बेनीमा भएको भेलाले म्याग्दी जिल्ला क्रिकेट संघको अध्यक्षमा बेनीका सौरभ किसानलाई चयन गरेको छ । विकेट किपर ब्याट्सम्यानका रुपमा क्रिकेटमा सक्रिय रहँदै आउनु भएका किसानको नेतृत्व नयाँ समिति चयन भएको हो ।
आइतबार जिल्ला खेलकुद विकास समितिमा भएको भेलाले किसानको अध्यक्षतामा गठन गरेको समितिको उपाध्यक्षमा विनिता रेग्मी, सचिव सुरज भट्टराई, सहसचिवमा मञ्जुर कटुवाल क्षेत्री र कोषाध्यक्षमा सरोज पौडेल चयन गरेको छ । समितिको सदस्यमा राजेश खत्री, सुयोग रेग्मी, उत्तम रिजाल, रोशन सापकोटा, अजय छिनाल, सन्दिप खत्री, भिमनाथ शर्मा र कृष्ण सापकोटालाई चयन गरिएको छ ।
जिल्लामा क्रिकेटको क्रेज बढाउनुका साथै नियमित रुपमा अभ्यास र प्रतियोगिताको आयोजना गर्नु नै आफूहरुको मुल लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष किसानले धारणा राख्नु भयो । उहाँले आगामी दिनमा हाम्रो जिल्लाको पनि क्रिकेटको जग बलियो बनाउनका लागि सबै सँग सहकार्य गरेर अगाडी बढ्ने उहाँको भनाई थियो ।
जिल्ला क्रिकेट संघ म्याग्दीका सचिव छवि आचार्यको अध्यक्षता र जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नगेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
