बागलुङ, २ फागुन/कालिका भगवती मन्दिरमा माघ महिनामा ५ लाख ७० हजार १ सय ४२ रुपैयां संकलन भएको छ । संकलित रकमको बिवरण अनुसार भेटी संकलन ३ लाख ५० हजार ८ सय ४५ रुपैयां, परेवा बिक्रि ४ सय ३८ जोडीबाट १ लाख ७५ हजार २ सय रुपैयां, चामल बिक्रि ८५ पाथि १ मानाबाट १७ हजार २५ रुपैयां, सिक्का सटही १९ हजार ९ सय रुपैयां, साडी बिक्रि १० थानबाट २ हजार ५ सय, आर्थिक सहयोग ३ हजार ६ सय ७२ रुपैयां, तेल बिक्रि १० पोकाबाट ५ सय तथा अन्य आम्दानी ५ सय रुपैयां ५ लाख ७० हजार १ सय ४२ रुपैयां जम्मा भएको हो । माघ महिनाको खर्च तर्फ खाद्यान्न १८ हजार ८५ रुपैयां, सरसफाई तर्फ ३ हजार ९ सय ४३ रुपैयां, दाना ४ हजार ७ सय ४० रुपैयां, रसी तथा स्टे १ हजार ७ सय ७० चार्जर ४ सय ५० रुपैयां गरी जम्मा रु २८ हजार ९ सय ७९ खर्च भएको छ । मन्दिरमा हाल १४ जना कर्मचारी कार्यरत रहेका छन । यसै गरी पिकनिक स्पर्टबाट ७ हजार ३ सय रुपैयां, बिवाह ५२ बाट २६ हजार रुपैयां, ब्रतबन्ध ३० जनाबाट ९ हजार दाउरा २ हजार ३ सय तथा आर्थिक सहयोग २६ हजार ४ सय ६६ रुपैयां गरी ७१ हजार ६६ रुपैया थप संकलन भएको छ । यसका साथै कालिका भगवती गुठीको संयोजनमा गत बर्ष सम्पन्न चैत्राष्टमी मेला ०७२ को आय ब्यय पनि सार्बजनिक भएको छ । मेला ब्यवस्थापनका लागी जम्मा १५ लाख १६ हजार ४ सय २८ रुपैयां खर्च भएको छ । यसै गरी ९ लाख ३० हजार ६६ रुपैयां आम्दानी भएकोमा ५ लाख ८६ हजार ३ सय ६२ रुपैयां संकलन गर्न बाँकी रहेको बताइएको छ ।
Previous Articleस्थानिय निकायका कर्मचारी आन्दोलित
Next Article पन्थी डेरीको बेनी केन्द्रमा सिलबन्दी