दिपा बुढाथोकी
मुलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृती सेवा केन्द्रको आयोजनामा कृति विमोचन, विवेचना तथा सम्मान कार्यक्रममा स्मृती गन्थ बिमोचन गरिएको छ ।
पौडेल वंशावलीको सोमनाथ आत्रेय पछिका ५० औं पुस्ता तथा उदय भट्ट पछिका ३८ औं पुस्ताका मानिने मुखिया जेमदग्नि पौडेलको जीवन दर्पण प्रकाशन गरी बिमोचन गरिएको हो ।
बेनी नगरपालिका ४ सिंगामा आयोजना गरीएको पुस्तक बिमोचन कार्यक्रमको अवसरमा विभिन्न श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । लोकदोहोरी गायक तथा साहित्यकार नरबहादुर बिसी र प्रा.डा. हेमराज सुवेदीलाई जनही २५ हजार एक सय २५ रुपैंया नगद तथा मदनपुरस्कार प्राप्त कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँलाई ३१ हजार एक सय ३१ रुपैंया नगद सहित सम्मान गरिएको थियो । सामाजिक व्यक्तित्व कमलकुमारी भट्टचन र दधिलाल पौडेललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सोही कार्यक्रममा धवलागिरी माध्यमिक विद्यालय सिंगालाई स्टेशनरी सामग्री प्रदान गर्नुका साथै जनकल्याण माध्यमिक विद्यालय पुलाचौरलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तीत्वहरु नरवहादुर बिसी, हेमराज सुवेदी, चन्द्रप्रकाश बानियाँ, लगायतले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी आफन्तको तर्फबाट नारायण प्रसाद भट्टराई, म्याग्दी पुलाचौर समाजका अध्यक्ष डम्मरबहादुर केसी, साहित्यक प्रष्ठिानको तर्फबाट केदारनाथ पौडेल, पौडेल बन्धुको प्रतिनिधित्वबाट ध्रुवलाल शर्मा, शैक्षिक संस्थाको तर्फबाट डण्डपाणी सापकोटाले बोल्नु भएको थियो । त्यस्तै स्थानीय समाजसेवी दिनानाथ पौडेल, बेनी नगरपालिका ४ का अध्यक्ष अणबहादुर खड्का, धनेश्वरी तारानाथ स्मृती कोषकी रेखा कौशल रेग्मी बोल्नु भएको थियो । साहित्यकार गणनाथ पौडेलले कविता बाचन गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भमा गोविन्द प्रसाद पौडेलले स्वती वाचन गर्नुभएको थियो । त्यस्तै कृतीको बारेमा साहित्यकार अजयमिलन श्रेष्ठले बिबेचना गर्नुभएको थियो ।
रामप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा देविप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो भने जेमदग्नि पौडेलका पुत्र यादब प्रसाद पौडेलले अध्यक्षता गर्नुभएको थियो ।
सोही अवसरमा मुलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृती सेवा केन्द्रको नाउँमा ११ लाख ११ हजार १११ रुपैंयाँको अक्षयकोषको समेत घोषणा गरिएको थियो ।
