आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०२ गते बिहीबार तदनुसार इस्वी सम्बत १८ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष द्वादशी तिथि तिष्य नक्षत्र । कौलव करण शुभ योग परेको छ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५१ सूर्यस्त बेलुका १८:०३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशीअनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी अपनाउनुहोला । वादविवाद कललह झगडा उत्पन्न हुन सक्छ । बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
बृष:– समय र भाग्यले साथ दिने देखिन्छ । कुनै नविन कार्य आरम्भ गर्ने सोचमा हुनुहुन्छ भने सुरुवाद गर्नु सफल हुनेछ । आर्थिक रुपमा गुणोत्तर बिद्धि हुनेछ ।
मिथुन:– आत्मिक सुख प्राप्ति हुने योग बनेको देखिन्छ । धन सम्पत्तिको आगमनले मन प्रफुल्ल भइ हर्षोल्लास बढ्नेछ ।
कर्कट :– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ती प्राप्ती हुने योग बनेको देखिन्छ । आँटेताकेका कार्यहरु सफल हुने योग बनेको छ ।
सिंह:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी रहनुहोला । हानी नोक्सानी हुने देखिन्छ । गौरी शंकरको आराधनाले दिन शुभ रहने छ।
कन्या:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । कुनै पनि कर्मक्षेत्रबाट आफूलाइ सन्तोष मिल्ने देखिन्छ । आर्थीक रुपमा पनि निकै उन्नती प्रगति हुनेछ ।
तुला :– मनका इच्छा आकांक्षा पुरा हुने छन् भने आर्थिक रुपमा यथेष्ट धन सम्पति प्राप्ती हुने योग बनेको देखिन्छ ।
बृश्चिक:– सात्विक बिचारको उदय होला । साधुसन्त आफू भन्दा मान्यजनबाट ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्ला केही आर्थिक लाभ होला ।
धनु:– राशी अनुसार त्यती राम्रो छैन । सावधानी अपनाएर कार्य गर्नु होला । दुख कष्ट निवारणको लागि संकट मोचन हनुमानजीको आराधना गर्न होला दिन शुभ रहनेछ ।
मकर:– समयले र भाग्यले निकै साथ दिएको छ । अकस्माद धन सम्पति प्राप्ती हुने योग बनेको छ भने आफ्नो लगानी र इमान्दारीताले गर्दा आफ्नो कार्यक्षेत्रबाट मान सम्मान प्राप्ती हुनेछ ।
कुम्भ:– घरमा यथेष्ट धन भित्रिने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । मनमा आनान्दानुभुति प्राप्ति भइ हर्षोल्लास होला ।
मीन:– समयलाइ होस पुराएर कार्य गर्नुहोला । व्यर्थमा बादविवाद पर्न सक्छ । भगवान लक्ष्मीनारायणको आराधनाले दिन शुभ हुनेछ ।
