राजेशचन्द्र रा.भ.
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौ जिल्ला अधिबेशन नजिकै आइरहेको समयमा यसको भुमिका पनि झनभन्दा झन बढेर गएको छ । अहिले पनि नेपाल पत्रकार महासंघको भुमिका नेपालमा प्रभाबकारी छ भन्दा कसैको दुई मत हँुदैन होला अहिले एकैपटक नेपाल पत्रकार महासंघको जिल्ला अधिबेशन क्षेत्र–क्षेत्रको एकैपटक तोकिएकोछ । सम्पुर्ण श्रमजीबि पत्रकारहरूको साझा संगठन भएको नाताले यसलाई कसरी राम्रो र व्यवस्थित बनाउने भन्ने कुरा प्रमुख हो । बागलुङ जिल्लामा नेपाल पत्रकार महासंघ २०५४ सालमा तदर्थ समिति गठन गरि काम गतिविधि अघि बढेपनि यसले २०५७ सालमा आइपुग्दा बल्ल धौलागिरी शाखाको रूपमा मान्यता पाएको कुरामा सबैलाई अबगत नै छ ।
धेरै उतार चढाब बिच बागलुङ, पर्बत र म्याग्दी जिल्लाका पत्रकार हरूलाई समेत गोलबद्ध गरि धौलागिरस् शाखाको मान्यता पाएपछि यसको काम गतिविधि अगाडि बढेर गयो । पहिलो अधिबेशन देखि नै सबैलाई समेटिएर लैजाने प्रयासको शुरूवात गरिएको थियो तर त्यो एकहद सम्म सफल भएको मान्नुपर्छ । पत्रकारिता क्षेत्र सजिलो क्षेत्र हैन । सरकारले संविधान मार्फत यसलाई राज्यको चौथो अंगको मान्यता दिएको समाजको मर्यादित पेशा हो तर पनि यस क्षेत्रमा आउने पत्रकारको संख्या भने अहिले बढेर हैन झन घटेर गैरहेको अबस्था छ । बागलुङबाट दैनिक पत्रिका, साप्ताहिक पत्रिका, एफएम रेडियो, अनलाइनहरू खुल्ने क्रम भने बढेर गएको छ । अहिले बागलुङ सदरमुकाम देखि जिल्लाको गलकोट क्षेत्र, खर्बाङ, बुर्तिबाङ, बरेङमा समेत अहिले रेडियो सञ्चालन गरि जनतालाई सहि सुचना दिने अभियान समेत बढेर जानू पनि नेपाल पत्रकार महासंघको भुमिका झन गम्भीर रूपमा बढेर जानू हो भन्ने कुरा समेत अहिले यो करिब २० बर्षको दौरानमा यसले गर्दै आएको गतिविधिले पुष्टि गरिसकेको छ ।
अहिले यसलाई सबै पत्रकारहरूको साझा संगठन बनाउने जुन प्रयासहरू हुदै आएका छन् त्यो केही हदसम्म सकारात्मक मान्नुपर्छ । जनतालाई लागि सहि सूचना दिने सबै श्रमजीवी पत्रकारहरूको साझा संगठन भित्र सबै खाले बिचार बोक्ने पत्रकार एक आपसमा मिलेर अगाडि जाँदा यसको महत्व अझ बढेर जान्छ । पत्रकारलाई सबैले सम्मान गरे पनि बेला बेलामा भने पत्रकार माथि हमला हुने, आक्रमण हुने मात्रै होइन पत्रकारको हत्या समेत हुँदै आइरहेको समयमा साच्चिकै भन्ने होभने पत्रकारहरू सबै एक भएर गएको अबस्थामा मात्रै यसले त्यो कुरालाई रोक्ने हैन केही हदसम्म न्युनिकरण गरेर लैजान सक्छ भन्ने कुरामा पनि श्रमजीवी सबै पत्रकार एकमत हुनसक्छन् । बागलुङ जिल्लामा पत्रकार महासंघ गठन भएदेखि अहिलेसम्म यसको भुमिका प्रभाव कारी रूपमा रहँदै आएकोछ ।
जिल्लाको साना भन्दा सानो कार्यक्रम देखि जिल्लामा भएको जटिल समस्यालाई सुल्झाउने देखि समन्वय गरेर द्वन्द्व न्युनिकरण गर्ने सवालमा समेत यसले आफ्नो भुमिका खेल्दै आएको कारणले पनि नेपाल पत्रकार महासंघको जिम्मेवारी झन बढेर गएको छ । अहिले छैठो अधिबेशन सम्म आईपुग्दा निकै उतार चढाब पारगरिसकेको अबस्था छ । हो हामी सबै राम्रो बनाउने अभियानमा जुटिरहेको छौ । हाम्रो मन बिचार सबै पबित्र भएपछि हामी सबैको उद्देश्य एउटै भए पछि साच्चै हामी एउटा लक्षयमा पुग्न सक्छौ सबै भन्दा ठुलो कुरा मन हो मन बिचार फराकिलो भए अरू कुरा सामान्य रहेछ ।
सगरमाथा चढ्ने लक्षय भए पछि सबैले त्यसलाई चाहिने योजना अनुसार सबै तयारी गरि अघि बढ्न जरुरी रहेछ । अहिले हँुदै गरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई एैतिहासिक बनाउने सवालमा सबै पत्रकार एकमत देखिनुलाई सबै भन्दा बढी उपलब्धि मान्नुपर्छ । अघिपछि सबै मिल्ने तर चुनाव आएपछि भने बिभाजन हुने चुनावलाई कहिले मान्ने कहिले नमान्ने कारणले गर्दा बागलुङ शाखा बिबादास्पद बन्दै गैरहेको समयमा अहिले भने पटक–पटकको बार्ता छलफल पछि ठूलो उपलब्धि हासिल भएको छ । बागलुङ जिल्लामा रहेका श्रमजीवी पत्रकारको संस्थाको रूपमा रहेको यसलाई सर्बसम्मत बनाउन महासघका पुर्ब अध्यक्षहरू, सल्लाहकार, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ सबैको प्रयासको बाबजुद अहिले राम्रो बाताबरण बनेको छ । अहिले सबै पत्रकार एकजुट हुँदाखेरी यसको सन्देश कति राम्रो बाहिर गएको छ भन्ने कुरा पनि अब भोलीका दिनमा बिस्तारै देखिदै जानेछ । अहिले बागलुङ महासंघले पनि नयाँ जिम्मेवारी लिएर अगाडि बढेको छ । आफ्नो सुबिधा सम्पन्न भबन निर्माणको लागि केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिष्ट लगायतको केन्द्रीय टोली आएर भबन शिलान्यास भैसकेको अबस्था छ । यसलाई अब कसरी राम्रोसंग पुरा गर्ने भन्ने अभिभारा अब आउने नयाँ नेतृत्व सँग जोडिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखा गठन भए लगत्तै देखि यसको भबन बनाउने भन्ने अभियान शुरूवात भए पनि त्यो अभियान भने बल्लतल्ल पाँचौ नेतृत्वमा आइपुग्दा सफल भएको छ । यो संस्थालाई जन्माउने देखि हुर्काउदै अहिले यहाँ सम्म ल्याउन निकै मेहनत कसरत गर्नु परेपनि अहिले राम्रो सफलता हासिल भएको छ । अब भने नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई एक दशक सम्म हैन लामो समय सम्म एकेबद्धता गरेर लैजाने सोच सबै क्रियाशील पत्रकारको साझा संगठन बनाउने कुरामा पनि सबै एकमत देखिनुलाई अर्को एतिहासिक उपलब्धि मान्नुपर्छ ।
हिजोका दिनमा पत्रकारलाई सबैले आफ्नो अनुकूल प्रयोग गर्न नखोजेको होइन । जतिबेला आफुलाई चाहियो त्यो अनुसार प्रयोग गर्ने तर जतिबेला सहयोग गर्नुपर्ने अबस्था आउछ त्यो समयमा भने विभिन्न बहाना बनाउने नगरिएको पनि हैन । अब भने बागलुङको इतिहासमा नयाँ सहमति भएको छ यसले बागलुङको पत्रकारको हकहितको काम गर्नुका साथै बागलुङमा भएको मिडियालाई राम्रो संग संचालन गर्ने बाताबरण पनि अब राम्रोसंग बनेर जाने कुरामा शंका गर्न मिल्दैन । अहिले नेपाल पत्रकार महासंघलाई एक बनाउन जस–जसले आफ्नो ठाउँबाट भुमिका खेल्नु भएको छ त्यो अन्त्यत सकारात्मक छ । अब छैठौं अधिबेशन एकताको अधिबेशन हुने निश्चित छ ।