बेनीमा पुस ३० गते बुधबार उद्घाटन हुने ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेलाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालेलले गर्नुहुने भएको छ ।
पुस ३० गते बुधबार उद्घाटन भई माघ ३ गते सम्म सञ्चालन हुने मेलको तयारी पुरा भएको जानकार दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले उद्घाट ढकालले गर्ने जनाएका हुन् । बेनी बजारको खुल्ला मञ्चमा चार दिन सम्म सञ्चालन हुने मेलामा सहभागीहुने दर्शकहरुका लागि यस वर्ष प्रवेश निःशुल्क गरिएको आयोजकको भनाई छ । खाना महोत्सव तथा माघे संक्रान्ति मेलामा सर्वसाधारणको सहजताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला आयोजक संस्था महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।
परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन खाना महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ले बताउनुभयो । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी संगै स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको खरिद विक्रि समेत हुने उहाँले जानकारी दिनुभयो ।
माघे संक्रान्ति मेलामा खुल्ला लोकनृत्य प्रतियोगिता, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता हुनेछन् ।
उद्यमशिल सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशिल व्यवसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
