देवीदत्त पौडेल छात्रबृत्ती कोषले बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलस्त्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ ।
देवीदत्त पौडेलको स्मृतीमा स्थापित छात्रवृत्ति कोष द्वारा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको थियो । साथै सोही अवसरमा बेनी नगरपालिका स्तरीय परीक्षा र एसइइमा उच्च जिपिए प्राप्त गरि सोही विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । बेनी नगरपालिका ४ का कृतम घर्ती र रोशन खत्रीलाई जनही एक हजार पाँच सयका दरले छात्रबृत्ती रकम प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका सल्लाहकार तथा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जिवि शर्मा, देविदत्त पौडेल स्मृती छात्रबृत्ति कोषका अध्यक्ष यज्ञदत्त पौडेल, पौलस्त्य माविका प्रधानाध्यापक प्रेम बानियाँ लगायतले बोल्नु भएको थियो ।
यसैबीच छात्रवृत्ती बितरणकै कार्यक्रमकै दिन मुख्य न्यायाधिवक्ताको कार्यालयको मागमा आारित कानुनी सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, सहन्यायाधिवक्ता खेमराज पाठक र उप न्यायाधिवक्ता अमृत रेग्मीले सहजीकरण गर्नुभएको थियो ।
साथै विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन र पुरस्कार वितरण समेत सोही अवसरमा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्य न्यायाधिवक्त चिरञ्जिवी शर्मा, अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गबहादुर बानियाँले गर्नु भएको थियो भने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बानियाँले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अजयमिलन श्रेष्ठ, ठाकुर प्रसाद आचार्य, कोमल ढुङ्गाना, बसन्त आधारभूतका प्रअ खेमराज शर्मा, मुकुन्द प्रसाद पौडेल, कोषका अध्यक्ष यज्ञदत्त पौडेलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन देविप्रसाद शर्मा र रमेश पौडेलले गर्नुभएको थियो ।

