राजेशचन्द्र रा.भ.
सुन साईली, सुन साईली गित नसुन्ने नेपाली अहिले कमै होलान जसको मुखमा पनि कालिप्रसाद बाँस्कोटा र हेमन्त राना कै गीत सुन साईली कै चर्चा छ । चाहे युवा भनौ चाहे जेष्ठ नागरिक देखि अहिले साच्चै भन्नू पर्दा सबै नेपालीलाई मन परेको गीत सुन साईली नै हो भन्दा कसैको पनि दुई मत अबश्य हुने छैन । अहिले सबैको हातहातमा मोबाइल छ, युटुबमा सजिलोसँग हेमन्त रानाले गाउनु भएको नेपाली गीत नेपालमा रोजगारी नपाएर बिदेशी भुमिमा रोजगारीको लागि गएका नेपाली युवाले आफ्नो गाउँमा भएको श्रीमती साईलीको सम्झनामा गाएको गीत हो भन्ने कुरा स्पष्ट हुन्छ । सुन साईली प्रदेशबाट मै आउला ४० काटेपछि रमाउला, जुन गितको भावना कति मार्मिक छ । अहिले पनि बिदेशी भुमिमा साहुको ऋण तिर्न केही पैसा भबिश्यको लागि कमाउन दिन रात रगत पसिना बगाउदै गरेका साईलाले बिदेशी भुमिबाट दिनहुँ जसो नेपालको गाउँ घरमा बसिरहेका साईलीलाई लक्षित गरि दिइरहने कथा र ब्यथालाई हेमन्त रानाले गीतको माध्यमबाट सन्देश दिन खोजेका छन्, जुन साच्चिकै सबै नेपालीको मन छुन सफल देखिन्छ ।
देशबाट राणा शासन गयो पञ्चायत गयो बहुदल पनि गयो र अहिले देशमा गणतन्त्र आइसकेको छ । तर पनि देशमा रोजगारी भने छैन भएका नेपाली उद्योग धन्दा बिक्री गरेर सबै चाहिने सामान बिदेशबाट आयात गर्ने भए पछि कसरी रोजगारी हुन्छ नेपालमा अहिले पनि दिनमा हजारौं युवा काम, माम र दामको लागि बिदेशीने क्रम भने झन बढेर गएको छ । बिदेशी भुमिबाट साईलीलाई भनेको कुराहरू सुन्दा साच्चै न रूने नेपाली कमै होलान । कति मार्मिक छ गित तर अहिले हाम्रो समाज परिवर्तन भै सकेको छ । सबैलाई बिदेशी हावाले धपक्क छोइसकेको छ । साच्चै अहिले साईला बिदेशमा धन कमाउन गएपछि साईली गाउँमा नबसीकन शहर झर्ने अनि साईलीको ठाउँमा शनि बनेर बिदेशबाट साईलाले रगत पसिना गरेर पठाएको पैसा मोज मस्ति गरेर सकेको उदाहरण तपाईं हाम्रो सामुन्ने ताजा छँदैछ ।
अहिले यो पनि नेपाली समाज भित्र बिकृति बिसंगतिको रूपमा बिकास गरेको छ । जुन उद्देश्यको लागि अहिले पनि साईलाहरू साहुको ऋण लिएर आफ्नो भएको घर बारी खेत सबै धितो राखेर बिदेश जाने यहाँ भने साईलीहरू डिस्को डान्समा गएर मोज मस्ति गर्ने साईला बिदेशबाट फर्कदा न त साईली छ न त पैसा नै बिदेशबाट कमाएको सबै सम्पत्ती बोकेर साईलालाई बिजोग बनाएको देखिन्छ अहिले नेपाली समाजमा यस्तै घटना घटिरहेको छ । हाम्रो समाजमा नैतिक हिन चरित्र हिन मान्छेहरूको जमात बढी देखिन थालेका छन् । अहिले हेमन्त रानाले दिनुभएको सुमधुर स्वर साईली साईली गित बजारमा आए पछि यसकै नक्कल गर्दै कतिपय ब्यग्य खालको गीत पनि सँगसँगै आईरहेको छ । अहिले मात्रै युटुबमा प्रिया गुरूङले साईलालाई लक्षित गरि गित गाउनु भएको छ । साईला प्रदेश नजानु सुख, दुःख गाउँ घरमै गरौला भनेर अल्लि देशभक्ति पुर्ण अल्ली बढी श्रीमानलाई माया देखाएर गित बनाउनु भएको जस्तो लाग्यो मलाई साईली कै जवाफ हो भन्ने कुरा समेत स्पष्ट छ ।
नेपाली जनताको कथा ब्यथा आर्थिक अबस्थालाई लिएर बिदेशी भुमिमा काम गर्न जान बाध्यता अहिलेसम्म पनि कायमै छ । हामीले साच्चिनै राम्रोसँग सोच्ने हो भने बिदेशमा गएर रगत पसिना मात्रै बगाएको कहाँ हो र दिनहुँ केही पैसाको लागि बिदेशमा काम गर्दैगर्दा मृत्यु हुने गरेको घटना पनि छदैछ । बिदेशमा काम गर्ने युवाको लाश काठको बाकसमा दिनहुँ जसो एअरपोर्ट बाटै भित्रीरहेको छ । आफ्नो जीवन धरापमा राखेर बिदेशमा पैसा कमाउन गएको साईला त प्रतिनिधि पात्र मात्रै हो यो त सारा बेरोजगार नेपालीको वास्तविक कहानी हो जसलाई हेमन्त रानाले साईली भन्ने गित मार्फत चित्रण गरिदिएका हुन् ।
सरकारले देशमा रोजगारी दिन सकेको छैन अहिले सबै युवा रोजगारीको लागि बिदेशीय पछि हाम्रो गाउँमा भएको खेतबारी सबै बाझै रहेको छ । खेतीयोग्य जमिनमा काम गर्ने जनशक्ति नहुँदा अलपत्र परेको छ तर पनि आफ्नो गाउँमा आफ्नो ठाउँमा नै केही गरेर खानुपर्छ भन्ने मानसिकता भने निकै कममा मात्रै देखिन्छ । यस्तै परिबेशमा साईलालाई सम्बोधन गरेको गित भने देश परिबेश सुहाउँदो छ । प्रिया गुरूङले जुन कल्पना गर्नु भएको छ त्यो सकारात्मक सोच हो भन्ने लाग्छ । जुन गीतलाई अब एउटा अभियान कै रूपमा गाउँ–गाउँमा शहर बजारमा व्यापक बनाउन जरुरी देखिन्छ ।
धेरै समयको अन्तराल पछि बजार साईलीले लिएको छ । अंग्रेजी हिन्दी गीतलाई यसले पछाडि पारेको छ । अहिले बजार नेपाली गीत तथा संगित धेरै निस्कने गरेको देखिन्छ । थोरै मात्र सन्देश मुलुक सुन्न पाईन्छ अधिकाँस गित सँगित बिकृति बिसँगति ले गाजिरहेको देखिन्छ यसले समाजलाई फाइदा भन्दा पनि बेफाइदा बढी रहेको देखिन्छ । साईलाले आफ्नो बिबाह गरेको साईलीलाई ४० काटेपछि माया गरौला है भन्ने त्यो समय सम्म तिमी धैर्य गरेर गाउँमा सुख दुःख गरेर बस्नु है भनेर सम्झाउन खोजेको देखिन्छ । झट्ट हेर्दा यो गीतले राम्रो सन्देश दिन खोजेको देखिन्छ । धन कमाउन बिदेशीय पछि झट्ट स्वदेश फर्कन सकिदैन बरू माया प्रेम ४० बर्ष पछि गरौला त्यो समय सम्म मनलाई सम्हालेर बस है साईली भनेर अहिले श्रीमानलाई बिदेश पठाएर यहाँ अर्को केटासँग मोजमस्ति गर्ने नबसाईली हरूलाई सन्देश दिन खोजेको भने अबश्य हो । हुनत एक कानले सुन्ने अर्को कानले उडाउने जमानामा यो गितलाई मनन् गर्न सकेमात्र हामीले गीत सुनेको अर्थ लाग्छ ।
अहिले साईलीबाटै प्रभाबित भएर माओबादीले स्थानीय निर्वाचन सम्बन्धि गीत समेत बनाएर फेसबुकमा राखेर प्रचार प्रसार गरि सकेको छ । यसलाई हेर्दा ज–जसले जसरी फाइदा लिन सकिन्छ त्यसलाई त्यसरी फाइदा लिएको देखिन्छ अहिले बजार साईली कै चलेको छ यसको सकारात्मक पाटोलाई मनन् गर्न सक्यो भने अबश्य पनि राम्रो परिणाम दिने नै छ । गीत मनोरञ्जन मात्रै होइन गीत सन्देश पनि हो भन्ने कुरालाई ब्यबहारमा लागू गर्न सके मात्रै हेमन्त रानालेस्वर दिनुभएको सुन साईली गीतको सार्थकता रहने छ ।