देवेन्द्र भट्टराई काठमाडौँ, २४ भदौ – गरिबीको रेखामुनि रहेका जनता पहिचान गरी सरकारी सेवा/सहुलियत उपलब्ध गराउने भनेर थालिएको महत्वाकांक्षी सरकारी कार्यक्रमको पहिलो चरणमा २५ जिल्लाका साढे ३ लाख घरधुरीले ‘गरिबी पहिचानपत्र’ पाउन सक्ने भएका छन् । यो घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्नेछन् । मानव विकास सूचकांक, प्रतिव्यक्ति आयसहितका आधारमा तथ्यांक विभागले निकालेको गरिब जिल्लाको सूचीलाई पछ्याउँदै गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको पछिल्लो सर्वेक्षणमा बाजुरामा ६४ प्रतिशत जिल्लाबासी गरिवीको रेखामुनि देखिएका छन् । बाजुरापछिको गरिबी सूचकांकमा कालिकोट (५७ दशमलव ९), बझाङ (५६ दशमलव ८), हुम्ला (५६), जुम्ला (४९), अछाम (४७ दशमलव २), मुगु (४७ दशमलव १) र डोल्पा…
Author: Amrit Baskune
मुम्बई, २४ भदौ – भारतको मुम्बईस्थित एक अदालतले युवतीमाथि तेजाब प्रहार गरेको घटनाका दोषीलाई मृत्यृ दण्डको सजाय सुनाएको छ । तीन वर्षअघि व्यस्त रेलवे स्टेसनमा तेजाब प्रहार गरेको घटनामा दोषी ठहर भएका २५ वर्षीय अंकरलाल पवारलाई मृत्युदण्डको सजाय तोकिएको हो । भारतीय नौसेनामा नर्सको रूपमा सेवा प्रवेश गर्न मुम्बई आएकी २३ वर्षीय प्रीति राठीविरुद्ध उनले २ मे, सन् २०१३ मा रेलवे स्टेसनमा तेजाब प्रहार गरेका थिए । राठीको उपचारका क्रममा सन् २०१३ मृत्यु भएको थियो ।
काठमाडौँ, २४ भदौ – औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् । ३० भदौको बिहान ११ बजे नेपाल एयरलाइन्सबाट प्रधानमन्त्री नयाँदिल्ली जानेछन् भने २ असोज दिउँसो १ बजेको उडानबाट स्वदेश फर्किने तय भएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राष्ट्रपतिभवनमा बस्नेछन् । प्रधानमन्त्री प्रचण्ड ३० भदौमा दिल्ली जानासाथ तीन कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले दिल्लीमा रहेका माओवादी केन्द्रका अगुवा कार्यकर्तासँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै भारतका बुद्धिजीवी, सांसदलगायतसँग प्रधानमन्त्रीको भेट हुनेछ । साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डका सबै उच्चस्तरीय भेटवार्ता…
काठमाडौं, २३ भदौ – व्यवस्थापिका–संसद् विकास समितिले प्रस्तावित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउनेबित्तिकै जहाज अन्यत्र पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै निर्माणका क्रममा रहेका विमानस्थको निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिइएको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । समितिले मुलुकको विकासलाई आधारभूत रुपमा योगदान दिनसक्ने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रका महत्वपूर्ण आयोजनाको निर्माण सरकार स्वयम्ले आफ्नै साधन र स्रोतबाट अगाडि बढाउनु उपयुक्त हुने समितिले ठहर समेत गरेको छ । समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग…
बागलुङ, २३ भदौ – बागलुङको वलेवामा पहिलो पटक नारायणस्थान सहलगानी लिफ्ट खानेपानी तथा सरसफाई आयोजना सुरु भएको छ । सो आयोजनाको शिलान्यास ब्यवस्थापिका संसदका सदस्य प्रकाश पौडेलले विहिवार एक कार्यक्रमका विच गरे । शिलान्यास गर्दै सांसद पौडेलले जिल्लामा नै पहिलो पटक लिफ्ट सिस्टमबाट निर्माण हुन लागेको खानेपानी योजनालाई सफल पार्नका लागि स्थानियको निकै महत्वपूर्ण दायित्व हुने र हरेक बिकास निर्माणका कार्यलाई सफल बनाउन समाज र समुदायको उत्तिकै भुमिका हुने बताए । सिलन्यास कार्यक्रममा बोल्दै सांसद पौडेलले राज्यको पुर्नसंरचना गर्दा जनताको चाहना अनुसार जानुपर्ने बताए । अहिले जिल्लामा पुर्नसंरचनाको खाका पठाउँदा मनपरी तरिकाले निर्णय गरेर जनताको चाहना विपरितको काम भएको बताए…
काठमाडौं, २३ भदौ – सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचनका विषयमा सरकारले गरी रहेको तयारीलगायत अन्य विषयमा जानकारी गराउन आदेश गरेको छ। संविधानले तोकेकै समयमा हुनु पर्ने माग गर्दै दर्ता भएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बिहीबार यस्तो आदेश गरेको हो। सर्वोच्चले लिखित रुपमा निर्वाचनका विषयमा सरकारले गरेका कार्य पेश गर्नसमेत भनेको छ। सर्वोच्चले संविधानमा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु पर्ने भएकाले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लिलाधर उपाध्यायले दर्ता गराएको निवेदनमा पहिलो सुनुवाई गर्दै कारण देखाउ आदेशसँगै छलफल गर्न सरकारलाई पनि बोलाएको छ। निर्वाचन गराउनु पर्ने संविधानको बाध्यात्मक व्यवस्था कार्यान्वयन हुनुपर्ने जिकिर गर्दै…
काठमाडौं, २३ भदौ-हरेक वर्ष नयाँ मोडलको आइफोन सार्वजनिक गर्ने गरेको अमेरिकी कम्पनी एप्पलले नयाँ भर्सन ‘आइफोन सेभेन’ र ‘सेभेन प्लस’ सार्वजनिक गरेको छ । नयाँ आइफोनलाई केही फरक तर, धेरै हदसम्म पहिलेकै फोनको निरन्तरता भनेर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले रिभ्यू गरेका छन् । १. लुक्स आइफोनको अघिल्ला संस्करणमा भन्दा सेभेनमा भएको एउटा फरक लुक्स हो । सेभेनमा पछाडिको कभर पहिलेको भन्दा चिल्लो छ । सिक्सको कभरमा राखिएको एन्टेनाका धर्साहरुलाई अहिले एजमा राखिएको छ र झट्ट हेर्दा देखिँदैन । सेभेनको पछाडिको कभर ‘म्याट र ग्लोसी’ फिनिस दुई विकल्प छ । डिजाइन पहिलो भन्दा स्लिक र युनिफर्म देखिएको छ । नयाँ आइफोन धुलो र पानी…
काठमाडौं, २३ भदौ – सरकारले भूकम्पपीडितलाई विभिन्न शीर्षकमा आठ लाख रुपैयाँसम्म सहयोग र सुविधा उपलब्ध गराउने भएको छ ।प्रधानमन्त्रीमा निर्वाचित भएपछि बिहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपीडितलाई विभिन्न शीर्षकमा आठ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। प्रचण्डले भूकम्प प्रतिरोधी आवास निर्माण गर्न २ लाखले नपुग्ने देखिएकोले पहिले घोषणा गरिएको रकममा एक लाख रुपैयाँ थप गरी तीन लाख पाउने व्यवस्था गरिने बताए। प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई तीन लाख रुपैयाँ सामूहिक जमानीमा निब्र्याजी ऋण उपलव्ध गराइने घोषणा गरे। भूकम्पबाट आवाससँगै पेशा र रोजगारी पनि गुमाएका परिवारहरूको जीविकोपार्जनका लागि स्वरोजगारमूलक व्यवसाय संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण ब्याजदरमा २…
काठमाडौ, २३ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएका छन् । भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैनन् । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषयमा आउने छैनन् भन्ने लाग्छ । हाम्रा तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।’ दाहालले आफूले लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए । भारत भ्रमणमा जाने भन्नेबित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्नो भ्रमणलाई…
काठमाडौं, २२ भदौ – चौथो महाधिवेशनको तयारीमा लागिरहेको नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नेतृत्वमा विवाद सिर्जना भएको छ । नेतृत्वमा विवाद बढेसँगै असोज पहिलो साता गर्ने भनिएको महाधिवेशन हुने नहुनेमा अन्यौल बढेको छ । संगठनमा स्पष्ट देखिएका तीन समूह आ–आफ्नै अडानमा लागेका छन् । तरुण दलका नेताहरूका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा समूह जसरी पनि असोज पहिलो हप्ता महाधिवेशन गर्ने तयारीमा जुटेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला समूहले असोज पहिलो हप्ता महाधिवेशन हुनेमा शंका गरेका छन् । पहिलेपनि महाधिवेशन स्थगित गरेकोले नेतृत्वले फेरि पनि बेइमान गर्न सक्ने उनीहरूले बताएका छन् । सबै…