अमेरिकामा हालै भएको एउटा बक्सीङ प्रतियोगितामा म्याग्देली युवा सोनिया बरुवालले ५४ केजी तौल समूहमा अमेरिकाको गोल्डेन ग्लोब्स २०२५ को दोश्रो हुन सफल खेलाडी सँग बराबरी खेल्नु भएको छ ।
अन्नपुर्ण गाउँपालिका ६ घारकी बरुवालले २०२५ जुन ८ मा भएको प्रतियोगितामा अमेरिकन खेलाडी ब्रुकलिन स्कोनलाई मजबुत चुनौती दिनुभएको हो । ब्रुकलिन सन २०२२ को अमेरिकन युथ बरियतामा तेश्रो नम्बरको खेलाडी हुनुहुन्छ । प्रतियोगितामा सोनिया बरुवाल र ब्रकलिनको खेललाई अम्पायरले बराबरीमा टुंगिएको घोषणा गर्नुभएको थियो ।
अमेरिकन गोल्डेन ग्लोब्स २०२५मा दोश्रो हुन सफल ब्रुकलिन बीच भएको प्रतिस्पर्धामा बराबरी नतिजा हासिल गर्नु पनि मेरो लागि उत्कृष्ट अनुभब हो बरुवालले भन्नुभयो । बक्सीङ खेलमा महत्वपूर्ण मानिने कति प्रतियोगितामा सहभागिता भन्ने हुन्छ र ब्रुकलिन ४७ प्रतियोगिता खेली सकेकी अनुभवी हुँदै गर्दा पनि म १३ खेल मात्रै खेलेको भए पनि ५४ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा नेपाली खेलाडीको कडा टक्करले उनलाई बराबरीमै रोक्यो उहाँले भन्नुभयो ।
