बागलुङ, ११ फागुन – जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा सोमबारदेखि सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार विभिन्न खेलहरु भएका छन् ।
बागलुङको बाङ्गेचौर मैदानमा जारी प्रतियोगितामा मंगलबार भएको पुरुष भलिवलको फाइनलमा सर्वदय मावि विनामारेलाई पराजित गर्दै कालिका कन्या माविले भलिवलको उपाधि जितेको छ । यस्तै भलिवलमा दुदिलाभाटी ईङलिस बोडिङ्ग स्कुल तृतीय भएको छ ।
मंगलबार नै भएको छात्रा भलिवलमा धौलागिरी बहिरा आवासिय मावि प्रथम, कालिका कन्या मावि द्धितिय र रामरेखा आधारभुत मावि तृतीय भएका छन् ।
यस्तै छात्र ज्याभलिङमा नवप्रभा बोडिङ्ग स्कुल बुर्तिबाङका मनोज खत्री प्रथम, न्यू एभरेष्ट एकेडेमी बगालुङका विवस श्रेष्ठ द्धितिय र पार्वती मावि अभरभुमीका अर्जुन नेपाली तृतीय भएका छन् ।
यस्तै मंगलबार नै भएको छात्र रिले खेल अन्तरगत ४ सय इन्टु ४ मा धौलागिरी बहिरा आवासिय मावि प्रथम, सिगाना मावि द्धितिय र त्रिभुवन मावि तित्याङ तृतीय भएका छन्भने १ सय इन्टु ४ अन्तरगत धौलागिरी बहिरा आवासिय मावि प्रथम, जनताधन मावि नारायस्थान द्धितिय र अमर आदर्श बोडिङ्ग स्कुल तृतीय भएका छन् ।
छात्र ३ हजार मिटर दौडमा सिगाना माविका शक्ति खड्का प्रथम, मालिका माविका विकास खड्का द्धितिय र न्यू मोर्डन एकेडेमी बुर्तिवाङका दिवस कुमाई तृतीय भएका छन् । यस्तै छात्र ८ सय मिटर दौडमा न्यू एभरेष्ट एकेडेमीका सुनील नेपाली प्रथम, न्यू मोर्डन एकेडेमी बुर्तिबाङका लेखनाथ खरेल द्धितिय र त्रिभुवन मावि पैयुपाँटाका गणेश दर्जि तृतीय भएका छन् ।
यस्तै मंगलबार भएको छात्राहरुको खेलहरु अन्तरगत ज्याभलिङ थ्रोमा उत्तरगंगा मावि बुर्तिबाङकी सुनिता सुनार प्रथम, सिगाना मावि तित्याङकी विमला खत्री द्धितिय र गणेश मावि नारायणस्थानकी सुस्मिता सुनार तृतीय भएका छन् ।
यस्तै छात्रा ४ सय इन्टु ४ रिले दौड अन्तरगत सिगाना मावि प्रथम, जनताधन मावि नारायणस्थान द्धितिय र न्यू एभरेष्ट एकेडेमी तृतीय भएका छन्भने १ सय इन्टु ४ रिले अन्तरगत जनताधन मावि नारायणस्थान प्रथम, धौलागिरी बहिरा आवासिय मावि द्धितिय र त्रिभुवन मावि पैयुपाँटा तृतीय भएका छन् ।
यस्तै छात्रा लङ्गजम्पमा अमृत आदर्श माविकी मुना रेग्मी प्रथम, अमर आदर्श बेडिङ्ग स्कुलकी टिका थापा द्धितिय र गल्कोट माविकी अस्मिता गैरे तृतीय भएका छन् । छात्रा त्रिपल जम्पमा त्रिभुवन मावि पैयुपाँटाकी मञ्जु हरिजन, जनताधन मावि नारायणस्थानकी दिपा क्षेत्री द्धितिय र फ्युचर ब्राईटर बोडिङ्ग स्कुलकी जेनीसा भण्डारी तृतीय भएका छन् । यस्तै छात्रा ज्याभलिङ थ्रोमा उत्तरगंगा मावि बुर्तिबाङकी सुनिता सुनार प्रथम, सिगाना मावि तित्याङकी विमला खत्री द्धितिय र गणेश मावि नारायणस्थानकी सुस्मिता सुनार तृतीय भएका छन् ।
बुधबार सम्पन्न हुने रनिङ शिल्डमा अब कवड्डी खेल मात्र बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव भिमसेन शाक्यले जानकारी दिए ।
रनिङ शिल्डमा प्रथम हुने विद्यार्थीहरुले क्षेत्रीय रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्भने भलिवल र कवड्डीमा भने खेलाडीहरु छनोट गरी क्षेत्रीय रनिङ शिल्डमा सहभागिताको लागि पठाईने सदस्य सचिव शाक्यले बताए ।