बागलुङ, ४ फागुन/नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशनबाट दिल शिरीषको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । महासंघ जिल्ला शाखाको उपाध्यक्षमा नरेश कँडेल, महिला उपाध्यक्ष उषा पौडेल, सचिव राम थापा अबिरल, सहसचिव नविन शिशिर बि.क. र सुवास आचार्य, कोषाध्यक्ष विजय राना रहेका छन् । यस्तै सदस्यहरुमा खुल्लातर्फ गणेश पौडेल चन्द्र, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त चयन छन्भने महिलातर्फ सरिता खत्री, दलिततर्फ खगेन्द्र विश्वकर्मा, जनजातितर्फ शेखर थापा, अल्पसंख्यकतर्फ पदम छन्त्याल (प्रकाश) सर्वसम्मत चयन भएका छन् । यस्तै अधिवेशनबाट १८ सदस्यीय केन्द्रिय सभासद र २४ सदस्यीय प्रदेश सभासद चयन गरिएको छ । केन्द्रीय सभासदमा राजेशचन्द्र राजभण्डारी, रामबहादुर जि.सी, मुकेशचन्द्र राजभण्डारी, हिमालप्रसाद शर्मा, दिलिप पौडेल, रामकृष्ण शर्मा, ज्ञानेन्द्र गौतम, रामकृष्ण बोहरा, बद्रीप्रसाद शर्मा, भाषा शर्मा, कोपिला कंडेल, रामनारायण स्ुवेदी, दुर्गादत्त आचार्य, पिम्ला गौतम, बाबुराम शर्मा (प्रकट), बबिता शर्मा, ताराप्रसाद शर्मा र किरण आचार्य रहेका छन् । यसैगरी प्रदेश सभासदहरुमा खीमबहादुर कार्की, कृष्ण अधिकारी, कृष्ण पोखरेल, प्रेम लामिछाने, रेणु केसी, पार्वती थापा, तुलसी रेग्मी, नविनप्रताप जिसी, कविता घर्ति मगर, प्रशान्त घर्ति, झपिन्द्रबहादुर क्षेत्री, बीरबहादुर चोखाल, राज थापा, महेन्द्र घर्ति संगम, पारस केसी, इन्द्र, थम्मन थापा, चन्द्रमणी न्यौपाने, विकास पौडेल, प्रदिप पन्त, धनराज सापकोटा, गणेश नेपाली, संगम घर्ति, रमाकान्त सापकोटा रहेका छन् । शाखाका नवनिर्वाचित अध्यक्ष शिरिषले महासंघलाई संस्थागत गर्ने, पत्रकारहरुको क्षमत्ता, दक्षता अभिबृद्धि गर्दै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा जोड दिने प्रतिवद्धता जनाएका थिए । उनले श्रमजिवि पत्रकारहरुको पीडा आफुले पनि भोगेकाले श्रमजिविको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरले अहिले सञ्चार माध्यमहरुले आवाज बिहिनहरुको आवाज नबनेको आरोप खेपिरहेका बेला बागलुङमा पत्रकारिताको जग बलियो बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा सांसद चम्पादेवी खड्का, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, केन्द्रीय प्रतिनिधि प्रकाश तिमिल्सिना, नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्र थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नयाँ शक्तिका चित्र सापकोटा, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष रामबहादुर जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दिलिप पौडेलको स्वागत मन्तव्य र सचिव दिल श्रीषको सञ्चालनमा सम्पन्न भएको थियो ।
म्याग्दीको अध्यक्षमा शर्मा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट तारानाथ शर्माको अध्यक्षतामा सर्वसम्मत कार्यसमिती चयन गरिएको छ । शाखाको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल चयन हुनुभएको छ । सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानिया, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी रहेका छन् । केन्द्रिय पार्षदहरुमा क्रमश सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रबसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदहरुमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गिता मिजार र कमल बानिया चयन भएका छन् । शाखाका नवनिर्वा्चित अध्यक्ष शर्माले महासंघलाई संस्थागत गर्ने, पत्रकारहरुको क्षमत्ता विकास र स्थानीय सञ्चार माध्यमको सवलीकरणमा जोड दिने प्रतिवद्धता जनाएका थिए । अधिवेशनमा महासंघका महासचिव उजिर मगर, केन्द्रिय सदस्य हरिनारायण गौतम र रोहीत दाहालले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्न पत्रकारहरुबीच एकता, सहकार्य र समन्वयको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष मालती खत्री, प्रेस युनियनमा सभापती गोपाल छन्तयाल र प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीले पनि बोलेका थिए । अधिवेशनको अवसरमा अक्षयकोष स्थापनाका लागि शाखाका निवर्तमान अध्यक्ष सुरत केसीले एक लाख, उपाध्यक्ष मालती खत्रीले ५५ हजार ५५५ र सचिव गोरखनाथ सुवेदीले पचास हजार रुपैया सहयोग गर्ने घोषणा गरेका थिए । कार्यविधि बनाएर कोषको ब्याज पत्रकारलाई प्रोत्साहत र सहयोग पुग्ने काम गर्नका लागि परिचालन गरिने उनीहरुले बताएका थिए । शाखाका निवर्तमान अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष आचार्यको स्वागत र सचिव सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पर्वत अध्यक्षमा गिरी
महासंघ पर्वतको ५ औँ अधिवेशनले सर्वसहमतीमा नेतृत्व चयन गरेको छ । अधिेबेशन मार्फत अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् । जिल्ला कार्यसमितिको उपाध्यक्षहरुमा प्रनिश गिरी र रञ्जना खत्री चयन भएका छन् । सचिवमा गणेश गिरी, कोषाध्यक्षमा राजवावु पिसी, सहसचिवहरुमा राजु पौडेल र ईन्दु तिवारी चयन भएका छन् । जिल्ला सदस्यहरुमा साजन परियार, उत्तम अधिकारी, विशन क्षेत्री, देवराज पुरी, सुवास लामिछाने, सार्जन पौडेल, कृष्ण अखेली, डिलवहादुर विक, किशोर सापकोटा र महेन्द्रवहादुर जिसी सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वन्द सत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिबेदन सर्वसहमतीले पास गरेको थियो ।