दुव्र्यसनले अहिले नेपाली समाज समस्याग्रस्त अवस्थामा छ । चुरोट र सुर्तिदेखि शुरु हुने दुव्र्यसनीको यात्रा ब्राउन सुगर र सिरिन्जसम्म पुग्छ । दुव्र्यसन यस्तो लत हो जसले एउटा युवाको जीवनलाई नै समाप्त गर्छ । दुव्र्यसनले युवायुवतीको ज्यान मात्रै लिदैन यसले परिवार, समाज र देशलाई नै विकासको गतिमा अवरोध सिर्जना गर्ने काम गर्छ । त्यसैले दुव्र्यसनीलाई नियन्त्रण गर्नको लागि सबैभन्दा पहिले परिवारको भूमिका महत्वपूर्ण हुन्छ । चुरोट तान्नु किशोरकिशोरीका लागि अहिले फेसन जस्तै बनेको छ । तर, चुरोटबाट शुरु हुने दुव्र्यसन यात्राले जीवनलाई समाप्तीको बाटोमा पु¥याउन सक्छ । प्रहरीको पछिल्लो तथ्यांकलाई हेर्ने होभने दुव्र्यसनीको संख्या भुसमा बलेको आगो जस्तै फैलिदै गएको छ । युवाहरुले प्रयोग गर्ने गाजा, चरेश, ब्राउन सुगर, हेरोइन र सिरिन्ज अहिले किशोरीहरुले समेत प्रयोग गर्न थालेका छन् । दुव्र्यसनीको संख्या बढ्दै गएपछि अहिले पुर्नस्थापना केन्द्र पनि उत्तिकै रुपमा खुल्दै गएका छन् । चरेशले बद्नाम बागलुङ जिल्लामा दुव्र्यसनीको संख्या बढ्दै जानु अनौठो कुरा भएन । चरेशको तस्कर हुन्छ बागलुङबाट । तर, अहिलेसम्म चरेश ओसारपसारमा प्रयोग हुने भरिया मात्रै पक्राउ परेका छन् । प्रहरी चरेश ओसारपसारको नाईकेसम्म अहिलेसम्म पुग्न सकेको छैन । बागलुङमा उत्पादन हुने गाजा र चरेशलाई नियन्त्रण मात्रंै गर्न सक्ने होभने दुव्र्यसनीको संख्या कम गराउन सकिन्छ । तर, प्रहरीले चरेश उत्पादन हुने क्षेत्रको पहिचान गरेपनि त्यहाँसम्म पुग्न नसक्नु लोकलाजको विषय पनि हो । प्रहरीले आफ्नो हैसियत देखाउनको लागि भएपनि चरेश उत्पादन हुने ठाउँमा पुग्नु पर्छ ।
समाजमा दुव्र्यसनी बढ्दै जान थालेपछि आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले दुव्र्यसनी रोक्नको लागि आमाहरुको भूमिका महत्वपुर्ण हुने भन्दै आमालाई सचेत बनाउन थालेको छ । समाज विकासको बाधकका रुपमा रहेको दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको भूमिकालाई प्रभावकारी बनाउने होभने हाम्रा सन्ततिहरु सधै सद्मार्गमा लाग्ने निश्चित छ । परिवारकै कारण कतिपयले लागुऔषधलाई अपनाएका छन् । गर्भदेखि नै आमाको छोराछोरीसंग बढी सम्बन्ध हुने र अधिकांश समय छोराछोरीकै साथमा रहने भएकाले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना आवश्यक रहेको छ । सहकारीले दुव्र्यसनी रोक्नका लागि महिला समूह बनाउने अभियानमा लागेको छ । सहकारीको काम आर्थिक गतिविधि गर्ने भएपनि आदर्श संचारले आफुलाई सामाजिक सेवा समर्पित गर्ने काम गरेको छ जसको पाठ अन्य सहकारीले पनि सिक्न जरुरी छ । सहकारीले बचत संकलन र ऋण लगानी गरेर मात्रै समाजले विकासमा कोल्टो फेर्न सक्दैन । सहकारीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान गर्न जरुरी छ । आफ्ना सन्तति सुधार्नको लागि आमाबाबु नै गूरु हुन् । यो धु्रवसत्य कुरा हो । आमाबाबुले नै आफ्ना बालबालिकालाई सही मार्ग देखाउने होभने दुव्र्यसन हाम्रो समाजबाट हट्न सक्छ ।
Previous Articleसगरमाथा आरोहणका लागि बागलुङमा सहयोग अभियान
Next Article सामाजिक न्यायको औचित्य र हाम्रो समाज