बालकृष्ण सुवेदी
बागलुङ, ५ फागुन – हटियाका गणेश गन्धर्वले सारङ्गी रेट्न छाडेको १४ वर्ष भयो । हटिया–५ समपोखरामा जन्मिएका गणेशले १२ वर्षको उमेरबाट सारङ्गी बजाउन थालेका थिए । उनले आफ्नो युवावस्था सारङ्गी रेटेर बिताएका थिए । सारङ्गीको धुन र गीतमार्फत समाजमा घटेका घटनालाई गाउँदै जाँदा कसैले चोट पुग्ने शव्दले अपमान गरेपछि उक्त पेशा नै छाडेको उनी स्मरण गर्दछन् । उनले भने, “सारङ्गी बजाउदै ,गीत गाउँदै थिए, एक जनालाहुरेले भने– हातगोडा ठिक भएको मान्छेले पनि के मागेर हिँडेको होला ।” त्यसपछि मैले सारङ्गी बजाउन छाडेको हुँ । आफ्नो पुख्र्याैली पेशाबाट राम्रो आम्दानी भएपनि मागेर खायो भन्दा मनमा चोट पुगेपछि उनीले हाल सिकर्मी काम गर्दै आएका छन् । आफ्नो जन्मगाउँमा लालपुर्जा नभएको थोरै पाखोबारी र सानो घर भएपनि त्यहाँ जीवन निर्वाह गर्न नसकेर उनी हटिया बजारमा डेरा गरेर बसेका छन् । ‘सारङ्गी बजाएर टन्न अन्नपात, नगद र लत्ता कपडा मिल्दथे, अहिले कसैले बोलाए ज्यालादारी काम गर्छन’– गणेशकी पत्नी लक्ष्मीले भनिन् । दश सन्तानको पालनपोषण र घरभाडा तिर्न पनि हम्मे–हम्मे परेको उनले गुनासो गरिन । श्रीमानले सारङ्गी बजाउँदा आफुले छोराछोरीको रेखदेख र घरायसी काम गरेर आनन्दित जीवन बिताएको स्मरण गर्दै उनले भनिन्, ‘अहिले गिट्टी कुटेर घर खर्च चलाउन बाध्य छु ।’ गणेश एक उदाहरण मात्रै हुन् । समाजमा घटेका घटनालाई गीत र सारङ्गीको सुमधुर संगीतबाट रुवाउने गन्धर्व जातिको पेशा नै अहिले संकटमा परेको छ । संचारको विकास नहुँदा गन्धर्वहरुले सारङ्गी बजाएर घर–घरमा खबर पु¥याउने काम गर्दथे । गलकोटको हटिया–५ गोलकोत नजिकै बसोबास गर्ने गन्धर्व जातिको दैनिकी नै सारङ्गी बजाउने थियो । तर उनीहरुको दैनिकी त फेरिएको छ, गलकोटमा घन्कने सारङ्गीको धुन भने दिनानुदिन संकटमा परेको छ । गलकोटे राजासंगै पर्वतबाट गन्धर्व जाति गलकोट आएपछि सारङ्गी बजाएर दैनिकी चलाएका उनीहरुले पेशानै परिवर्तन गरेका छन् । बुढापाकाको निधन भएपछि नयाँ पुस्ताले यो पेशालाई निरन्तरता दिन छाडेका छन् । आपूm किशोवास्थाको हुँदा करिव २० घर–परिवारका सदस्यले सारङ्गी बजाउने गरेको गणेश गन्धर्व स्मरण गर्दछन् । अहिले धैरैजसोः गन्धर्व परिवारले गाउँ छाडिसकेका छन् । कतिपय गन्धर्व परिवार गाउँ छाडेर तराईतिर झरिसकेका छन् । आफ्नो जन्म गाउँमा तिन परिवार मात्र रहेको रामबहादुर गन्धर्वले बताए । आफुसंगै प्रेम गन्धर्व र लक्ष्मण गन्धर्वको परिवार पुख्र्यौैली गाउँमा बस्दै आएको राम बताउँछन् । केही गन्धर्व परिवार हटिया बजारमा डेरा गरेर बसेका छन् । दिपक गन्धर्व, बलबहादुर गन्धर्व र गणेश गन्धर्वको परिबार हटिया बजारमा बस्दै आएको गणेश गन्धर्वले जानकारी दिए । दलित समुदायको रुपमा रहेको गन्धर्व जातिको पेशा अहिले नयाँ पुस्ताले आफ्नो संस्कृतिको रक्षा गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको अहिलेसम्म सारङ्गीको संरक्षणमा लागेका दिपक गन्धर्वले बताए । उनले भने ,“हाम्रो पहिचान र सस्कृतिनै सारङ्गी हो, कसैले केहि भन्दैमा आफ्नो पेशा छाड्नु हुदैन् ।” उनी जस्तै राम गन्धर्व र दिपक गन्धर्वले पनि सारङगीलाई अझै साथी बनाएका छन् । सारङ्गीसंगै गीत गाउदै आफ्नो पेशालाई निरन्तरता दिएका बलबहादुर गन्धर्वले भने, “आफ्ना बाबुबाजेको पेशालाई निरन्तरता दिएको छु, आफ्नो कला र गलाको प्रदर्शन गरेर राम्रै आम्दानी भएको छ ।’ उनले थपे, ‘गलकोटमा तीन जनाले मात्रै सारङ्गी बजाउदै छौ । हाम्रा छोराछोरीले समय र परिस्थितिअनुसार यो पेशा अंगाल्न सकिरहेका छैनन् ।’ उनीहरु वाहेक अन्य गन्धर्व परिवारहरु ज्याला मजदुरीका साथै रोजगारका लागि खाडी मुलुकमा समेत पुगेका छन् । २१ औँ शताव्दीको परिवेश अनुसार उनीहरुका बालवच्चा विद्यालय समेत पढ्न थालेपछि बावुबाजेको पेशाप्रति खासै रुचि नराखेको गन्धर्व परिवारहरुको भनाई छ । परिवारको दैनिक गुजारा चलाउनको लागि सारङ्गी बजाउने पेशा ठिक भएपनि वढ्दो महंगीका कारण आफूहरु पेशालाई निरन्तरता दिन नसकेको उनीहरु बताउँछन् ।
Previous Articleधमाधम निर्वाचन केन्द्रित भेला
Next Article ५ फागुन २०७३, ढोरपाटन दैनिक