बागलुङ, ७ फागुन – कर्मचारीक्षेत्रले मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्नेमा बागलुङको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन संघको सातौं जिल्ला अधिवेसनको क्रममा बोल्ने वक्ताहरुले कर्मचारीले पूर्वाग्रही नभइ सबैको सेवामा लाग्नुपर्ने समेत बताए । साथै आफ्नो अधिकारको रक्षा गर्दै जनताको अधिकारलाई पनि पुरा गर्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा सांसद रत्ना शेरचनले जनताको सेवामा निर्भिक र निश्पक्ष भएर लाग्न सकेमा कर्मचारीको गरिमा बढ्ने धारणा राखिन् । उनले कर्मचारीको लगनशिलता र क्षमताको कारण राज्य बलियो बन्ने बताइन् । राजनीतिक दल र सरकार कति बलियो बन्ने भन्ने कुरा कर्मचारीले गरेको कामको प्रभावकारितामा भरपर्ने उनको तर्क थियो ।
कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, ज्ञान कुमारी छन्तयाल र चम्पा खड्का, काूग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, भातृ संगठनका प्रमुख तथा महासमितिका सदस्यहरु, आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । उनीहरुले पनि कर्मचारीलाई अधिकारका लागि लागेजस्तै जनताको हितमा काम गर्न पनि सक्रिय बन्न आग्रह गरेका थिए ।
साथै उनीहरुले राष्ट्रियता र एकताको पक्षमा काम गर्न पनि आग्रह गरे । युनियनका अध्यक्ष देव शर्माको अध्यक्षता, सचिव आनन्द रिजालको संचालन र सह अध्यक्ष दुर्गाप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरीले पनि शुभकामना व्यक्त गरेका थिए । अधिवेसनले देव शर्माकै नेतृत्वमा नयाू कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा देवप्रकाश घिमिरे र महिला उपाध्यक्षमा सुनिता शर्मा, समावेशी उपाध्यक्षमा पदमलाल थापा मगर, सचिवमा आनन्द रिजाल, सहसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा सन्तोष शर्मा, सदस्यहरुमा पूर्णप्रसाद सापकोटा, दिपकराज पन्त, कमलप्रसाद कंडेल, चेतनाथ कट्टेल, यशोदा शर्मा, तारादेवी उपाध्याय, ब्रम्हानन्द शर्मा, कुश्मराज मल्ल, चयन भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा अम्बिका सापकोटा, खेमप्रसाद आचार्य, दयाराम शर्मा र महेन्द्र पौडेल चयन भएको जनाईएको छ ।
Previous Article२०७३ फागुन ७ गते शनिबारको राशिफल
Next Article स्ववियु निर्वाचन फागुन १८ गते