बागलुङ, ११ भदौ
बिद्यामन्दिर पुस्तकालय बागलुङले नवौ पुस्तकालय दिवस सप्ताव्यापी रुपमा मनाउने निर्णय गरेको छ । जीवन पर्यन्त शिक्षाको लागि पुस्तकालय भन्ने प्रमुख नाराका साथ बागलुङ जिल्लामा पुस्तकालय दिवस मनाउने कार्यक्रम तय गरिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।
सप्ताव्यापि कार्यक्रम अन्तरगत १२ गते विद्यामन्दिर पुस्तकालय बाल विकास केन्द्रमा अध्ययन गर्ने बालवालिकालाई फलफूल वितरण गर्ने १३ गते पुस्तकालय दिवस सम्वन्धित नारा १४ गते पुस्तकालयको महत्वको विषयमा विद्यालय स्तरीय प्रतियोगितात्मक कविता गोष्ठी र १५ गते विद्यामन्दिर पुस्तकालयमा मुख्य समारो गर्ने अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।
कविता प्रतियोगितामा विजय हुने विद्यार्थीलाई पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माले आफनो स्वर्गिय बुवा गंगाप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । पुस्तकालय प्रति समुदायको चासो बढाउने र समुदायीक पुस्तकालयमा आउने पाठक वृद्धि गर्नको लागि पनि पुस्तकालय दिवस प्रभावकारी हुने अपेक्षा पुस्तकालयले गरेको छ ।
२००३ साल देखि निरन्तर रुपमा संचालन हँुदै आएको विद्यामन्दिर पुस्तकालय बागलुङमा समय र पाठकको माग संगै विघुतिय पुस्तकालय संचालनमा आएपछि यहाँ आउने पाठकको संख्या वृद्धि हँुदै गएको पुस्तकाध्यक्ष मन्जु केसीले बताइन ।