खिमानन्द कँडेल
यतिवेला देश तथा विदेशमा रहेका आम नेपाली इन्जिनियरहरुको ध्यान यही भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन र नेपाल इन्जिनियरिङ परिषदको निर्वाचन तर्फ मोडिएको छ । यस निर्वाचनमा नेकपा एमाले आवद्ध (प्रगतशील तथा पेशागत इन्जिनियर समूह) र नेपाली कांग्रेस आवद्ध (प्रजातान्त्रिक समूह) बीच कडा प्रतिष्पर्धा देखिएको छ । यसका साथसाथै एनेकपा माआवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समूहहरु समेत चुनावी मैदानमा होमिएका छन् ।
ई. आर्किटेक्ट डा. सुमित्रा अमात्यको नेतृत्वमा रहेको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहले यसै अभियान अन्र्तगत चितवन, वुटवल, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, धनगढी, हेटौंडा, विरगंज, जनकपुर, विराटनगर र पोखरा लगायतका क्षेत्रहरुमा व्यापक इन्जिनियरहरुको उपस्थितिमा भव्य कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । देशव्यापी प्रचार प्रसारको दौडानको क्रममा जसरी आम इन्जिनियरहरुले परिवर्तनको पक्षमा आवाज सशक्त ढंगले उठाएका छन् यसबाट नेपाल इन्जिनियर्स एशोसियसनमा अग्रगामी परिवर्तन हुने कुरा अब निश्चित भएको सहजै अनुमान गर्न सकिन्छ । इन्जिनियरहरुले निम्न कुराहरुलाई सशक्त ढंगबाट उठाएका छन् ।
(१) नेपाल इन्जिनियर्स एशोसियसनलाई काठमांडौको खाल्डोमा मात्र सीमित गरिएको ।
(२) हक, हीत र अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा ने.ई.ए. लाई व्यक्तिगत वा गुटगत लाभको लागि राजनीतिक चलखेलको आधारमा मोजमस्ती र मनोरन्जन गर्ने क्लबको रुपमा रुपान्तरण गरेको ।
(३) आम इन्जिनियरहरुका आवाजहरुलाई सम्मान गर्दै व्यापक रुपमा इन्जिनियरहरुले उठाउँदै आएको क्षमता र दक्षता अभिवृद्धि गर्ने खालका नवीनतम तालिम एवं रचनात्मक कार्यक्रमहरु गर्न नसकेको ।
(४) इन्जिनियरिङ क्षेत्रहरु अन्र्तगत सरकारी क्षेत्र, निजी क्षेत्र, शैक्षिक क्षेत्र र आम यूवा इन्जिनियरहरुमाथि विभिन्न बहानामा लादिएका विभेदहरुको विरुद्धमा अभियान छेड्नुपर्नेमा सँधै कर्मकाण्डी प्रवचनहरु चलाएर नेईएको संस्थागत हैसियत र राज्यको माथिल्लो तहमा नेईएको उचाईलाई कमजोर बनाएको ।
(५) नेपाल इन्जिनियरिङ परिषदलाई समेत राजनीति गर्ने थलोको रुपमा उपयोग गरेको । आदि आदि
प्रगतिशील तथा पेशागत इन्जिनियर समूहले आम इन्जिनियरहरुको मात्रै हैन आम नेपाली जनताको अनुहारमा व्यापक रुपमा भौतिक पूर्वाधारहरुको विकासको लागि काम गरेर निम्नानुसारको दीर्घकालीन लक्ष्यका साथ जनतासँग स्पष्ट रुपमा जोडिने मार्गचित्रका साथ आम इन्जिनियर पंक्ति समक्ष प्रस्तुत भएको छ ।
(१) नेपाल इन्जिनियर्स एशोसियसनलाई देश तथा विदेशमा रहेका आम इन्जिनियरहरुको पूर्ण समावेशी, निष्पक्ष, पारदर्शी र सशक्त संरक्षक संस्थाको रुपका विकास गर्ने ।
(२) देशका ऐन, नीति र कानूनहरुमा इन्जिनियर (देशको लागि सँधै काम गर्ने बर्ग) हरुलाई शोषण गर्ने गरी बनाईएका कानूनहरुलाई हस्तक्षेपकारी भूमिका निर्वाह गरेरै भएपनि व्यापक रुपमा आम इन्जिनियरहरुको सहभागितामा नीतिगत परिवर्तनको अभियान शुरु गर्ने ।
(३) आम इन्जिनियरहरुको मनोबल उच्च बनाउँदै, क्षमता, योग्यता र दक्षताको अभिबृद्धि गर्दै विकास निर्माणका हरेक अभियानहरुको नेतृत्व र अभियन्ताको रुपमा आम इन्जिनियरहरुको भूमिका सशक्त पार्ने ।
(४) एकतावद्ध र सशक्त भूमिकाका साथ आम इन्जिनियरहरुकै नेतृत्वमा देशभित्र नै दूरगामी महत्वका भौतिक पूर्वाधारहरु विकासको नेतृत्व गर्ने र अन्र्तराष्ट्रिय स्तरमा समेत विकास निर्माणको क्षेत्रमा काम गर्ने क्षमता विकास गर्ने ।
(५) विकास निर्माणकै जगमा आर्थिक समृद्धि हाँसिल गर्दै आम नेपाली जनताहरुको अनुहारमा सदावहार खुशीयाली छाउने स्थितिको नेतृत्व गर्ने ।
अब हामी इन्जिनियरहरुले नेईएमा मात्रै नभएर नेपाली समाजको आर्थिक समृद्धिको महान अभियानको नेतृत्व गर्दै आम जनताको अनुहारमा सदावहार चमक ल्याउन सक्ने अभियानमा जुट्नुपर्छ । आउनुस हातेमालो गरौं, हामी सबैले जित्ने चुनावमा सामेल बनौं, परिवर्तन संभव छ, हामीले हिम्मत मात्रै गरौं, हामीले प्रतिवद्धता मात्रै गरौं र परिवर्तनको लागि तयार बनौं र आफ्नो एवं आफ्ना सन्ततिहरुको भविष्य देशभित्र नै सुनिश्चित गरौं । परिवर्तन संभव छ, एकतावद्ध इन्जिनियर, शीप÷क्षमता÷र दक्ष इन्जिनियर, जनताको सेवामा सदैव लागिरहने इन्जिनियरहरु जब एकतावद्ध भएर अघि बढ्नेछन्, देशको आर्थिक सामाजिक रुपान्तरणको नयाँ अध्याय यहीबाट शुरु हुनेछ ।
त्यसैले यही मिति २०७३ साल भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन् एवं नेपाल इन्जिनियरिङ परिषदको निर्वाचनमा डा. सुमित्रा अमात्यको नेतृत्व, तत्कालीन लोकप्रिय सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीका सुपुत्र प्रा. डा. प्रकाश चन्द्र अधिकारी जस्ता ईमान्दार न्यायमूर्ति र आफ्नो क्षेत्रमा क्षमता र दक्षताको आधारमा परिवर्तनका आवाजहरुको नेतृत्व गर्दै आम इन्जिनियरहरुको माझमा स्थापित भईसकेका इन्जिनियरहरु रहेको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहलाई मतदान गरी परिवर्तनलाई संस्थागत गर्न आम इन्जिनियरहरुको पूर्ण सहयोग रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।(कँडेल ई.आर्किटेक्ट डा. सुमित्रा अमात्यले नेतृत्व गर्नुभएको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहको तर्फबाट उपमहासचिव पदका उम्मेदवार हुन् )