म्याग्दी, १२ फागुन/नेपाल कर्मचारी युनियन संघ म्याग्दीको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षतामा लिलानाथ पौडेल निर्वाचित भएका छन् । बुधबार बेनीमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको खुल्लातर्फको उपाध्यक्षमा चन्द्रदत्त शर्मा, महिला उपाध्यक्षमा मनकुमारी गिरि, समावेशी उपाध्यक्षमा प्रेमचन्द्र प्रसाद जसवाल, सचिबमा बलराम बानियाँ, सहसचिबमा सन्तोष पौडेल, कोषाध्यक्षमा विष्णुप्रसाद शर्मा निर्वाचित भएका छन् । त्यस्तै गरि सदस्यहरुमाः शिव शर्मा, कुलप्रसाद आचार्य, लक्ष्मण शर्मा चालिसे, प्रदीप गौतम, रघुनाथ शर्मा, तेजनथा पौडेल, विष्णुमायाँ कुवँर र सुशीला केसी चयन भएका छन् । अधिवेशनले केन्द्रीयसभा सदस्यमा ज्ञान गिरि, विनोद रेग्मीलाई चयन गरेको छ । १७ सदस्य मध्ये २ जना पछि अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ । यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कर्मचारीहरुले सेवाग्राहीलाई ध्यान दिएर काम गर्नुपर्ने जोड दिए । युनियन संघको उपाध्यक्ष डिल्ली आचार्यले स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेसका सचिब हरिकुमार श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघकी अध्यक्ष विमला गौचन, शिक्षक संघका अध्यक्ष केशवप्रसाद रेग्मी, नेपाल ट्रेड युनियनका अध्यक्ष दुर्गाराम सुवेदी, कर्मचारी युनियनका अध्यक्ष देव शर्मा, पर्वतका सचिब याम शर्मा, नेविसंघका कार्यबाहक अध्यक्ष एकेन्द्र महत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन पौडेलले गरेका थिए ।
Previous Articleनयाँ शक्तिको ६ सर्त, सर्वपक्षिय सरकार गठनको माग
Next Article अमिटको साहसमा सहकार्य