बागलुङ, ५ फागुन – धौलागिरि बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनलाई केन्द्रीत गरेर एकतावद्ध भएका तीनवटा वामपन्थी विद्यार्थी संगठनहरु यतिबेला संयुक्त चुनावी अभियानमा सक्रिय भएका छन् ।
तीन विद्यार्थीे संगठनबीच सहकार्य गरेर अखिल संयुक्त प्यानलमार्फत निर्वाचनमा केन्द्रीत भएका अखिल संयुक्त प्यानलको भेला बुधबार सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत शिक्षा शास्त्र संकाय तर्फको प्रथम बर्षको भेला सम्पन्न भएको हो ।
भेलाले लक्ष्मण पौडेलको अध्यक्षतामा ६५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सावित्रा क्षेत्री, सचिव बिमा जोल्मी, सह–सचिव लेनिसा घर्ति मगर, कोषाध्यक्ष कमला चालिसे रहेको अनेरास्ववियू बागलुङका प्रचार विभाग प्रमुख रोशन जिसीले जानकारी दिए । भेलामा बोल्ने वक्ताहरुले वैज्ञानिक प्राविधिक र जिवन उपयोगी शिक्षाको आवश्यकता रहेको भन्दै स्ववियु निर्वाचनमा अखिल संयुक्तको विजय सुनिश्चित रहेको दाबी गरे ।
कार्यक्रममा अखिल संयुक्त प्यानलका शेखर खड्का, जिवन शर्मा, सागर कुँवर लगायतले मन्तव्य राखेका थिए । स्ववियु निर्वाचनका लागि नेकपा एमाले समर्थित अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले निर्वाचनमा एकता गरी अगाडी बढेका छन् ।
स्ववियूका विगतका इतिहासलाई कायम राख्न, शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतीको अन्त्य गर्न, वैज्ञानिक, व्यवहारिक र जीवन उपयोगी शिक्षालाई स्थापित गर्नका लागि आम विद्यार्थी एकजुट हुनुपर्ने र त्यसको नेतृत्व वाम विद्यार्थी संगठनले गर्नुपर्ने निष्कर्षका साथ संयुक्त प्यानल बनाएकाले विजय सुनिश्चित भैसकेको बताएका छन् ।
फागुन १४ गतेका लागि तोकिएको निर्वाचनमा वामपन्थी विद्यार्थीहरुलाई विजयी गराउनका लागि सबै विद्यार्थीहरुलाई अखिल संयुक्त प्यानलका तर्फबाट आव्हान समेत गरेका छन् ।