जिल्लाका ग्रामिण भेकहरुमा हुने दुर्घटना न्यूनिकरणका लगि जिल्ला ट्रफिक प्रहरी कार्यालय म्याग्दीले ग्रामिण चेकीङ गर्ने गरेको छ ।
सोमबार रघुगंगा गाउँपालिका ३ पिप्लेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ग्रामिण चेकीङ गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक (असइ) विशाल परियारले यात्रु तथा चालकलाई सचेत गराउँदै दुर्घटना न्यूनिकरणका लागि ग्रामिण भेकमा समेत चेकजाँच गर्ने गरेको बताउनुभयो । जिल्लाबाट ४ जनाको टोली र मौवाफाँटबाट २ जना गरी छ जनाको टोलीले पिप्लेमा सवारी चेकजाँच गरेको उहाँको भनाई छ ।
ग्रामिण भेकमा समेत आएर सावरी चेक जाँच गर्दा ट्राफिक नियमको पालना हुने र यसले गर्दा दुर्घटनामा कमि अआउने अपेक्षा गर्न सकिने स्थानीय पदम भण्डारीको भनाई छ ।

