बागलुङ, ८ फागुन – बागलुङ बजारमा शुक्रवारदेखि संचालित ‘दोस्रो सडक खाना महोत्सव’ शनिवार सम्पन्न भएकोे छ ।
बागलुङको समिक्षालय चोकमा संचालित महोत्सवमा दोस्रो दिन शनिवार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहि रहेको थियो । महोत्सवमा १० वटा बिभिन्न खानाका स्टल राखिएको थियो । महोत्सवमा १८ वटा स्टलमा कोदो, मकैको रोटी, याकको सुकुटी, ट्राउट माछा, केराको मःम लगायतका स्थानीय खानाका परिकारहरु राखिएको थियो । जिल्लामा रहेका विभिन्न पर्यटकिय स्थलहरुलाई विश्व सामु चिनाउनका लागि महोत्सवले सहयोग गर्ने आयोजक कमिटिका अध्यक्ष पुनम शर्माले जानकारी दिए ।
महोत्सवमा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको प्रचार–प्रसार व्यवस्थापन उपसमितिका संयोजक खिम बहादुर कार्कीले जानकारी दिए ।
प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्भावना बाकेको बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु परिचित गर्नका लागि महोत्सवको आयोजना गरिएको नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला शाखा बागलुङका अध्यक्ष पुनम शर्माको भनाई छ । ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर, पवित्र कालिगण्डकी, घुम्टेको लेक, पञ्चकोट, ढोरपाटन शिकार आरक्ष, ऐतिहासिक गलकोट दरवार, भकुण्डेको मुलावारी, भैरवस्थान, बराहताल, गाजाको दह, चमेरे गुफा लगायतका जिल्लाको पर्यटकीय सम्भावना बोकेको स्थानहरु हुन ।
यस्तै हनुमान नाच, जोगी नाच, रोपाई नाच, लाखे नाचहरु जिल्ला सांस्कृतिक धरोहरहरुको रुपमा रहेका छन् ।
Previous Articleए ब्रो, जवाफ छ तिमीसंग ?
Next Article विप्लव माओवादीको बन्दसत्रमा ‘जनक्रान्ति’ को प्रस्ताव