बागलुङ, १२ फागुन/जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा सोमबारदेखि सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड धौलागिरी बहिरा आवासिय माविले जितेको छ । धौलागिरी बहिरा आवासिय माविले खेलकुद प्रतियोगितामा १ सय १५ स्कोर प्राप्त गर्दै शिल्ड आफ्नो पक्षमा पारेको हो । सोमबारदेखि सुरु भएको खेलकुद प्रतियोगितामा एथलेक्टिक तर्फ छात्रले ४३ र छात्राले ३० र भलिवलमा छात्रा तर्फ प्रथम हुँदै ४२ अंक प्राप्त गर्दै उसले शिल्ड प्राप्त गरेको हो । यस्तै कालिका कन्या माविले छात्र भलिवलमा प्रथम हुँदै ४२ र छात्रा भलिवलमा द्धितिय हुँदै २८ तथा छात्र कवड्डीमा प्रथम हुँदै ४२ अंक बटुल्दै जम्म १ सय १२ अंक प्राप्त गर्दै द्धितिय भएको छ । यस्तै जनताधन मावि नारायणस्थानले ९७ अंक बटुल्दै तृतीय भएको छ । उसले एथलेक्टिकतर्फ छात्रमा ३८ अंक र छात्रामा ५९ अंक प्राप्त गरेको थियो । यस्तै रनिङ शिल्ड अन्तरगत बुधबार छात्र तथा छात्राहरुको कबड्डी खेल सम्पन्न भएको थियो । छात्र तर्फको कबड्डीमा न्यू ओयसिस एकेडेमीलाई पराजित गर्दै कालिका कन्या मावि प्रथम भएको छ । कबड्डी तर्फ रुद्रेपिपल मावि तृतीय भएको थियो । यस्तै छात्रा तर्फको कबड्डी प्रतियोगिता सिदार्थ शिक्षा सदनलाई पराजित गर्दै न्यू ओयसिस एकेडेमी प्रथम भएको छ । छात्रा कबड्डीमा त्रिभुवन मावि पैयुँपाटा तृतीय भएको थियो । बुधबार रनिङ शिल्डको उपाधि वितरण गर्दै बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रमेश ढकालले विद्यार्थीहरुलाई पढाईको साथसाथै खेलकुदतर्फ पनि लगनशिल गराउँनको लागि आग्रह गरेका थिए । उनले खेलकुदले विद्यार्थीहरुको अनुशासन तथा शरिरको लागि फाइदाजनक हुने बताए । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको उपाधि वितरण समारोहमा जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत लोकेन्द्र आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने कार्यक्रमको संचालन उपाध्यक्ष शम्भु आचार्यले गरेका थिए । रनिङ शिल्डमा ८ सय २८ छात्र तथा ८ सय १० छात्राहरुले १५ खेलमा प्रतिस्पर्धा गरेका थिए ।
धौलागिरी बहिरा आवासिय माविले जित्यो राष्ट्रपतिको शिल्ड
Previous Articleस्थानिय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
Next Article देविस्थान साक्षर गाविस घोषणा