म्याग्दी, १० फागुन – जिल्लाको बरंजा गाविसमा रहेका दुईवटा विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न पुर्व विद्यार्थीले सहयोग गरेका छन् ।
म्याग्दी प्रवासी नेपाली संघको सक्रियता र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा जडान भएको विद्युतीय पुस्तकालयलाई महेन्द्र रत्न निमावी थर्पु र जनप्रिय निमावीमा बरंजा छात्रबृद्धि अक्षय कोषमार्फत आर्थिक संकलन गरी स्थापना गर्न लागिएको कोषका संरक्षक लोकेश पुन मगरले बताए । उनका अनुसार, अभियानमा बरंजा–४ घर भई हाल अमेरिका रहेक मनप्रसाद रोकाले ५० हजार आर्थिक सहयोग गरेका छन् ।
‘विद्युतीय पुस्तकालय अहिलेको आवश्यकता छ । अभियानमा जुट्ने सबैलाई धन्यवाद’ उनले भने । विद्युतीय पुस्तकालयमा बरंजा–४ फन बहादुर रोका २५ हजार, बरंजा–४ ललिन्द्र थापा ५ हजार, बरंजा–२ का टेक बहादुर खड्काले ५ हजार सहयोग गरेका छन् । आर्थिक सहयोग बाहेक दु्ईवटै विद्यालयमा लाग्ने थप रकम कोषले उपलब्ध गराउने अध्यक्ष इन्जिनियर शंकर बुढाथोकीले बताए ।
यसैविच बरंजाको महेन्द्ररत्न माविमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले ब्यक्तिगत लगानीमा पुस्तकालय जडान गर्ने पहिल्य नै घोषणा गरेका छन् । सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थीको कम्प्यूटरको प्रयोगमा कम चासो जाने गरेको अवस्थामा माध्यामिक तहका विद्यालयमा अफलाइनको माध्यमबाट सहजै अध्ययन गर्न सकिने पुस्तकालय स्थापनाको अभियानमा मोना आइसीका कोषाध्यक्ष चक्र थापाको विषेश भूमिका रहेको छ ।
पुस्तकालयमा ८ हजार पुस्तक, अडियो, भिडियो, सामुदायिक विद्यालयका निमावी तहका पाठ्यक्रम,सीप र ज्ञानमुलक, ब्यवहारिक सहित शिक्षकदेखी अभिभावकसम्मलाई लक्षित गरेका पुस्तकहरू कम्यूटरको माध्यमबाट डाउनलोड गरेर पढ्न सकिन्छ ।
Previous Articleस्तनपान गराउँदैमा झोल्लिदैनन् स्तन
Next Article सगरमाथा आरोहणका लागि बागलुङमा सहयोग अभियान