मालिका गाउँपालिका २ बिलबाङका आगालागि पिडीत भीमबहादुर पुनको परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरवाङले राहत बितरण गरेको छ ।
लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष करण कँडेलका अनुसार पिडीत परिवारलाई ३० हजार दुई सय २५ रुपैंयाँ बराबरको नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरिएको हो । राहत सामग्रीहरु मालिका गाउँपालिका २ का वडा अध्यक्ष उदय बुढाथोकी तथा लायन्स क्लबले हस्तान्तरण गरेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा जोन चियर पर्सन सन्तनाथ सुवेदी, पूर्व अध्यक्ष थमन गौतम लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएपछि आपतकालिन आवश्यकताका लागि मोना कतारले १० हजार वडा अध्यक्ष उदय बुढाथोकी मार्फत पीडितलाई हस्तान्तरण गरेको छ ।
यसअगाडी मोना कतारका संरक्षक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले समेत पीडितलाई लायन्स क्लवमार्फत ५ हजार सहयोग गर्नुभएको मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो । दुखदको समयमा सानोरकम सहयोग गरिएको बताउँदै अध्यक्ष भण्डारीले पीडितलाई सहयोग गर्न समेत सबैलाई अनुरोध गर्नुभएको छ ।
आगलागीबाट करिब १५ लाखको क्षती भएको वडा अध्यक्ष बुढाथोकी मगरको भनाई छ ।

