बागलुङ, ११ फागुन – पाला गाविसका शिक्षक र अभिभावकका लागि बालमैत्री शिक्षण सिकाई सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
रिजल्भ इन्टरनेशनलको सहयोग र जिल्ला शिक्षाको समन्वयमा ‘गुणस्तरीय प्राथमिक शिक्षा परियोजना’ संचालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले उक्त तालिम संचालन गरेको हो । तालिममा प्राथमिक तहमा अध्यापन गराउँदै आएका शिक्षक र अभिभावकलाई राखेर विद्यालयको पुस्तकालयले विद्यार्थी र अभिभावकमा ल्याएको परिवर्तन बारेमा पनि छलफल गरिएको थियो ।
पाला गाविसका सबै विद्यालयमा रिजल्भ इन्टरनेसनलको सहयोगमा पुस्तकालय स्थापना गरिएको छ । बालबालिकाको सिकाई उपलब्धी बढाउने, पढ्ने संस्कृतिका बिकास गर्ने र गुणस्तरीय शिक्षाको विकास गर्ने लक्षले यो परियोजना संचालनमा ल्याइएको हो । तालिममा हाल सम्मका सिकाई उपलब्धी बारेमा सबैले प्रस्तुतीकरण गरेका थिए । साथै आगामी दिनमा गर्न सकिने क्रियाकलाप र बालबालिकामा आएको परिवर्तन बारेमा अभिमुखीकरण गरिएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका तालिम अधिकृत रामबाबु थापाले बताए ।
शिक्षक तथा अभिभावक गरी १५ जना सहभागि रहेको तालिममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक प्रकाश ओझा, तालिम अधिकृत रामबाबु थापा र कार्यक्रम संयोजक जनक खत्रीले सहजीकरण गरेका थिए । तालिमका सहभागिले बालमैत्री सिकाईको विकास गर्दै गुणस्तरीय शिक्षाको समेत विकास गर्ने योजना बनाएर अनिवार्य लागू समेत गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको संचालन फाउन्डेसनकै सामाजिक परिचालक रनबहादुर थापाले गरेका थिए ।
Previous Articleअत्यधिक नाफा असुल्छ नेपाल टेलिकम
Next Article २०७३ फागुन ११ गते बुधबारको राशिफल