अमृत बास्कुने
आर्थिक वर्ष २०८०/०८१ मा हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले तुलनात्मक रुपमा कम आम्दानी गरेको भए पनि गत आर्थिक वर्ष भने उल्लेख्य आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ९१ लाख ७३ हजार २८ रुपियाँ २५ पैसा खुद आम्दानी गरेका हो । केन्द्रले प्रशोधित वस्तुबाट १९ लााख ८२ हजार तीन सय ६५, ताजा फलफूलबाट २७ लाख २१ हजार आठ सय १२ रुपियाँ ५० पैसा, ताजा तरकारीबाट ६ लाख ७२ हजार छ सय ४५ रुपियाँ ५० पैसा आम्दानी गरेको थियो । त्यस्तै आलुको बिउबाट ३ लाख ३५ हजार चार सय ६०, तरकारीको बिउबाट ६ लाख ५८ हजार ६ सय ३० रुपियाँ ३५ पैसा, तरकारीको बेर्नाबाट ४ लाख ५२ हजार ३ सय ६३, फलफूल बिरुवाबाट ९ लाख ५ हजार एक सय ५५, बिबिध आम्दानी ६ लाख ७० हजार एक सय ५८, अन्य प्रशासनिक सेवा सुल्कवाट ८२ हजार सात सय ८५ र प्रशासनिक दण्ड जरिमानावाट ६ लाख ९१ हजार ६ सय ५३ गरी कुल ९१ लाख ७३ हजार २८ रुपियाँ २५ पैसा आम्दानी भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा फलफूल तथा तरकारी जन्य सामाग्री विक्रीबाट ५१ लाख रुपियाँ भन्दा बढी आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९÷०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा झण्डै १६ लाख रुपियाँ आम्दानीमा गिरावट आएको थियो ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिविध आम्दानी तर्फ क्रेप एप्पल बीउ, चिलिको बियाँ, सुकेको घाँस लगायतको बिक्रि गरेको कुरा केन्द्रका प्रमुख आत्रेयले बताउनुभयो । केन्द्रले स्याउ, नास्पाती, अङ्गुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा, स्याउ जस्ता फलफूलहरूको बिरुवाहरू बिक्री वितरण गर्ने गरेको छ । त्यस्तै प्रशोधित बस्तुहरू अन्तरगत स्याउ ब्राण्डी, खुर्पानी ब्राण्डी, प्लम वाइन, खुर्पानी सुकुटी, खुर्पानी जाम, स्याउ जाम, स्याउ सुकुटी, साइडर लगायतका सामग्रीहरू बेच्ने गर्दछ । त्यस्तै शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले ताजा फलफूलहरुमा स्याउ फल, आरु बखडा, आरु, नास्पाती, खुर्पानी, दाँते ओखर, हेजल नट, चिलि र अंगुर आदी बिक्री गरेको थियो ।
केन्द्रले ताजा तरकारीहरु काउली, बन्दा, गोलभेडा, सिमी कोसा, काँक्रो, ब्रोकाउली, प्याज हरियो, फर्सि (जुकुनी), भण्टा, रायो साग, भेडे खुर्सानी, पिरो खुर्सानी, आलु र लसुन लगायतका तरकारी आइटम पनि बिक्रि गर्ने गरेको थियो ।
शीतोष्ण बागवानि विकास केन्द्रले गरेको आम्दानी हाल सम्मकै उच्च भएको केन्द्र प्रमुख आत्रेयको भनाई छ । मुस्ताङमा शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारीको बिउ तथा विरुवा उत्पादनमा केन्द्रीत रहेको उक्त केन्द्रले उपल्लो मुस्ताङको घमीमा पनि आफ्नो केन्द्र विस्तारको काम अन्तिम चरणमा पु¥याएको छ । उक्त स्थानमा केन्द्र विस्तार भए सँगै शीतोष्ण हावापानीमा हुन फलफूल तथा तरकारीको परीक्षण तथा उत्पादनका लागि निकै फलदायी हुने केन्द्रले जनाएको छ ।
