बेनी नगरपालिका ४ सिंगा घर भै स्पेनमा रोजगारीका शिलशिलामा पुग्नु भएका एक परिवारले आफ्नो जन्मस्थानमा रहेको धवलागिरी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका ४, सिङ्गा निवासी समाजसेवी तथा धवलागिरी माध्यमिक विद्यालयका चन्दादाता दिनानाथ पौडेलका छोरा बुहारी किरण पौडेल तथा प्रतिभा सुवेदीले नातीनी कृपा पौडेलले १५ हजार सात सय ४० रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । स्पेनमा बसोबास गर्दे आउनु भएका किरणको परिवारले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि १५ हजार ७ सय ४० रुपियाँ बराबरको स्टेसनरी सामग्री शुक्रबार विद्यालयलाई प्रदान गर्नुभएको हो ।
पौडेलले यसभन्दा अगाडी पनि विभिन्न प्रकारको सहयोग गर्दै आउनु भएको थियो । किरण पौडेल परिवारले विद्यालयलाई एक लाख ५० हजार नगद तथा विद्यालयमा रहेको बहिरा श्रोत कक्षालाई ५१ हजार रुपियाँ समेत प्रदान गर्नुभएको थियो ।
शुक्रबार सहयोग हस्तान्तरणको अवसरमा विद्यालयका प्रधानाध्यापक भुवनप्रसाद रेग्मीले विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका किरणलाई फुलमालाले स्वागत गर्नुभएको थियो ।
किरणले स्पेनमा ब्यबसाय गर्दै आउनु भएको छ भने उहाँकी छोरी कृपाले स्नातक तह अध्ययनरत रहेको किरणको भनाई थियो
