सामाजिक संस्था म्याग्दी जेसीजको बर्ष २०२६ का लागि निर्वाचित पदाधिकारीहरुको शनिबार एक समारोहका बीच पदस्थापन गरीएको छ । वर्ष २०२६ का लागि अध्यक्ष दिनेशकुमार विश्वकर्मा सहित पदाधिकारीहरुले जेसीज हलमा पदभार ग्रहण गरेका हुन् ।
युवापुस्ताको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहँदै सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको जेसीजको अधिबेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुले बेनीमा २७ औँ पदस्थापना तथा पुरस्कार वितरण एवम् पदभार ग्रहण गरेका हुन् ।
‘एक व्यक्ति एक बर्ष एक पद’को रुपमा नेतृत्व हस्तान्तरण गर्ने जेसीजको नवनिर्वाचित पदाधिकारीहरुलाई गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीको प्रमुख आतित्यथामा पदस्थापन गरिएको हो ।
वर्ष २०२५ का अध्यक्ष विनोद घर्तीले नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई जेसीज माला सहित अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो । शाखा अध्यक्ष क्षेत्रीले आफ्नो कार्यकालमा साथ, सहयोग र योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो भने विभिन्न अवार्डहरु समेत वितरण गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जेसिजको युवा आकर्षण बढाउने र स्थानीय तह केन्द्रीत कार्यक्रमलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको गरिमालाई उचाइमा पु¥याउने र युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सघाउने तालिमहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिकी वरिष्ठ कार्यकारिणी उपाध्यक्ष डेकमायाँ केसी, कानुनी सल्लाहकार सञ्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष देबेन्द्र घिमिरे, नविन पौडेल, महासचिव गोकुल सुनुवार, कोषाध्यक्ष प्रतिश श्रेष्ठ,सह–सचिव कपिल बानियाँ, सह–कोषाध्यक्ष अविशेन श्रेष्ठ, उपाध्यक्षहरुमा दिनेश केसी, सुस्मा खत्री, अरुण रेग्मी, मञ्जुर कटुवाल र प्रकरण निर्देशक सुनिता श्रेष्ठलाई समेत पदभार ग्रहण गराइएको थियो ।
सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, पर्यटन प्रद्र्धन सहित सदस्यको क्षमता विकास लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।
