प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमण सकेर नेपाल फर्किदैछन भने लगतै फेरी संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँदैछन । यी दुवै भ्रमणबाट प्रधानमन्त्रीले समग्र देश र मुलुकको हितको प्रतिनिधित्व गर्ने अपेक्षा गरिए पनि भारतको भ्रमणबाट त्यस्तो नयाँ केही देखिएन । यी भ्रमणका उपलब्धि दुई पक्षबीच गहन छलफल, मोलतोल, नाफाघाटाको हिसाबपछि हुने हुनाले भ्रमणपूर्व सामान्यतया प्रधानमन्त्रीबाट बढी संयम अपेक्षा गरिन्छ । तर प्रधानमन्त्रीको यात्रापूर्व नै भ्रमण सफल हुने, नेपालको राष्ट्रिय स्वार्थविपरीत कुनै सहमति नहुने जस्ता अभिव्यक्ति दिएर गएका भारत गएका प्रधानमन्त्रीले आज फर्किदा पनि पक्कै सफल भयो भनेर भन्ने नै छन । वास्तवमा यतिवेला मुलुकमा समस्या राष्ट्रिय स्वार्थ र दलीय स्वार्थमा रहेको…
Author: Amrit Baskune
बागलुङ, २ असोज – जिल्लाको पश्चिम क्षेत्र बुर्तिबाङ बजारमा स्थापना भएको सामुदायिक रेडियो परिवर्तनले शनिबारबाट आधारभुत पत्रकारीता तथा बजार व्यबस्थापन समबन्धी ३ दिने तालिमको सुरुवात गरेको छ ।| रेडियोका अन्तरिक वार्षिक कार्यायोजना अनुसार ग्रामीण क्षेत्रबाट संप्रेशण गर्ने जनशक्ति निर्माण तथा रेडियो कार्यक्रम उत्पादनका लागि आवश्यक प्रस्तोता निर्माण र वजार व्यवस्थापनका लागि तालिमको आयोजना गरिएको हो । रेडियोले आयोजना गरेको तालिममा पश्चिम बागलुङका विभिन्न गाउँ विकास समितिबाट प्रतिनिधित्व भएको छ । तालिममा विषेशगरि गाउँ विकास समितिमा रहेका सामाजिक परिचालकहरुको उपस्थित उल्लेख्य छ । पत्रकारिता तथा बजार व्यवस्थापन सम्बन्धि दिईने तालिमबाट आगामी दिनमा पत्रकारिता क्षेत्रबाट आफनो व्यक्तिगत भविष्य निर्माणदेखि रेडियोले स्थाई प्रतिनिधिको जिम्ममेवारी दिने रेडियोका अध्यक्ष…
अवेल, २ असोज – दक्षिण सुडानमा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पुर्याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण इथियोपिया, केन्या, सुडान, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा पुगेका दक्षिण सुडाबाट शरणार्थीका रुपमा यी देश पुगेका सुडानी नागरिकले बताएका छन्। चरम गरिबीकाबीच पनि शरणार्थीहरुप्रति नरम भावना राख्दै शरणार्थीलाई अति आवश्यक पर्ने खाद्यान्न, बासलगायतका सुविधा प्रदान गर्ने तत्परता देखाउने अफ्रिकी मुलुकहरुलाई राष्ट्र सङ्घले प्रशंसा गर्दै कृतज्ञता ज्ञापन गरेको छ। दक्षिण सुडानबाट सबैभन्दा बढी शरणार्थी युगाण्डा पुगेका बताइएको छ। गत साता मात्र…
काठमाडौं, २ असोज – १३ औं महाधिवेशनपछि कांग्रेसको आन्तरिक शक्ति सन्तुलन उल्टिएको छ। सभापति शेरबहादुर देउवा पार्टीमा हावी बन्दै गएका छन् भने लामो समय पार्टीसत्तामा रहेको पुरानो संस्थापन पक्ष कमजोर बनेको छ। पछिल्लो उदाहरण हो, नेपाल महिला संघ। शनिबार सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट सभापति देउवा पक्षको प्यानल एकलौटी विजयी भयो। अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित ५६ सदस्यका लागि भएको निर्वाचनमा पौडेल पक्षबाट खुलातर्फका सदस्यमा कल्याणी रिजालबाहेक कोही आउन सकेनन्। यसअघि नेविसंघको महाधिवेशनमा पनि नेतृत्वसहित बहुमतमा देउवा पक्ष विजयी भयो। तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पुरानो संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्। पार्टीभित्र छुट्टै गुटको नेतृत्व गर्दै आएका देउवा १३…
नयाँदिल्ली, २ असोज- प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, ‘हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।’ चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा दाहालले यस्तो बताएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण स्थगित भएको सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नमा दाहालले भने, ‘चीनबाट उच्चस्तरीय भ्रमण तय हुन सकिरहेको छैन । पहिले पनि भ्रमण हुने निर्णय भएको थिएन । हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’ उनले छिमेकी मुलुकहरू भारत…
पर्वत, २ असोज- गएरातिदेखि परेको वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा बागलुङ – पोखरा सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । बिहान ३ः३० बजेदेखि अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी डोजर मगाइएको र ९ बजेसम्म सडक सञ्चालन गर्न सकिने छ । सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ…
काठमाडौं, १ असोज-प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आफ्नो पार्टीका नेतृत्वको सरकार हटाएर बनाइएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतमा गएर नेपालको संविधानको स्वागतमा वक्तव्य निकाल्न नसक्नुबाट पूर्ववर्ती सरकार ढाल्नुको औचित्य सावित नभएको बताएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले भने, ‘जे कारणले सरकार हटाइयो भनिएको थियो, यसबाट त्यसको औचित्य पुष्टि भएन ।’ कार्यक्रमा एमाले महासचिव ईश्वर पोखरेलले अख्तियारले यही बेलामा लडाकुका शिविरको अनियमितताका बारेमा सुरु गरेको छानबिनलाई आफ्नो पार्टीले नजिकबाट हेरिरहेको बताए । एक प्रश्नको उत्तरमा उनले भने, ‘सबै संवैधानिक निकायहरु संविधानसम्मत रुपमा चल्नुपर्छ । हामीले सबैका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ ।’ संविधान दिवसमा बसन्तपुरमा कार्यक्रम एमाले…
१ असोज २०७३, ढोरपाटन दैनिक 1-ashoj-2073-dhorpatan-daily
बागलुङ, १ असोज-निर्धारित मितिको मुखैमा आएर नेकपा एमाले बागलुङले आठौ अधिवेशन तीन महिना पर सारेको छ । यस अगाडि यही असोज ६,७ र ८ गते बागलुङ बजारमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । अव ८ औं जिल्ला अधिवेसन आगामी मंसिर २५ गते देखि २७ गतेसम्म बागलुङ बजारमा हुने भएको छ । एमाले जिल्ला कमिटिको १२ औं बैठकले अधिवेसन सम्पन्न गर्नका लागि ९ वटा बिषेश क्षेत्र तथा उपसमिति पनि गठन गरिसकेको सचिवालय सदस्य भूपाल चालिसेले जानकारी दिए । शनिवार सकिएको जिल्ला कमिटीको बैठकले बागलुङ बजार क्षेत्रको अधिवेसन सक्नका लागि धु्रव केसीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ । त्यस्तै अक्षेते…
म्याग्दी, १ असोज-बस्ती नै चक्ला चक्ला भई बग्न थालेपछि बेग गाविस–१ बास्बोट र लिस्ने बस्तीका २७ घर परिवार उच्च जोखिममा परेका छन् । बस्तीको दायाँ र बायाँ ठूला पहिरो झरेकोले दुवै बस्ती पहिरोमा फसेको हो । ‘हामीलाई बचाउनुस्, पहिरोले गाउँ नै बगेको छ । बायाँ बान्दुक र दायाँ बेग गाउँ पुग्ने बाटो पहिरोले बगाएकोले भाग्ने ठाउँ पनि पाएनौं’ उद्धारका लागि गुहार माग्दै टेलिफोन सम्पर्कमा आएका स्थानीय तुलप्रसाद फागामीले भने, ‘घर भत्केका त छैनन् तर सिङ्गो बस्ती फाट्दै केही मिटर तल झरेको छ । पुछारबाट पनि पहिरो निरन्तर माथि–माथि सर्दै गएको छ ।’ पहिरोको जोखिममा परेको बास्बोट र लिस्नेरीका सबै २७ घर…