बागलुङ, १० फागुन – नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ ।
घैयाखानीमा रहेको अस्थायि गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विकको ज्यान गएको थियो । एमाले अधिकारीचौर गाउँ कमिटिले दिवंगत बालबालिकाको सम्झनामा एक श्रदाञ्जली कार्यक्रमको आयोजना गरि एमाले समर्थक तथा शुभचिन्तकबाट संकलन गरिएको नगद १५ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो । एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले स्वार्गीय बालबालिकाका वुवा ओमकार विकलाई रकम हस्तान्तरण गरिएको ग्रामिण विकास मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढाले जानकारी दिए ।
रकम हस्तान्तरणपछि बौल्दै सचिवालय सदस्य पुनले अचानक हुने प्राकृतिक विपत्ति जो कसैलाई पनि पर्न सक्ने हुँदा गाउँ कमिटिले गरेको सहयोगले शोकमा परेको परिवारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमम निवर्तमान जिल्ला सचिवालय सदस्य दलबहादुर घर्ती, वडा नागरिक मञ्चका संयोजक थमबहादुर छन्त्याल, स्थानिय दलित जागरण युवा क्लवका अध्यक्ष रनबहादुर विक, एक्टिभ महिला समुहका अध्यक्ष डिलकुमारी छन्त्याल र जनता प्राविका प्रधानाध्यापक रुपप्रसाद भण्डारीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा एमाले गाउँ कामिटि अधिकारीचौरका अध्यक्ष सुनिल घर्तीको अध्यक्षता र सचिव प्रेम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article१० फागुन २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु