध्ययन गर्न र त्यसलाई जीवन व्यवहारमा उतार्न अति जरूरी छ । जीवन व्यवहारमा उतार्ने भनेको वर्गसंघर्षमा प्रतिबद्ध भएर सरिक हुने भनिएको हो । संसार बदल्ने उद्देश्य र लक्ष्यका साथ प्रतिबद्ध भएर लामबद्ध भएका क्रान्तिकारीहरूले आजको वर्तमान विश्वलाई बुझ्न र अध्ययन– विश्लेषण गर्न जरूरी छ । वर्तमान संसारको बारेमा वास्तविक धरातलमा उभिएर अध्ययन नगरिकन ठोस विश्लेषण गर्न असम्भव हुन्छ । अतः संसारको अध्ययन गर्र्ने, त्यसको ठोस विश्लेषण गर्न र त्यसलाई बदल्ने नियमलाई बुझ्नका लागि वैज्ञानिक अध्ययन माक्र्सवाद हो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो । कमरेड मोहन वैद्य ‘किरण’ अगाडि लेख्नुहुन्छ– “माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासिमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । माक्र्सवादी दर्शनले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँदछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्ववाद हो ।” (३)
माक्र्सवाद एक परिवर्तनशील सिद्धान्त हो । यो देश, काल, परिस्थिति अनुसार अर्थात् ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा सिर्जनात्मक रुपमा विकास र प्रयोग हुँदै आएको छ । माक्र्सवादले आज माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद र माक्र्सवाद–लेनिनवादको विकासको तेस्रो र नयाँ चरण माओवादमा विकास गरिसकेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ र मालेमावादको ज्ञानभण्डार असीमित छ । अतः यसको वैज्ञानिक अध्ययन पद्धति अर्थात् द्वन्द्वात्मक भौतिकवादको पद्धतिको दायराभित्र रहेर गर्न जरुरी छ । यो पद्धतिभन्दा बाहिरबाट गरिने अध्ययन वैज्ञानिक अध्ययन पद्धति मानिँदैन र अधिभूतवादी अध्ययन पद्धतिमा पुग्दछ ।
मालेमावादको अध्ययनको पद्धति ः माक्र्सवाद के हो ? यसको जन्म र विकास कसरी भयो ? लेनिनवाद के हो ? माओवाद के हो ? मालेमाओवादको किन आवश्यकता छ ? आदि विषयमा माथि उल्लेख गरिएको छ । यहाँ माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययनको पद्धति के हो ? हामीले मालेमावादको अध्ययन कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने प्रयत्न गरिएको छ ।
अध्ययन गर्ने दुइवटा पद्धति छन् जो निम्न प्रकार छन् ः
१) अधिभूतवादी अध्ययन पद्धति
२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति
१) अधिभूतवादी अध्ययन पद्धति
अध्ययन भनेको ज्ञानप्राप्तिको साधन हो । कुनैपनि वस्तुको अध्ययन विना त्यसबाट ज्ञान प्राप्त गर्न सकिदैन । मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । कल्पना र विचारका आधारमा निरपेक्ष अध्ययन गरिन्छ, जसबाट प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको श्रृङ्खलाको आधारमा निचोड निकालिने गरिन्छ यस पद्धतिलाई आदर्शवादी (काल्पनिक) पद्धति भनिन्छ । यो पद्धति आत्मपरक चिन्तन हो । यसको सम्बन्ध वस्तुगत यथार्थसँग हुदैन, कोरा काल्पनिक ईश्वरीय चिन्तन प्रणालीसीत सम्बन्धित हुन्छ । यो जे गर्दछन् सबै ईश्वरले गर्दछन् भन्ने चिन्तनशील सम्बन्धित हुन्छ । आदर्शवादी (काल्पनीक) अद्वैतवादीलाई मूल आधार बनाएको छ ।
२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति
वैज्ञानिक अध्ययन पद्धतिमा द्वन्द्वात्मकको नियमलाई माक्र्सवादले अपनाएको छ । वैज्ञानिक अनुसन्धान पद्धति नै वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धतिको मूल आधार हो । वैज्ञानिक अनुसन्धान पद्धतिको विकास चाल्र्स डार्विनबाट भएको हो । यो प्रायोगिक अनुसन्धान पद्धति हो । प्रमाणका आधारमा गरिने व्यवस्थित अनुसन्धान वैज्ञानिक अनुसन्धान हो । यो विज्ञानमा मात्र नभएर समाजशास्त्र, राजनीतिक शास्त्र, अर्थशास्त्र, अनुसन्धान लगायत सम्पूर्ण विषयमा प्रयोग गरिने विधिको रूपमा रहेको छ । प्रायः सबै वैज्ञानिक अनुसन्धान विषय छनौट, समस्याको चिनारी, समस्याको पुनरावलोकन, परिकल्पना निर्माण, अनुसन्धानको ढाँचा निर्माण, तथ्याङ्क सङ्कलन र विवेचना सामान्यीकरणहरूद्वारा गरिन्छ । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । अध्ययनका क्षेत्रमा माक्र्सवादी पद्धति अर्थात द्वन्द्वात्मक भौतिकवादी पद्धति नै वैज्ञानिक अध्ययन पद्धति हो ।
माक्र्सवादले द्वन्द्वात्मक अध्ययन पद्धतिलाई अपनाएको छ । यो नै वैज्ञानिक अध्ययन पद्धति हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । यो दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । अर्थात् यस दर्शनले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पद्धति द्वन्द्ववाद हो ।
द्वन्द्ववाद भनेको विश्व ब्रम्हाण्डमका सारा चीजहरू दुई परस्पर विरोधी तत्व वा कुरा मिलेर बनेका हुन्छन् । तातो र चिसो, हलुङ्गो र गह्रुङ्गो, उल्टो र सुल्टो, झुटो र साँचो, तान्नु र घचेट्नु, धन र ऋण, धनी र गरिब जस्ता उल्टा–उल्टा स्वभाव भएका कुरालाई परस्पर विरोधी कुरा भनिन्छ । तातो नभई चिसो र ऋण नभई धन हुन सक्दैन । त्यसैले संसारमा जहाँ पनि विरोधी कुराहरू सँगसँगै गाँसिएका हुन्छन् । यस रूपमा विश्व स्वसञ्चालित छ भनी सावित गर्ने वैज्ञानिक सिद्धान्तलाई द्वन्द्वबाट भनिन्छ । संसारका सबै कुराभित्र आपसी द्वन्द्व (संघर्ष वा टक्कर) चलिरहेको हुन्छ । यस्तो द्वन्द्वले नै हरेक कुराको जीवन (अस्तित्व) बनेको र हरेक कुरा गतिशिल, विकासशील र परिवर्तनशील छन् । स्थिर वा सधैं एकनास रहने कुरा संसारमा केही छैन । सारा संसारको स्वभाव (प्रकृति) नै द्वन्द्वात्मक छ । संसारको सृष्टि स्थिति तय गर्ने शक्ति ईश्वर नभएर वस्तुभित्रकै स्वभाव हुनाले संसार स्वचालित छ । अतः संसार (विश्व ब्रम्हाण्ड) द्वन्द्वात्मक छ । यही द्वन्द्वात्मकताको सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ । माक्र्सवाद के हो ? लेनिनवाद के हो ? माओवाद के हो ? भन्ने बारेमा माथि नै सप्रमाण पुष्टि गर्ने प्रयत्न गरिएको छ । साथै अध्ययनका क्षेत्रमा आदर्शवादी (काल्पनिक) अध्ययन पद्धति र वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिका बारेमा पनि माथि सक्दो चर्चा गरिएको छ । द्वन्द्वात्मक के हो ? द्वन्द्वात्मक के हो ? आदिबारे पनि माथि नै उल्लेख गरिएको छ ।
यहाँ उल्लेख गर्न खोजिएको के हो भने हामी माक्र्सवादी–लेनिनवादी– माओवादी क्रान्तिकारी कम्युनिष्टहरूको अध्ययनको वैज्ञानिक (द्वन्द्वात्मक) पद्धित भएकाले हामीले यही वैज्ञानिक (द्वन्द्वात्मक) पद्धति र विधि तथा तरिकाहरू अपनाउनु पर्ने हुन्छ, यो भन्दा बाहिरबाट अध्ययन गर्ने पद्धति अपनायौं भनेृ त्यो पद्धति मनोगतवादी अर्थात अधिभूतवादी पद्धति हुन जान्छ । यस विषयमा हामी होसियार हुन आवश्यक छ भन्ने नै हो । दर्शन भनेको अर्थात् माक्र्सवादी दर्शन भनेको संसारलाई जस्ताको तस्तै गरेर बुझ्ने, त्यसको अध्ययन वैज्ञानिक पद्धतिका आधारमा गर्ने र त्यसलाई बदल्ने रहेको छ । त्यसो भएर संसारलाई बुझ्ने र बदल्ने बारेमा कार्लमाक्र्स अगाडि भन्नु हुन्छ ः “संसारको व्याख्या त सबैले गरेका छन्, गाठी कुरो त त्यसलाई बदल्नु पो हो त ।” –
मालेवादका अध्ययनका अन्य तरिकाहरू
मालेमावादको अध्ययन गर्ने अन्य धेरै हुन सक्छन् । तीमध्ये यहाँ मूलतः दुईवटा तरिकाहरूको बारेमा उल्लेख गरिएको छ । जस्तै ः
(१) स्वअध्ययनको तरिका (२) पार्टी स्कूलिङ्गको तरिका
(२२ अग्रष्टमा इमेलबाट प्राप्त भएको हस्तबहादुर केसीको लेखको बाँकी अंश अर्काे शनिबार प्रकाशित हुने जानकारी गराइन्छ ।)
Previous Articleबाढीपहिरो पीडितलाई राहत वितरण
Next Article दरखाने कार्यक्रममा महिला अधिकारका कुरा