बुटवल, ८ फागुन – सीके राउतका कार्यकर्ताले रुपन्देहीको अरौलीया प्रहरी चौकीमा आक्रमण गरेका छन् । उनीहरूको आक्रमणबाट चारजना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एकजना प्रहरी हवल्दारको कुमबाट हात भाँचिएको बुटवलका प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए । बाँकी तीन प्रहरीको चाहिँ टाउको र खुट्टामा चोट लागेको छ ।
सीके राउतका कार्यकर्ताहरूले थोरै प्रहरी रहेको अरौलीया प्रहरी चौकीमा आक्रमण गरेका थिए । त्यसपछि मर्चवार इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको थप टोलीले आक्रमणलाई नियन्त्रणमा ल्याएको थियो । ‘प्रदर्शनकारी घाइते भएकोबारे कुनै पनि जानकारी आएको छैन,’ भण्डारीले भने, ‘हामीले हवाई फायर र अश्रूग्याँस मात्रै प्रहार गरेका थियौं ।’
प्रहरीका अनुसार हिजो सडक अवरुद्ध पार्ने २४ जना सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइएको थियो । सोही विरोधमा प्रहरीमाथि आक्रमण भएको हो । पक्राउ परेका ६ जना माथि राज्यमाथिको गम्भीर अपराधसम्बन्धी मुद्दा चलाउने तयारी भएको छ । बाँकीमाथि चाहिँ थप अनुसन्धान भइरहेको छ । प्रदर्शनकारीहरूले आफूहरू सीके राउतको कार्यकर्ता नभएको बताएका छन् ।
तर प्रहरीले चाहिँ जोगिनको लागि उनीहरूले यस्तो भनेको जनाएको छ । ‘सीके राउतका कार्यकर्ता होइनौं भनेपछि कारवाही हुँदैन भन्ने लागेर होला,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘राजनीतिमा अपराध गर्ने तर गरेको होइन भन्ने चलन हुन्छ नि छ ।’ उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ ।