बेनी नगरपालिका ४ सिंगामा रहेको धवलागिरी माध्यमिक विद्यालयको बाल क्लबले प्रकाशन गर्ने जुनकिरी भित्ते पत्रिकाको आठौं अंक विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष अमृत बास्कुने तथा बेनी नगरपालिका ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले सोमबार पत्रिकाको आठौं अंक विमोचन गर्नुभएको हो । बिद्यालयको विहानी प्रार्थनाको क्रममा पत्रिकाको वर्ष २ अंक ८ बिमोचन गरीएको विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक उमा कँडेलले जानकारी दिनुभयो । हरेक महिनाभरी संकलन गरिएका लेख रचना तथा साहित्य समेटेर अर्को महिनाको शुरुमा भित्ते पत्रिका प्रकाशन गर्ने गरिएको छ ।
धवलागिरी माध्यमिक विद्यालयले विगत केही वर्ष पहिला भित्ते पत्रिका प्रकाशन थालेर रोकिएको अवस्थाको जुनकिरीलाई गएको जेठ देखि नियमित प्रकाशन थालनी भएको विद्यालयका प्रधानाध्यापक भुवन प्रसाद रेग्मीले जानकारी दिनुभयो । विद्यालयमा रहेको धवलागिरी बाल क्लबले पत्रिका प्रकाशनको सम्पूर्ण आर्थिक व्ययभार समेत व्यहोर्दै हाल सम्म पत्रिका प्रकाशन गरेको र आगामी दिनमा यसलाई थप व्यवस्थीत तबरले लैजाने सोच गरीएको विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक कँडेलको भनाई छ ।
भित्ते पत्रिका प्रकाशनको क्रममा सर्वोत्कृष्ट चितका लागि कक्षा ८ कि लक्ष्मी पुन र बाल साहितय तर्फ कक्षा ९ कि वर्षा बानियाँलाई पुरस्कृत गरीएको थियो ।
