बागलुङ, १७ भदौ – रुद्रेपिपल मावि बागलुङको आयोजनामा बिहीबार तीज गीत तथा नृत्य प्रतियोगिताको सम्पन्न भएको छ । धविमावि स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगितामा कालिका कन्या मन्दिर मावि प्रथम, सिद्धार्थ शिक्षा सदन द्धितिय, विश्वकर्मा उमावि तृतिय, रुद्रेपिपल मावि र न्यु एभेरेष्ट अक्याडमी सान्तवना भएका छन् ।
उनीहरुलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र ५/५ सयले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न १५ वटा विद्यालयले सहभागीता जनाएका थिए । कार्यक्रममा बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले तिज पर्वलाई भड्किलो नभै संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा मनिष रायमाझी, कविराज सुनार, सिता राजभण्डारी, अर्जुन चोखाल, हेम केसी, धनबहादुर परियार, रिमा गुरुङ र कर्ण बोहोराले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रम विव्यस अध्यक्ष धु्रवप्रसाद शर्माको अध्यक्षता, प्रअ ममतादेवि शर्माको स्वागत र शिक्षकद्धय सोमनाथ शर्मा र पोषकान्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै बिहीबार नै डिग्नीटि उच्च मावि र फियुचर उमाविले पनि तीज विशेष कार्यक्रम गरेका छन् ।