पोखरा,११ असोज-‘मिस तमुस्यो’ को पाँचौं संस्करणको टाइटल स्याङ्जाकी निशाले जितेकी छन् । पोखरा सभागृहमा शनिबार भएको फाइनलमा १८ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताजसँगै ५० हजार रुपैयाँ पुरस्कार र एक साताको हङकङ भ्रमण प्याकेज प्राप्त गरेकी छन् । फस्र्ट रनरअप भएकी कास्कीकी स्यारोनले ३० हजार र सेकेन्ड रनरअप सुयशाले २० हजार रुपैयाँ पाए । प्रतियोगितामा पूर्व मिस नेपाल नीलिमा गुरुङ, फिल्म निर्देशक रामबाबु गुरुङ, पूर्वमिस तमुस्यो बुद्धिलक्ष्मी गुरुङ तथा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ निर्णायक थिए । प्रतियोगिताको आयोजना बर्सेनि तमु विद्यार्थी छोंज धिं कास्कीले गर्दै आएको छ । प्रीति ‘मिस मंगोल’ मिस मंगोल नेपाल २०१६ को ताज काठमाडौं निवासी प्रीति गुरुङले जितेकी…
Author: Amrit Baskune
इस्लामाबाद,११ असोज – यतिबेला भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेकाे छ। कस्मिरकाे विषयलाइ लिएर दुवै मुलुकबीचकाे विवादले उग्ररूप दिँदै गर्दा कस्मिर युद्ध भयाे भनेचीनले भारतविरुद्धको कस्मिर युद्धमा पाकिस्तानको साथ दिने संकेत गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने डान पत्रिकाका अनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको हो। चीनका महावाणिज्यदूत यू बोरेनले पंजाब प्रान्तका मुख्यमन्त्री शहबाज शरिफको कार्यालयमा उनको जन्मदिनको अवसरमा भएको बैठकमा कुनैपनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा आफ्नो देशले साथ दिने बताएका हुन्। बोरेनलाई उदृत गर्दै पत्रिकाले भनेको छ, ‘कस्मिरमा भएको अत्याचारको कुनै सीमाना छैन र यहाँ कुनै बहानाबाजी गरेर…
आश गुरुङ लमजुङ, ११ असोज – माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले सोमबार ५० मेगावाटको विद्युत उत्पादन सुरु गरेको छ । विद्युत प्रसारण लाइन अभावमा उत्पादित विद्युतमध्ये २५ मेगावाट मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २५ मेगावाटका दुइटा टर्बाइन रहेको उक्त आयोजनाबाट उत्पादित विद्युतमध्ये युनिट नं. १ बाट व्यावसायिक उत्पादन सुरु गरिएको हो । युनिट २ बाट उत्पादित विद्युत ३ महिनापछिमात्रै व्यवसायिक रुपमा जडान गरिने आयोजनाले जनाएको छ । उद्घाटन कार्यक्रममा भने दुवै टर्बाइनबाट विद्युत उत्पादन गरिएको थियो । उक्त आयोजनाबाट बार्षिक ३ दशमलव १७ गिगावाट विद्युत उत्पादन हुने छ । चिनिया बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा…
काठमाडौं, ११ असोज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ । बैठकमा तमलोपाका अधयष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगएका थिए । बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।
काठमाडौँ, ११ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन् । दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढदै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् । सो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि नि:शुल्क उपहारमा दिएको गाडी हो । त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए । प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन् । महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए…
यम विरही काठमाडौं, ११ असोज – गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका बिषयमा सुरक्षा निकायको छानविन प्रतिबेदनमा किटानी छ, ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बचन, निर्देशन दिने प्रतिबादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्ने अनुसन्धान तथा छानविन समितिको ठहरका साथ यो प्रतिबेदन पेश गरेका छौं ।’ प्रतिबेदनले दोषी किटान गरी कैलाली जिल्ला अदालतमा मुद्दा चलाइएका यीनै अभियुक्त रेशम चौधरीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला ताज प्यालेस होटलमा भेटेका थिए । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले उच्च सुरक्षा घेरा पार गर्दै…
काठमाडौं, ११ असोज – दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो ।परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य ! सोमबार बिहान साढे ९ बजे घिमिरेकै नम्बरबाट चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरको मोबाइलमा फोन आयो। फोन आएपछि पूर्वगृहमन्त्रीलाई जीवितै उद्धार गर्न सकिने आशा बढ्यो । तर, उठाउन खोज्दा फोन काटियो । घिमिरेले नै फोन गरेको हुनसक्ने आशा प्रहरीको थियो । लगत्तै प्रहरी टोली खोला क्षेत्रमा गएर सर्च सुरु ग-यो । दुर्घटना भएको स्थानमा सर्च गर्दा मोबाइल दुर्घटना भएको घोप्टेभीरको नदीनजिकै च्यापिएको अवस्थामा भेटियो । थिचिएर घिमिरेको मोबाइलबाट एसपी कुँवरको मोबाइलमा डायर भएको…
गोपाल खनाल राजा वीरेन्द्रले २०३१ फागुन १३ (२५ फेब्रुअरी १९७५) मा आनो शुभराज्याभिषेक समारोहमा सहभागी ३९ राष्ट्रका प्रतिनिधिसमक्ष ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव राखे । चीन र पाकिस्तानले तत्कालै नेपालको प्रस्ताव स्वीकृत गरे, भारतले गरेन । वीरेन्द्रको उक्त प्रस्तावलाई सर्वप्रथम सोभियत संघले समर्थन गरेको थियो तर भारतले विरोध गरेपछि फिर्ता लियो र उत्तर कोरिया शान्तिक्षेत्र प्रस्तावको समर्थन गर्ने पहिलो राष्ट्र बन्यो । भारतले शान्तिक्षेत्र प्रस्तावप्रति सुरूदेखि नै नकारात्मक दृष्टिकोण राख्यो । वीरेन्द्रको यो प्रस्ताव अकस्मात् आएको भने थिएन । त्यसअघि सेप्टेम्बर १९७३ मा अल्जियर्समा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन (नाम समिट) मा उनले नेपाल र छिमेकबीच शान्ति र सहयोगको…
काठमाडौं, १०असोज-दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस ए320 (लुम्बिनी) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह आकस्मिक अवतरण गराइएको छ। अवतरण गर्ने क्रममा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको हो ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार करिब १२ हजार फिट आउँदा ककपिटमा अचानक धुँवा देखिएको थियो। विमानस्थललाई खाली गराएर आपतकालीन अवतरण गराइएको थियो । त्यसक्रममा अग्नी नियन्त्रकसहित विशेष उद्धार टोललाई एयरपोर्टमा तयारी अवस्थामा राखिएको थियो। जहाजमा रहेका सबै यात्रु सकुशल छन् । विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई जाँचबुझका लागि ग्राउन्डेड गरिएको…
बागलुङ, १० असोज – इलाका वन कार्यालय बुर्तिवाङमा कार्यरत रेन्जर अनिलकुमार महतोले सदरमुकाम देखि कार्यक्षेत्र जाँदा ११ घण्टाको जोखिमपूर्ण यात्रा गर्नुप¥यो । कहिले झर्ने, कहिले यात्रीहरु मिलेर गाडी धकेल्ने गर्दा सबै जना हिलाम्मे समेत भए । बिहान ७ बजे हिडेका यात्री बेलुकी ६ बजे मात्र पुग्दा बुंगादोभान, बोहोरागाउँ र निसी हिडेका यात्रीले बुर्तिवाङमै रात बिताउन बाध्य भए । सदरमुकामको काम लिएर आएकाहरुले आउन र जान गरी ४ दिन बिताउन बाध्य भएका छन् । सदरमुकामको सामान्य काम भएपनि ५ हजार भन्दा कम पैसाले जाउ आउ नपुग्ने उनले बताए । कार्यालयको कामका लागि जाउ आउ गर्दा समेत सास्ती खेप्नुपर्ने उनले गुनासो गरे…