सिमकोट, २९ माघ – सरकारले कर्णालीवासीको जन्म र मृत्यु हुँदा आफन्तलाई निशुल्क २० किलो चामल दिने कार्यक्रम थाल्ने भएको छ । प्रधानमनत्री पुष्पकमल दाहालले गत भदौ २३ गते संसद्मा सम्बोधन गर्दा कर्णालीमा जन्म र मृत्युमा २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए ।
सात महिनापछि कर्णालीका हुम्ला र जुम्ला जिल्लामा फागुन १ गतेदेखि यसको कार्यान्वयन गर्ने तयारी गरिएको छ । नेपाल खाद्य संस्थानको जिल्ला शाखा खाद्य डिपोबाट उपलब्ध गराउने गरी चामल बाँड्ने तयारी भएको जिल्ला खाद्य ब्यवस्था समितिका अध्यक्षसमेत रहेका हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए ।