Author: Amrit Baskune

बुटवल, १७ भदौ – ४५ जना यात्रु बोकेको बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोखिएको छ । भैरहवा विमानस्थलमा अवतरणको क्रममा एक्कासी धावनमार्गमा जंगली स्याल बिमानसँग ठक्कर खान पुगेको भैरहवास्थित बुद्ध एयरका म्यानेजर दर्शन घिमिरेले जानकारी दिए ।उनका अनुसार स्याल बिमानमा एकाएक ठक्कर खान पुगेपनि कुशल चालकका कारण दुर्घटना हुनबाट जोगिएको छ । धावनमार्गमा बिमानसँग ठोक्किएको स्याल मरेको छ । यु ४ ८७५ कल साइनको उक्त विमान क्याप्टेन भगवान थापाले उडाएका थिए । बुद्ध एयरले विमान र यात्रु दुवै सुरक्षित रहेको जनाएको छ । म्यानेजर घिमिरेका अनुसार शुक्रबार साँझ ५ बजेर १० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडेको विमान अवतरणका क्रममा धावनमार्गका गुँड्दै गर्दा एक्कासी…

Read More

काठमाडौं, १७ भदौ – आगामी निर्वाचनमा कुनै दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारका लागि तोकिएको भन्दा बढी पैसा खर्च गरे उसको सांसद पद नै खारेज गरेर त्यो निर्वाचन क्षेत्रमा नयाँ चुनाव गर्ने प्रस्ताव ल्याएको छ । त्यस्ता उम्मेदवारको दल दर्तासमेत खारेज गर्ने प्रस्ताव गरिएको छ । नयाँ प्रस्तावअनुसार त्यसरी रद्द भएको निर्वाचनमा कारवाहीमा परेको दल र उम्मेदवारले फेरि प्रतिस्पर्धा गर्न पाउने छैन । आयोगले निर्वाचन रद्दसँगै ६ बर्षसम्म निर्वाचनमा भाग लिन नपाउने गरी कारबाही गर्न सक्ने प्रावधानसहितको प्रस्ताव तयार पारेको छ । अघिल्ला निर्वाचनहरुमा राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै आयोगले प्रस्तावित कानुन, ‘निर्वाचन आयोग ऐन ०७३’मा कडा प्रावधान प्रस्ताव गरेको हो ।…

Read More

बागलुङ, १७ भदौ – जिल्लाको हटियास्थित एक बिद्यालयले ब्यवसायिक तरकारी खेती सुरु गरेको छ । हटियाको डाडाँखेतस्थित गोल्डेन फ्युचर आवसिय माध्यामिक विद्यालयका बिद्यार्थी र शिक्षक तरकारी खेतीतर्फ लागेका हुन् । बिद्यार्थीलाई पढाई, खेलकुदका अलावा तरकारी खेतीको बारेमा समेत जानकारी गराउने उदेश्यले ५ रोपनी जग्गामा बिद्यालयले ब्यवसायिक तरकारी खेती गरेको बिद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए । बिद्यालयले बार्षिक २४ हजार दिने गरि स्थानियको जग्गा भाडामा लिएको छ । बारीमा यतिबेला बिद्यालयका बिद्यार्थी, शिक्षकले टमाटर, बोडी, भिण्डी, करेला, काक्रा, घिरौला, लौका, साग लगायतका तरकारी बाली लगाएका छन् । उत्पादित तरकारी बिक्रीबाटै यसबर्ष बिद्यालयले १५ हजार आम्दानी गर्न सफल भएको छभने करिब २० हजार बराबरको तरकारी बिद्यालयकै होस्टेलमा…

Read More

सन्तोष गौतम/रासस म्याग्दी, १७ भदौ – यसैवर्ष साउन २१ गते बेनपा–१ रत्नेचौर धिमालथरस्थित आफ्नै घरबाट बेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना तीन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो चोट रहेको अवस्थामा फेला परेको रोकाको शव नजिकै खुकुरी पनि थियो । घटनाको प्रकृतिबाट हत्या अनुमान गरेको प्रहरीले थप अनुसन्धानबाट फरक तथ्य फेला पा¥यो । ‘घरपरिवार, आफन्तको भनाइ र अन्य तथ्यहरुको अनुसन्धान गर्दा रानाले आत्महत्या गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले भने– ‘उनले आत्महत्या गर्नुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो ।’ साउन २१ गते राति १२ बजेसम्म आफन्तकोमा मदिरा सेवन गरी घरमा…

Read More

बागलुङ, १७ भदौ – रुद्रेपिपल मावि बागलुङको आयोजनामा बिहीबार तीज गीत तथा नृत्य प्रतियोगिताको सम्पन्न भएको छ । धविमावि स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगितामा कालिका कन्या मन्दिर मावि प्रथम, सिद्धार्थ शिक्षा सदन द्धितिय, विश्वकर्मा उमावि तृतिय, रुद्रेपिपल मावि र न्यु एभेरेष्ट अक्याडमी सान्तवना भएका छन् । उनीहरुलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र ५/५ सयले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न १५ वटा विद्यालयले सहभागीता जनाएका थिए । कार्यक्रममा बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले तिज पर्वलाई भड्किलो नभै संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए । कार्यक्रममा मनिष रायमाझी, कविराज सुनार, सिता राजभण्डारी, अर्जुन चोखाल, हेम केसी, धनबहादुर परियार, रिमा…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र १७ शुक्रबार, प्रतिपदा २ सेप्टेम्बर २०१६ तपाईको आज मेष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । वृष– पेट वा कम्मरमा पीडा कष्ट । मिथुन– आर्थिक कारोबारमा नोक्सानी । कर्कट– आर्थिक लाभसँगै कार्यसिद्धिको योग । सिंह– पारिवारिक साथ सहयोगले काम बन्ने । कन्या– नसोचेको ठाउँमा धननाश हुने । तुला– शुभ समाचारको आगमनले मन प्रफुलित हुने । वृश्चिक– आँटेका कार्य अधुरै रहने । धनु– विवादबाट टाढै रहनु उचित । मकर– प्रायः हरकार्यमा नोक्सानी । कुम्भ– पारिवारिक साथले काम बन्ने । मीन– यत्रतत्र यश, कीर्ति फैलने ।

Read More

खिमानन्द कँडेल यतिवेला देश तथा विदेशमा रहेका आम नेपाली इन्जिनियरहरुको ध्यान यही भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन र नेपाल इन्जिनियरिङ परिषदको निर्वाचन तर्फ मोडिएको छ । यस निर्वाचनमा नेकपा एमाले आवद्ध (प्रगतशील तथा पेशागत इन्जिनियर समूह) र नेपाली कांग्रेस आवद्ध (प्रजातान्त्रिक समूह) बीच कडा प्रतिष्पर्धा देखिएको छ । यसका साथसाथै एनेकपा माआवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समूहहरु समेत चुनावी मैदानमा होमिएका छन् । ई. आर्किटेक्ट डा. सुमित्रा अमात्यको नेतृत्वमा रहेको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहले यसै अभियान अन्र्तगत चितवन, वुटवल, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, धनगढी, हेटौंडा, विरगंज, जनकपुर, विराटनगर र पोखरा लगायतका…

Read More

काठमाडौं, १७ भदौ – व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को बिहिबारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्यानाकर्षण गराएका थिए । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु संघ संस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको छ भने । लेखापरीक्षण पहिलो संशोधन…

Read More

म्याग्दी, १७ भदाै- विहिवार राती परेको बर्षाको कारण आएको बाढीले म्याग्दीको बेग गाविस –६ मा ११ वटा घर बगाएको छ ।  बेनी–जोमसोम सडक खण्ड नजीकै रहेको बेगखोला बस्तीमा खहरे खोलामा आएको बाढीले ११ वटा घर बगाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाईएको बेलि ब्रिज र झोलुङ्गे पुल समेत बगाएको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिए । राती एक्कासी आएको बाढीले बस्ती नै बगाएपनि स्थानीयले भागदौड गरि ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीय प्रसाद सिन्जाली सम्पर्क विहिन बनेका छन् । बस्तीमा बाढी पसेर पुरै बगरमा परिणत भएको छ ।…

Read More